Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कर्मचारी कुनै वाद र दल हुदैन, उ जनताको साझा सम्पत्ति हो

प्रभातफेरी अनलाइन ६८३५ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
कर्मचारी कुनै वाद र दल हुदैन, उ जनताको साझा सम्पत्ति हो

केशव प्रसाद पुडासैनी
प्रमुख घरेलु कार्यालय (काभे्र)

मानिसको जन्म सकारात्मक सोचका लागि हुन्छ भनिन्छ । यथार्थमा यो भनाई थोरैले मात्र प्रयोग गरेको यदाकदा सुनिन्छ । प्रत्यक्ष रुपमा भन्ने हो भने यी भावना भएका व्यक्तिहरु भेट्न मुश्किल नै हुन्छ । त्यही भित्रका एक पात्र बीच जम्का भेट हुने अवसर मिल्यो । ब्यक्तित्वका बारेमा चर्चा गर्ने शब्द नै शब्दकोषमा छैन भन्न म पछि पर्दिन । त्यस्तो व्यक्तित्व जसले कुनै पल आप्mना लागि भनेन, बचेको समय समाज रुपान्तरण मै खर्चियो । यसो भनिरहँदा अनौठो, कौतुहलता उब्जनु स्वभाबिक नै हो । त्यसैको प्रतिविम्बका रुपमा सामाजिक सञ्जालमा छाउन सफल र कुशल व्यक्तित्वका धनी हुन्–केशव प्रसाद पुडासैनी । जसले सिनो देखि मल मुत्रलाई सहजै स्थानान्तरण गर्न पछि परेनन् । आलोचनालाई प्रेरणाको सारथीका रुपमा शिरोपर गर्न कञ्जुस्याँइ गरेनन् । जसका कारण एउटा अब्बल र सहासिक समूह खडा भयो । जसको परिकल्पनाका कारण स्वस्थ, हराभरा जलाशय स्थापित गरायो । हो उनै सामाजिक अभियन्ता बाग्मती बचाउ अभियानका योजनाका जसले बाग्मती सरसफाई अभियानमा अभियन्ताका रुपमा स्थापित व्यक्तित्वको पहिचान बनाएका छन् । तिनै व्यक्तित्वसँग भएको छोटो संवादको सार पाठक सामु पस्कने जमर्काे गरेका छौं–स.

 

— तपाई सामाजिक अभियन्ता पनि हो । तपाईको दैनिकी कसरी बित्दै छ ?

 

म हजुरले भने जस्तै जनताले देखेको सामाजिक अभियन्ता हुँ । तर मेरो मानसपटलले चाहेजस्तो समाज रुपमान्तरण गर्न र स्वस्थ समाज निमार्ण गर्न सकेको जस्तो लाग्दैन । अहिले म एउटा प्रशासकीय जिम्मेवारी लिएर यस कार्यालयमा कार्यरत छु । बचेको समय तपाईले भने जस्तै समाजसेवा मै समर्पित गर्छु । अरु त यस्तै हो चर्चा गर्न लायक खास छैन भन्दा पनि हुन्छ । केहि गरौं भन्ने चाहाना अभैm छ । तर अग्रजहरुले भन्ने गरेको उक्ति कहिलेकाँही सार्थक हो भन्ने लाग्छ । सतिले सरापेको देश ।

— भन्नाले ?

करिब अढाइ महिना भयो । राजधानीसँग नाता जोडिएको । पर्यटकीय नगरी धुलिखेलमा रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय अन्तर्गतको यो घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकको स्वरुप परिवर्तन गर्ने प्रयासमा लागिपरेको छु । निजामती सेवाका ३६ वसन्तमा एक पटक फेरि सरकारले कार्यदक्षताको आधारमा अवसर दिएको छ । यसलाई सहिरुपमा उपयोग गर्नेछु । प्रत्येक व्यवसायीहरुलाई अनुभुति हुने काम गर्नेछु । जसका लागि सम्पूर्ण कर्मचारीरुको सहयोग र साथ आवश्यक पर्छ । आजका दिनसम्म पाएको छु । उद्यमी र उद्योग विना देशको उन्नति प्रगति हुन सक्दैन भन्ने निचोडका साथ यो अभियानमा छु ।

—जुन उद्देश्यका लागि योजनाहरु के–के लिएर आउनु भएको छ ?

