Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राज्यले अनुदान कन्जुसाई गर्दा रासायनिक मलको अभाव, अझै युरीया सहज हुने संम्भावना न्यून

प्रभातफेरी अनलाइन ६६७७ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
राज्यले अनुदान कन्जुसाई गर्दा रासायनिक मलको अभाव, अझै युरीया सहज हुने संम्भावना न्यून

आई.आर.के.मैनाली

धुलिखेल-कृषि प्रधान देशका कृषकहरुले रासायनिक मल नपाउंदा समयमा खेति गर्न पाएका छैनन् । जसका कारण खेतिमै आत्मनिर्भर गर्ने कृषकहरु मारमा परेका छन् । सरकारले कृषिमा खासै ध्यान नदिदा समस्या आएको भन्दै कृषकहरु आन्दोलन गर्ने तयारीमा जुटिसकेका छन् । मलको सहज ढंगबाट उपलब्धताको लागि तराइको बिभिन्न स्थानहरुमा आन्दोलन चर्कीएको छ भने पहाडी भेगहरुमा पनि आन्दोलनको तयारी हुदै गरेको जानकारी प्राप्त भएको छ ।

पछिल्लो अभिलेख अनुसार नेपालमा बार्षिक ६ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक हुन्छ तर सरकारले उपलब्ध गराएको अनुदानबाट ३ लाख ३० हजार मेट्रिक टन मात्रै मल उपलब्द हुने भएकोले प्रमुख खेतिको समयमा रासायनिक मलको अभाव हुंदै आएको हो । अनुदानको मलको लागि ७० प्रतिशत कृषि सामाग्री कम्पनि र ३० प्रतिशत साल्ट टे«डिङ्ग कर्पाेरेशन मार्फत उपलब्ध गराउंदै आएको छ । जसमा कृषि सामाग्री कम्पनि मार्फत २ लाख ३० हजार मेटिक टन र साल्ट टे«निङ्ग मार्फत झण्डै १ लाख मेट्रिक टन मलको लक्ष निर्धारण गरेको छ । सोही अनुसार उक्त दुई संस्थाले कार्य गरेको छ । सरकारले निर्धारण गरेको लक्ष पुर्ण गरेपनि अनुदानमा कन्जुसाई गर्दा कृषकहरुले सहज ढंगबाट मल पाउन सकेका छैनन् । क्षेत्रिय कार्यालय विरगञ्जमा रासायनिक मलहरु मौजात हुंदा पनि आन्तरिक ढुवानीमा समस्या हुंदा काभे्रमा मलको अभाव हुने गर्दथ्यो । समयमा ढुवानी ठेक्का नगर्दा हुने समस्याले गर्दा काभे्रका डिलरहरु विरगंञ्ज गएर मल ल्याउने अवस्था समेत विगतमा आउने गरेको थियो ।

काभे्र लगायत चार जिल्लाको लागि मल उपलब्ध गराउंदै आएको धुलिखेलमा रहेको कृषि सामाग्री कंम्पनिको कार्यालय र बनेपामा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कार्यालयको गोदाम खाली अवस्थामा रहेको छ । उक्त दुई संस्थाले केन्द्रिय कार्यालय र क्षेत्रिय कार्यालयमा अनुनय विनय गरी मल ल्याई बितरण गर्दा मुलुकका अन्य भागका तुलनामा केही सहज भने भएको छ । कृषि सामाग्री कम्पनिको कार्यालय काभे्रले काभे्र लगायत चार जिल्लामा रहेका झण्डै ४ सय डिलर मार्फत मल वितरण गर्दै आएको छ । उक्त दुई संस्थाले बितरणमा सहजता ल्याउदै अभाव नगराउने प्रयास गरेपनि अझै २० प्रतिशत मल अपुग भएको पाईएको छ ।

कृषि सामाग्री कंम्पनि कार्यालय काभे्रका सुचना अधिकारी बाशुदेब शर्माका अनुसार आर्थीक बर्ष ०७४÷०७५ मा युरीया ६ हजार ६ सय ९१ मेट्रिक टन, डिएपि ३ हजार ५ सय मेट्रिक टन बिक्रि भएकोमा ०७५÷०७६ मा युरीया ७ हजार १४ मेट्रिक टन र डिएपि ३ हजार २ सय ९८ मेट्रिक टन बिक्रि भएको बताउनु भयो । उहाँका अनुसार ०७४÷०७५ को तुलनामा ०७५÷०७६ मा युरीया ३ सय २३ टन बडीे र डिएपी २ सय २ मेट्रिक कम बिक्रि भएको वताउनु भयो । उहाँले थप्नुभयो अघिल्लो बर्षको तुलनामा युरीया मल बडी उपलब्ध हुंदा पनि अपुग हुनुमा लक्ष कम निर्धारणले गर्दा भएको बताउनु भयो ।

