Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अवको पाँच बर्षमा सरकारीमा विद्यार्थी खचाखच हुन्छ – लम्साल,जोरपाटी माविको सुविधा सम्पन्न भवन बन्दै

प्रभातफेरी अनलाइन ६५०४ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
अवको पाँच बर्षमा सरकारीमा विद्यार्थी खचाखच हुन्छ – लम्साल,जोरपाटी माविको सुविधा सम्पन्न भवन बन्दै

पाँचखाल-पाँचखाल र आशपासको स्थानमा शिक्षा प्रदान गर्ने उद्देश्यले २००२ सालमा स्थापना भएको जोरपाटी माध्यमिक विद्यालयको पुन निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय लक्ष्मण लम्सालले अवको ५ देखी १० बर्ष भित्र मुलुकमा भएका सवै वालवालिका सरकारी विद्यालयमै पढ्ने वातावरण निर्माण हुने बताउनु भयो । उहाँले थप्नुभयो “सरकारले शिक्षामा ठुलो लगानी गरेको छ, यो समय भौतिक निर्माणको लागि हो, त्यसभन्दा पछि सरकारी विद्यालयलाई प्रतिस्पर्धी गराउने चरण हुने छ ”।

कार्यक्रममा प्रमुख अतिथि लम्सालले भन्नु भयो हाल निजि विद्यालयहरुले कसरी व्यवस्थापन गरेको छ , त्यस्को राम्रो कार्यलाई पछ्याउंदै गुणस्तरीय शिक्षा प्रदान गर्ने बिषयमा सरकारले योजनाहरु अगाडी सारेको बताउनु भयो । गुणस्तरीय शिक्षाको लागि पहिलो वातावरण वनाउन सुरक्षीत सुबिधा सम्पन्न भवन आवश्यक हुने भएकोले सरकारले ऋण लिएर भएपनि भवन निर्माणलाई प्राथमिकता दिएको बताउनु भयो । जव सुबिधा सम्पन्न भवन छ तर गुणस्तरयि शिक्षा छैन भने विद्यार्थी पढ्न नआउने बताउंदै फि नतिरी गुणस्तरीयि शिक्षा हासिल गर्न पाउने अवस्थामा अन्यत्र जानुको कुनै अर्थ नहुने भएकोले १० बर्ष भित्र मुलुकका सवै सरकारी विद्यालयमा विद्यार्थी खचाखच हुने ठोकुवा गर्नु भयो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि लम्सालले भन्नुभयो विद्यालय भवन भनेको हाम्रो सम्पीत्ति हो, भवन निर्माणको लागि सरकारले १ प्रतिशत व्याजमा ऋण लिएर लगानि गरेकोले त्यसको संरक्षण गर्नु नागरिकको दायित्व रहेको बताउनु भयो । भवन निर्माण गर्ने ठेक्का पाएका निर्माण व्यवसायीले गुणस्तरयि कार्य गरे नगरेको निगरानी राख्नु पर्ने बताउंदै गुणस्तरीय ढंगबाट कार्य सम्पन्न गरी सम्मान गर्ने वातावरण तयार गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नु भयो । विद्यालय व्यवस्थापन समितिले साथै स्थानियले निर्माण कार्यलाई सघाउनुका साथै गुणस्तरियताको बिषयमा ध्यान दिनु पर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका बिशेष अतिथि काभे्र जिल्ला समन्वय समितिका उप—शंयोजक मञ्जु गौतमले पाँचखाल र आसपासको क्षेत्रकै सवैभन्दा पुरानो विद्यालयको रुपमा सञ्चालित विद्यालयको भवनहरु भूकम्पले क्षत बिच्छेद भएकोमा पुन निर्माणको लागि शिलन्यास हुदा खुसि लागेको बताउनु भयो । उहाँले थप्नुभयो “धरधरी रोऔं कि खित्ता छाडेर हाँसौं” भन्ने सम्मको अवस्था आएको भन्दै सुबिधा सम्पन्न भवनमा बालबालिकाले पढ्न पाउने साथै गुणस्तरयि शिक्षा प्रदान गर्ने बिषयमा अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गौतमले भन्नुभयो विद्यालय रहेको वडाका वडाअध्यक्षले आफ्नो जिम्मेवारी साथै दायित्व के हो भन्ने बिषयमा ध्यान दिनु पर्ने बताउनु भयो । जनप्रतीनिधिहरुले १० वजे कार्यालय आउने र ४ बजे जाने गरेर कर्मचारीको व्यवहार गर्न नहुने वताउंदै जनताको कामको लागि जनप्रतीनिधि जतिखेर पनि तयार हुनुपर्ने बताउनु भयो । विद्यालय भवन शिलान्यास प्रति लक्षीत गर्दै अपाङ्ग शरिर सपाङ्ग भए जस्तो महसुस भएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वद्रीप्रसाद ढुंगानाले विद्यालय सञ्चालन समयदेखी हाल सम्मको चुनौतीको बारेमा बताउनु भएको थियो । उहांले २०४५ सालमा आएको भूकम्पले पु¥याएको क्षतिको व्यवस्था मिलाई सक्दा ०७२ को भूकम्पले पुन क्षति पु¥याएकोमा दुखेसो पोख्नु भयो । अव वन्ने भवन मजबुत हुने भएकोले विद्यार्थीहरु भए रहित ढंगबाट अध्ययन गर्न पाउने बताउनु भयो । उहाँले थप्नुभयो भवनको अवस्था मजबुत भएपछि गुणस्तरीय शिक्षा साथै प्राबिधिक शिक्षा प्रदान गर्ने तयारीमा रहेको बताउनु भयो ।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तले विद्यालय सञ्चालन तथा भवन पुनर निर्माण गर्ने कार्यमा दुखेको घाउमा वैद्यको काम गर्ने सांसद लक्ष्मण लम्सालनै भएको बताउनु भयो । आगामि दिनमा प्राविधिक शिक्षा प्रदान गर्ने तयारी गरेको बताउंदै पन्तले डाँडापारीको शिक्षक पाँचखालमा ल्याउंदैमा दरवन्दि मिलान हुन नसक्ने वताउनु भयो । उहाँले थप्नु भयो विद्यालय निर्माण कार्यमा कसैले कमिसन खोजे भने त्यस्ता कमिसन खोरहरुलाई विद्यालयको गेटबाट प्रवेश निषेध गराउने बताउनु भयो । कसैले कमिसन खोज्दै बन्दुक देखाउछ भने आफुले छाती थाप्न तयार हुने तर कमिसन नदिने ठोकुवा गर्नु भयो ।