खास चर्चा गर्न लायकका त छैनन् भन्ने लाग्छ । फेरिपनि श्रावण १ गते देखि यस कार्यालयबाट प्रवाह गरिने सेवालाई अनलाइनमा लगिएको छ । हुनत यस अघि नै पनि वाणिज्य तर्पmको सेवा प्रवाह अनलाइन मार्पmत नै शुरु भएको थियो । अब कुनैपनि उद्यमी व्यवसायीहरुले कार्यालय प्रवेश गरेको एक घण्टा भित्र कार्य सम्पादन गरेर मन्दमुस्कान सहित फर्किने छन् भन्ने विश्वास कार्यालयले लिएको छ । उद्ययमी व्यवसायीलाई प्रेरणादायी र उर्जाशिल बनाउनका लागि कुनै पनि व्यक्ति उद्योग प्रशासन सम्बन्धी काम लिएर आउँछ भने उहाँहरुलाई सम्मानका साथ दीर्घकालीन सकारात्मक स्मरण रहने सन्देश लिएर फर्कने वातावरण दिने जमर्काेमा छौं । जसले उद्योग सम्बन्धी प्रतिपादन भएका उद्देश्यहरु योजनाहरु सहजरुपमा सम्पन्न हुनेछन् ।

 

— कार्यालय प्रमुखको हैसियतमा जुन सपनाहरु पस्कने जमर्काे गर्नु भएको छ तर सरकारी कार्यालय मध्ये यो कार्यालय निछोरिएको कार्यालयमा पर्छ होइन ? यो अवस्थामा तपाईका ति योजना कसरी कार्यान्वयन हुन सक्ला ?

 

असम्भव भन्ने कायरताहरुको मानसिकता भित्र मात्र रहन्छ । मैले जुन अठोट लिएको छु । त्यो पुरा गरेरै छाड्छु भन्ने आत्मविश्वास छ । आजसम्म चालेका प्रत्येका पाइलाहरुले सफलता प्राप्त गरेकै छन् । जहाँसम्म ओझेलमा परेको अड्डाकोरुपमा परिचित भन्नु भएको छ, त्यो यथार्थ हो । त्यतिमात्र होइन झन्डै खारेजीमा समेत पर्न पुगेको थियो यो कार्यालय । यो संकटग्रस्त अवस्था पार गरेर नयाँ जीवन सहित विस्तारित क्षेत्राधिकार लिएर आएको छ । मलाई राज्यले जिम्मेवारी दिएको छ । त्यो पूरा गर्नु मेरो कर्तव्य हो । अढाइ महिनाको बसाइमा म मेरो उद्देश्यमा सफल हुन्छु भन्ने संकेत पनि मिलेको छ, कर्मचारी साथीहरुको उत्साह, उमंग र सहयोगी भावनाले ममा थप उर्जा थपेको छ । म कार्यालय प्रमुखको हैसियतमा उद्यमीहरुलाई आग्रह गर्न चाहान्छु । एक पटक सेवा लिएर हेर्नुहोस् अनि विगत र वर्तमानको तुलना गर्नुहोस् ।

 

— प्रसँग बदलौं, तपाई एक सामाजिक अभियन्ता पनि हुनु भएको, तपाईको प्रस्तुतिले प्रट्याएको छ । के यो कार्यालयले नयाँ जीवन पाउँछ ?