त्यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन बनेपाका सुचना अधिकारी शुरेन्द्र अवालेका अनुसार चार जिल्लामा रहेका १ सय ३७ सहकारी (डिलर) मार्फत मल वितरण गर्दै आएको बताउनु भयो । उहाँले थप्नुभयो आ.व ०७४÷०७५ मा युरीया ४४ हजार ९ सय ९ बोरा र डिएपी १३ हजार ३ सय ४० बिक्रि भएकोमा ंआ.ब ०७५÷०७६ मा युरीया २७ हजार २ सय ९८ बोरा र डिएपी १८ हजार ५ सय ४२ बोरा बिक्रि भएको बताउनु भयो । अगिल्लो बर्षको तुलनामा युरीया मल कम उपलब्ध हुंदा केहि समस्या भएको बताउनु भयो । उहाँले थप्नुभयो काभे्रमा मल अभाव हुन नदिनको लागि कार्यालयले निकै प्रयास गर्दा पुर्ण रुपमा सहज नभएपनि अन्यत्र जिल्लाको तुलनामा केही सहज भएको वताउनु भयो ।

त्यसैगरी कृषि सामाग्री कम्पनी क्षेत्रिय कार्यालय बिरगञ्जका सुचना अधिकारी गोरखनाथ केसीका अनुसार हाल १ बोरापनि डिएपी मल नभएको, १० हजार मेट्रिक टन डिएपी मल साउनको १८÷२० गते सम्म आईपुग्ने बताउनु भयो । केसीले थप्नुभयो १० हजार मेट्रिक टन मलले भदौ महिना भरलाई थेग्छ , त्यसैगरी २ हजार ५ सय मेट्रिक टन युरीया मल पनि १८÷२० सम्ममा आउने सो मल साउन महिनामै बारा र पर्षामा वितरण गर्दा सकिने बताउनु भयो । साल्ट टे«डिङ्ग कर्पोरेशन क्षेत्रिय कार्यालय बिरगञ्जका सुचना अधिकारी यादव प्रसाद भट्टराईका अनुसार गोदाममा युरिया मल नभएको तर डिएपी मल ४७ हजार १ सय बोरा रहेको बताउनु भयो । युरीया पाईप लाईनमा रहेको तर केही समय लाग्ने बताउनु भयो ।

क्षेत्रिय कार्यालय विरगञ्ज मार्फत काभे्रमा मल आउने भएकोले केही समय पछि डिएपी आएपनि युरीया मल भने आउन धेरै समय लाग्ने भएको छ । काभे्रमा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशनले पहल गरी डिएपी मल विरगबाट झिकाउदा काभे्रमा डिएपी मलको केही मात्रामा सहज भएको छ । तर युरीया मल क्षेत्रिय कार्यालय विरगञ्जमा कृषि सामाग्री र साल्ट टे«डिङ्ग दुवैसंग मौजात नरहेकोले समस्या हुने भएको छ । अबिरल बर्षातले गर्दा काभे्रको डाँडापारी, रोशीपारी, कोशिपारी र तिमालमा रहेको धुले सडक तहस नहस भएकोले गर्दा मल लान नसक्नु र हाल युरिया मलको अभावले गर्दा मकैमा मल हाल्न नपाएर कृषकहरु चिन्तित रहेका छन् । त्यसैगरी बेशी भूभागमा रोपाई सुरुभएको र रोपोमा युरीया मल हाल्न नपाउंदा उत्पादन घट्ने चिन्तामा डुवेका छन् कृषकहरु ।

२०६५ चैत्र १२ गतेबाट सरकारले रासायनिक मलमा अनुदान दिदै आएको थियो । अनुदानको लागि सो समयमा छुट्याईएको बजेट र हालको बजेटमा खासै धेरै भिन्नता छैन । तर ०६५ सालको भन्दा मलको माग बढ्नु र मलको अन्तराट्रिय बजार मुल्य बढ्नु साथै डलरको मुल्य बृद्धि हुनुले गर्दा अनुदानको लागि विगतमा छुट्याइएको बजेटले जुन परिणाममा मल आउथ्यो हाल आउंदैन । जसको कारण प्रत्यक बर्ष झनझन थप समस्या हुंदै आएको छ । विगत बर्षहरुको समस्यालाई मध्य नजर राख्दै आ.व ०७६÷०७७ को लागि अनुदानको रमक केही वडाएपनि सो रकमबाट पनि मलमा सहज हुने संम्भावना कम रहेको छ । करिब ९ अरब अनुदानको लागि बजेट बिनियोजन गरेको छ तर सो रकमले पनि ६ लाख मेट्रिक टन मलको लागि अनुदान अपुग रहने विज्ञहरुको भनाई रहेको छ ।

  • अझै युरीया सहज हुने संम्भावना न्यून
  • राज्यले अनुदान कन्जुसाई गर्दा रासायनिक मलको अभाव
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0