Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली लेखक संघ कास्कीद्वारा ‘स्पन्दन’ को लोकार्पण

प्रभातफेरी अनलाइन ७३४७ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (७ साल अघि)
नेपाली लेखक संघ कास्कीद्वारा ‘स्पन्दन’ को लोकार्पण

पोखरा, मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित एक कार्यक्रमका बिच सो पुस्तक लोकार्पित भएको हो ।

ताम्राकारको छैटौँ साहित्यिक कृतिको रूपमा स्पन्दन प्रकाशित भएको हो । साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यले कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । लेखन अग्रज साहित्यकारहरूको प्रभाव ग्रहणबाटै अगाडि बढ्ने र आफ्नो परिचय लेखनबाटै निर्माण गर्ने कुरामा उनले जोड दिए । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा.डा.विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताउनुभयो ।

जति सूक्ष्म आयामको रचना लेखिन्छ उत्तिकै कठिन साधनाको आवश्यकता पर्ने बताउँदै जति सानो खाडल खनिन्छ, उति नै माटो झिक्न गाह्रो हुने उल्लेख गरे । लेख्नु र राम्रो लेख्नु फरक रहेको बताउँदै मुक्तक लेखनमा अभिधा भन्दा लक्षणा र व्यञ्जनापूर्ण अभिव्यक्ति आवश्यक औँल्याए । नेपाली लेखक संघका केन्द्रीय सदस्य तथा साहित्यकार सूर्य लाकोजूले साहित्यमा क्लिष्टता उपयुक्त नहुने र सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए । निरन्तरको लेखनले नै स्रष्टालाई सक्षम तुल्याउने बताउँदै उनले प्रकाशनले व्यक्तिलाई परिपक्वता प्रदान गर्ने कुरा उल्लेख गरे । नेपाली लेखक संघ, कास्कीका अध्यक्ष गणेश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’, कृतिका स्रष्टा ध्रुवकृष्ण ताम्राकारलगायतले मन्तव्य रााखेका थिए पुस्तक अक्षरमार्ग काभ्रेले प्रकाशित गरेको हो ।

  • नेपाली लेखक संघ कास्कीद्वारा ‘स्पन्दन’ को लोकार्पण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0