मैले माथि नै भनिसकें, मेरो प्रयास रहनेछ । म गरेर देखाउने प्रयत्नमा रहन्छु । बोल्नु त्यति मनासिब नहुन सक्छ । मेरो कार्याकालमा राष्ट्र कै नमूना कार्यालयका रुपमा यस कार्यालयलाई कहलाउने जमर्काे रहनेछ । अझ भन्नु पर्दा राष्ट्र कै नमूना कार्यालयका रुपमा देख्नु हुनेछ । सवाल बाग्मती बचाउ अभियानको छ । यसका बारेमा मैले चर्चा गरिरहनु नपर्ला । किनकी राष्ट्र देखि अन्तराष्ट्रिय स्तर सम्म सञ्चार माध्यमले चर्चित बनाइ सकेको छ । तसर्थ यो कार्यालयले प्रदान गरेका सेवाहरुका बारेमा नै केहि व्यक्त गर्ने जमर्काेमा छु । मैले अघि पनि जोडँे । वाणिज्यको क्षेत्रमा यस अघि नै अनलाइन मार्पmत सेवा प्रवाह गरिसकेको छ । श्रावण १ गतेबाट बाँकी सेवाहरु पनि अनलाइनमा गएका छन् । अब यस कार्यालयलाई एक क्लिकमा पढ्न सकिन्छ । प्रत्येक नागरिकले प्रविधिसँग खेल्दै गर्दा घरेलु कार्यालयले के–के काम गरिरहेको छ । जिल्लामा कस्ता उद्योग व्यवसायहरु छन् ? तिनीहरुले के–के सेवाहरु दिन्छन् ? कस्तो किसिमका उत्पादनहरु बजारमा ल्याएका छन् ? ति बारेमा घरमै बसी बसी जानकारी लिन सक्नेछन् । यो पनि एउटा उपलब्धी मान्नु पर्छ । त्यसैले पनि तपाईले जान्न चाहेको जिज्ञाशा संबोधन हुन्छ भन्ने लाग्छ ।

 

—तपाईले यसो भनि रहँदा तपाई र तपाइको समूहले निःस्वार्थ भावले गरिएको बाग्मती बचाउ अभियानका बारेमा केहि त बोल्न मिल्छ नी ?

यो बारेमा जानकार नहुने सायद कमै हुनु हुन्छ होला । कुरो कोट्याउनु भयो हाम्रो प्रयासले बाग्मतीलाई पूर्ववत अवस्थामा फर्काउन सफल भएका छौं, त्यो सत्य हो । अरु कुराहरु जगजाहेरै छन् । एउटा जोड्न मन लागेको २०२१ सालको नापी नक्सा अनुसार बाग्मती अति नै अतिक्रमणको चमेटामा थियो । नेपाल सरकारका पूर्वसचिव लिलामणि पौडेल लगायतको टिमले बाग्मतीको आप्mनै धारमा बहने गरी बाग्मतीलाई कायम ग¥यो । सुन्दरीजल देखि गोकर्णसम्मको ९ कि.मि.को बाग्मती अतिक्रमित भूमिलाई पूर्ववत अवस्थामा फर्काई दुबैतर्पm करिडोर निमार्ण गरी प्रत्येक १ कि.मी.को दुरीमा पक्की पुल ९ वटा निर्माण गरी राज्यलाई बुझायौं । सम्भवत यो नमूना योग्य काम हुनु पर्छ । राज्यले कल्पना समेत गर्न नसकेको काम नागरिकबाट सम्पन्न भयो । तर दुःखका साथ भन्नु पर्छ उक्त सडक र पुलको उद्घाटन गराउने अवसर आजसम्म प्राप्त हुन सकेन । तर राज्यले कल्पना समेत गर्न नसकेको अतिक्रमित भूमि नागरिकबाट खोसेर राज्यका नाममा कायम गरी राज्यलाई बुझाइदिएका छौं । यो हाम्रो अभियानको महत्वपूर्ण पक्ष हो भने बाग्मतीलाई नदी कै रुपमा स्थापित गर्ने छौं । यो हाम्रो समूहको संकल्प हो । गरे के सम्भव छैन भन्ने उदाहरण यो अभियानबाट समाजमा केही गरौं भन्ने अभियन्ताहरुले महशुस गरेर अहिले पनि मुलुकका १ सय भन्दा बढी स्थानमा यस्तै किसिमका अभियानहरु चलेका छन् । जसको पछिल्लो उदाहरण काभ्रे कै पुन्यमाता सरसफाई अभियानलाई दिन सक्नु हुन्छ । जसले आजसम्म आइपुग्दा बीसौं हप्ता पार गरेको छ । सयौंको संख्यामा आमा दिदीबहिनीरु लागिपर्नु भएको छ ।

— तपाईले जुन विषयम चर्चा गर्नु भयो । त्यसबाट यो कार्यालयले के–के अपेक्षा राख्न सक्छ ?