शिलान्यास कार्यक्रमको समापन गर्दै पन्तले भवन निर्माणको समयमा विद्यार्थीहरुको पठनपाठनलाई कुनै अवरोध नपु¥याई निरन्तर रुपमा कक्षा संञ्चालन गर्ने वातावरण मिलाएको बताउनु भयो । सम्झौता अनुसारको गुणस्तरीय भवन निर्माण भए नभएको बिषयमा आफु, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिका साथिहरु साथै स्थानियहरुले निगरानि राख्ने बताउनु भयो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाइले निर्माण कम्पनिसंग सम्झौंता गरी निर्माण कार्य सुरु भएको छ । कुल ५ करोड ६ लाख ८८ हजार ७ सय ४१ को लागतमा १२ कोठे सुबिधा सम्पन्न भवन र शौचालय निर्माण हुने भएको छ । स्वच्छन्द निर्माण कम्पनिले ठेक्का लिई निर्माण कार्यलाई तिब्र गतिले अगाडि बढाएको छ । कम्पनिका ठेकेदार नवराज गौतमका अनुसार २०७७ श्रावन २ गते सम्म निर्माण कार्य सम्पन्न हुने जानकारी गनाराउनु भएको छ ।

  • अवको पाँच बर्षमा सरकारीमा विद्यार्थी खचाखच हुन्छ - लम्साल
  • जोरपाटी माविको सुविधा सम्पन्न भवन बन्दै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0