Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल

प्रभातफेरी अनलाइन ७०१३ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १७, मंगलबार (६ साल अघि)
पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल

आइ.आर.के.मैनाली
पाँचखाल-“पाँचखाल नगर कृषि शहर” भन्ने मुल उद्देश्यका साथमा अगाडी बढेको पाँचखाल नगरमा रहेका कृषकहरुलाई यान्त्रीक तरिकाले खेती गराउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरेको छ ।

पुरानो तरिकाले खेति गर्दा खर्च वढ्ने भएकोले खर्चलाई कमगर्दै समयको वचत गर्ने उद्देश्यले यान्त्रीक तरिकाले खेति गराउनको लागि पाँचखाल नगरपालिका वडा नं ९ का कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी ट्याक्टर बितरण गरेको छ ।

ट्याक्टर बितरण कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरका कृषकहरुको हितको खातिर नगरले बिभिन्न खाले योजना अघि बढाएको वताउनु भयो । पाँचखालका कृषकहरुले उत्पादन गरेको ताजा तरकारीहरुको बजारीकरण साथै बिक्रि केन्द्रको व्यवस्थाको बारेमा नगरले योजना अगाडी बढाई सकेको बताउनु भयो । सिंचाईको अभावले गर्दा खेतिगर्न केही समस्या भएकोले सो को लागि तात्कालिन र दिर्घकालिन गरी दुई तरिकाले व्यवस्था मिलाउने तयारी गरेको बताउनु भयो । तात्कालिन समस्या समाधानको लागि स्थानिय स्तरमा रहेको खोलानालामा ड्याम बाँधि बर्षातको पानी संकलन गर्ने र सो संकलित पानी हिउंदमा सिंचाईमा परिणत गर्ने र दिर्घकालिन रुपमा सिंचाईको व्यवस्थागर्न इन्द्रावतिको पानी लिफ्ट गरी पाँचखाल ल्याउने बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख खरेलले भन्नुभयो पाँचखालमा उत्पादन भएको ताजा तरकारी तथा फलफुल बिषादी रहित ढंगको उत्पादन भएको छ । लामो समयदेखि पाँचखाल र आसपासको क्षेत्रमा वातावरण संरक्षणको लागि समेत कार्य गर्दै आएको लवग्रीन नेपालसंग नगरले समन्वय गरी आइ.पि.एम तरिकाले खेति गराउने कार्य भएको बताउनु भयो । नगरको बिभिन्न स्थानमा आइ.पि.एम पाठशाला संञ्चालन गर्दै कृषकहरुलाई सचेत गराएको बताउनु भयो । नेपालको बिभिन्न स्थानमा रहेको कृषिको पकेट क्षेत्रहरुमा बिषादी प्रयोगगरी गरेको खेतिमा उत्पादन घटेको तर खर्च बढेको र तरकारीहरुमा बिषादिको अवशेस समेत रहेको बताउनु भयो । त्यस्ता स्थानहरुलाई मध्य नजर राख्दै पाँचखालमा गरीने कुनैपनि प्रकारको खेतिमा बिषादी प्रयोगमा होसियारी अपनाउने वातावरणको निर्माणमा नगरले अग्रसरता गरेको बताउनु भयो । पाँचखालमा यान्त्रीक ढंगबाट खेती गराउन आवश्यक महसुस गर्दै नगरले आगामि बर्ष पुरै नगरलाई यान्त्रिक मय बनाउने लक्ष लिएको बताउनु भयो ।

ट्याक्टर वितरण कार्यक्रमका सभापति एवं पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले आफ्नो वडामा यान्त्रिक तरिकाले खेति गराउने तर्फ ध्यान दिदै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको बताउनु भयो । उहाँले थप्नुभयो विगतको बर्षमा आफु आवद्ध सहकारीबाट २ थान ट्याक्टर वितरण गरी खेति गराउंदा निकै प्रभावकारी भएकोले हाल आएर वडाको तर्फबाट २७ वटा बितरण गरेको बताउनु भयो । पाँचखालमा रहेको सवै वडामा ३ लाख कृषिमा बजेट व्यवस्था गरेको तर वडा नं ९ मा ४ लाख बजेट व्यवस्था भएको र सो ४ लाखले नपुग हुंदा सिम्राडिमा मंन्दिर बनाउन छुट्याईएको १ लाख बजेटलाई समेत वडावासिहरुको सुझावको आधारमा कृषिमा लगानी गर्दै ५ लाख बजेटको व्यवस्था गरेको बताउनु भयो । बजारमा ५५ हजार पर्ने उक्त ट्याक्टर कंम्पनिसंग सिधै सम्पर्क राखि ३७ हजारमा वडा सम्म डेलिभरी गर्ने गरी उपलब्ध गराई ५० प्रतिशत अनुदानमा कृषकहरुसंग १८ हजार ५ सय लिई बितरण गरेको बताउनु भयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो वडाबाट धेरै माग भएपनि पहिलो चरणमा माग अनुसारको उपलब्ध गराउन नसकेको बताउनु भयो । भिरालो जमिनको लागि ७.५ हर्ष पावरको ट्याक्टर सजिलो हुने र समथर जग्गामा १८ हर्ष पावरको सहज हुने भएकोले वेसि भूभागको लागि आगामि बर्ष १८ हर्ष पावरको ट्याक्टर उपलब्ध गराउने तयारी गरेको बताउनु भयो । पाँचखाल नगरको वडा नं ९ धार्मिक दृष्टिकोणले परिचित वडा हो, आगामी समयमा कृषि र पर्यटनको रुपबाट परिचित गराउने कार्यमा जनप्रतिनिधि साथै वडावासिहरु अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारीले पाँचखाल जहिले सम्म औजार उपकरणको माध्यमबाट खेति सुरु हुंदैन तव सम्म कृषकले खेतिबाट नाफा कमाउन नसक्ने बताउनु भयो । पाँचखालको वडा नं ९ बाट सुरुभएको कृषकलाई वितरण गरिने औजार नगरको सवै वडा सम्म पु¥याउनु पर्ने बताउनु भयो ।

  • पाँचखालको तरकारीमा बिषादिको अवशेष छैन- खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0