म बाग्मती बचाउ अभियानको योजनाकार पनि हुँ । हामी यो मुलुकमा केहि सम्भावना छैन भन्नेहरुका लागि नमूना पनि हौं । त्यसैले हामीले यो मुलुकका लागि खेल्नु पर्ने भूमिका खेलेको हौं । दायित्व निभाएका हों । कर्तव्यबोध गरेका हांै । तर अहिलको जुन संस्कार हाबी भएको अधिकारमुखी भएको छ । के अधिकार मात्रै खोज्ने ? कर्तव्य, दायित्व, जिम्मेवारी हुँदैन ? नैतिकता कहाँ गयो ? जसले गर्दा समृद्ध मुलुक बन्न सकेन । आर्थिक अवस्थाले कमजोर बनायो । तर व्यक्ति गरिब छैनन् । मुलुक विदेशी ऋणमा चुर्लुम्म छ । यो अवस्थामा विदेशको सफलताका उदाहरण दिनेहरुले एक पटक साचौं त । तपाईले यो मुलुकको लागि कति समय खर्चनु भो ? अनि ती समृद्ध बनेका मुुलुकहरुको बारेमा सोच्नुहोस् । त्यहा रहेका औद्योगिक कलकारखाना, नागरिकलाई दिएको रोजगारी यावत बारेमा स्मरण गर्नुहोस् । अनि भन्नुहोस् यो मुलुकमा अवसर किन छैन । हामीलाई सुविधा सबै चाहिन्छ । तर राज्यलाई झुक्याउन कसरी सकिन्छ भनेर लागिपर्छाैं । चर्चा गर्न लायक एउटा वाक्य जोड्न चाहान्छु । पर्दा पछाडि आलिसान महलहरु छन् । डेढ दुई करोडको गाडी चढेर भुकम्प पीडितका नाममा राज्यले दिएको कौडिको मूल्यको राहत लिन सरोकारवाला निकायको ढोका ढकढक्याउन पुग्छौं । अब भन्नुहोस् हामी कहाँ छौं ?

 

—तपाईले यस किसिमका अभिव्यक्तिहरु दिइरहँदा तपाईका योजनाहरु सफल पार्न के–के विधि अपनाउदै हुनु हुन्छ ?

कुनैपनि प्रशासक योजना विना प्रस्तुत हुन सक्दैन । यदि हुन्छ भने मिथ्या सरह हो । त्यसैले अवश्य मैले पनि उद्देश्य प्राप्तिका लागि केहि विधिहरु पनि अपनाएको छु । जुन विधि मन्दरुपमा अगाडि बढ्दै छ । कर्मचारीको कुनै आप्mनो र विरानो हुँदैन । ड्युटी अवधि उ एक सार्वजनिक पुस्तकालय हो । जसले पनि पढ्न सक्छ । त्यसैले राज्यद्वारा प्रतिपादन गरेका नीति नियम भित्र रहेर चल्नु पर्छ । कर्मचारीको कुनै पार्टी र वाद हुँदैन । ऊ राष्ट्रको सझा सम्पत्ती हो । जो सुकैले चलाउन सक्छ । त्योसँग चासो राख्न आवश्यक छैन । उसको ड्युटी नीतिमा जोडिएको हुन्छ । त्यही भएर पनि म ढुक्क छु । जसरी बाग्मतीलाई पूर्ववत अवस्थामा पु¥याइयो । त्यसरी नै यो निछोडिएको अड्डालाई नमूना अड्डाको रुपमा स्थापित गराउने उद्देश्य सहित आशावादी भएको छु ।

 

—तपाईले निछोडिएको अड्डालाई नमूना अड्डा बनाउने छु भन्नु त भयो त्यस्ता योजनाहरु के छन् ?

मैले माथि नै धेरै कुराहरु जोडिसकेको छु । एक पटक यो निछोडिएको कार्यालयमा आएर अनुगमन गर्न समग्र नागरिकहरुमा आग्रह गर्दछु । यस कार्यालयबाट लघु उद्यमी, साना उद्यमी, घरेलु उद्यमीहरु लगायतलाई उत्पे्ररित गराउने, पेशा प्रति उर्जा जगाउने र व्यवसायका बारेमा आवश्यक तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनका लागि आकर्शित योजना सहित आएका छौं । जसले घरेलु कार्यालयका योजना सफल बनाउन मद्दत मिल्नेछ । प्रदेश सरकारको मातहतमा रहने यो कार्यालय आपूmलाई रपान्तरित भएर जनतको माझ आउने कुरामा अब शंका रहँदैन । जुन योजना सहित आएका छौं त्यसले ढिला सुस्ति र अनियमिततालाई अन्त्य गर्नेछ । यति मात्र गर्न सक्यौ भने पनि यो कार्यालय नमूना कै रुपमा स्थापित भएको मान्न सकिन्छ ।

 

—तपाईले यावत कुराहरु राखिरहँदा तपाई कै कार्यालयको स्टोरका बारेमा रहेका मेशिनरी सामानहरुका बारेमा कतिको ज्ञात हुनु हुन्छ ?

अत्यन्तै महत्वपूर्ण कुरा जोड्नु भयो । यो बारेमा मैले आप्mनो आगमनको अढाई महिनामा निकै पटक स्मरण गरेको छु । यसलाई आगामी चैत्र मसान्त भित्र उपयोग आउने जति मेशिनहरु उपयोगको लागि विभिन्न सरकारी निकाय माग अनुसार हस्तान्तरण गर्ने छौं । जुन उपयोग हुन सक्दैनन् । तिनीहरुलाई लिलामी प्रक्रियाबाट समाधान गर्नेछौं । अबका दिनमा स्टोर, कवाडी उत्पादनको कारखाना बन्ने छैन । अनिमितता हुने छैन । त्यसैले यहाँहरुलाई आश्वस्त गराउन चाहान्छु । यो कार्यालय चुस्त दुरुस्त रुपमा नागरिकमाझ आउनेछ । हिजो के भयो ? त्यता नजाऔं । भोलि के गर्ने त्यता तर्पm चिन्तित रहौं । यिनै कुराहरु राख्न चाहान्छु ।

— अन्त्यमा थप केहि छन् ?

भन्न त जति भनेनि सकिँदैन तर आज जुन अवसर प्राप्त भयो । सर्वप्रथम प्रभातफेरि साप्ताहिक र प्रभातफेरि अनलाईन प्रति आभार ब्यक्त गर्दै म एक निजामती कर्मचारी भएतापनि आपूmलाई सामाजिक अभियन्ताको नाममा परिचित गराउन चाहान्छु । जुन अतिक्रमित भूमि राज्यलाई फिर्ता दिएका छौं । फेरि अर्काे प्रकृतिको घटनाक्रमले अभियानको नाममा आन्दोलन गर्न नपरोस् । हामीलाई ती क्षणमा लगनशिलता तर्पm उन्मुख गराउन समर्पित हुनु हुने ती हातहरुप्रति ढिलै भएपनि आभार व्यक्त गर्न चाहान्छु । साथै २१ औं सताब्दीको प्रविधिको युगमा मैले जिम्मेवारी सम्हालेको कार्यालयलाई सो प्रविधिमा निपुणता हासिल गराउनेमा समर्पित हुने छु । उद्यमी व्यवसायीले घरमै बसी बसी आप्mनो उद्योगको बारेमा मोबाइलमा रहेको सप्mटवेरको प्रयोग गरी जानकारी लिन सक्ने अवस्थाको सिर्जना गर्ने छु । जसले दर्ता र नवीकरणका लागि लाइन बस्नु पर्ने अवस्थाको अन्त्य गर्नेछ ।

  • उ जनताको साझा सम्पत्ति हो
  • कर्मचारी कुनै वाद र दल हुदैन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0