Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ग्रामिण महिलाहरु आत्मनिर्भर बन्दै

प्रभातफेरी अनलाइन ११५९ पटक पढिएको प्रकाशित मिति: २०७१ श्रावण ४, आईतबार (११ साल अघि)
ग्रामिण महिलाहरु आत्मनिर्भर बन्दै

ज्ञानमणि कालोटोपी

चण्डेनीमण्डन ÷ लामो समय देखि परम्परागत रुपमा घर भित्रको काममा मात्र सिमित हुदैं आएका काभे्र जिल्लाका महिलाहरु अहिले विभिन्न सिपहरु सिक्दै आत्मनिर्भर बन्दै आएका छन् ।

केहि समय अगाडि देखि गाउँमा बचत समुहहरु शुरु गरेर त्यस बाट ऋण झिक्दै आफूलाई आवश्यक परेको काममा खर्च गर्ने बानीको विकास गर्दै आएका यहाँका महिलाहरु अहिले सिलाई कटाई तालिम लिएर आत्म निर्भर बन्दै आएका हुन् । उनीहरुको सिलाई कटाई तालिमलाई सहयोग गरेको छ , गाउँमै खोलिएको महिला विकास सहकारी र मेलम्ची खानेपानी आयोजनाले । यी संस्थाहरुले यस भेगमा रहेका पाँच गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, देउपुर, जैशिथोक र पाँचखालका करिब पाँच सय महिलाहरुलाई आत्म निर्भर बनाउने जिम्मा लिएका छन् । जस अनुसार गाउँमा साना–साना समुहहरु बनाउँदै त्यसमा महिलाहरुलाई आबद्ध गराएर तालिम दिईंदै आएको सम्बन्धित संस्थाहरुले बताएका छन् । यी गाविसका महिलाहरुले गएको वर्ष पहिलो चरणको ६ महिने निःशुल्क सिलाई कटाई तालिम लिई सकेका छन् । कतिपय महिलाहरुले यहाँबाट सिकेको सिपलाई सदुपयोग पनि गरिसकेका छन् । अहिले संस्थाहरुले गाउँमा दोस्रो चरणको तालिम कार्यक्रम पनि संचालन गरिरहेको र तालिमका लागि आवश्यक प्रशिक्षकहरु पनि धेरै जसो गाउँकै महिलाहरुलाई प्रयोग गरिएको छ ।

कपडा सिलाउने काम गाउँमा तल्लो जात भनिने समुदायले मात्र गर्ने काम हो भन्ने खालको परम्परागत मान्यतालाई तोड्दै गरिएको यस किसिमको शुरुवातलाई गाउँका पुरुषहरुले शुरुमा त्यति सहजरुपमा नलिए पनि अहिले उनीहरु महिलाहरुलाई यसमा सहयोग गर्न थालेका छन् । महिलाहरुलाई सजिलो होस् भन्ने अभिप्रायले यी संस्थाहरुले कपडा सिलाउने मेशिन विशेष सहुलियतमा उपलब्ध गराए पछि आफूहरुलाई अझ सजिलो भएको सिप सिकेर काम शुरु गरिसकेकी चण्डेनीमण्डनकी महिला विमला नेपालले बताइन् । यी संस्थाहरुले महिलाहरुलाई लक्षित गरि बाख्रापालन कार्यक्रमको पनि शुरु गरेको उनले जानकारी दिईन् ।

मेलम्ची खानेपानी आयोजनाले यस आयोजनाबाट प्रभावित काभ्रेका पाँच गाविसमा आयोजना गरेको महिला आत्म निर्भर कार्यक्रमबाट यहाँका महिलाहरुमा परिवर्तनको शुरुवात गरेको मण्डन उपत्यका अनुगमन समितिका सदस्य पदम बहादुर नेपालले बताए । लामो समय देखि सानो खर्चका लागि पनि पुरुषहरु मै भर पर्नु पर्ने बाध्यताबाट छुट्करा पाउने भएपछि यहाँका महिलाहरु अहिले धेरै नै उत्साहित मात्र भएका छैनन् आफूहरुले पनि केहि गर्न सकिने रहेछ भन्नेमा आत्म विश्वास भएका छन् । महिलाहरुको सक्रियता र लगनशिलता छउन्जेल यस्ता अन्य कार्यक्रमहरु अरु पनि संचालन गर्न सहयोग पु¥याउने अनुगमन समितीका सदस्य नेपालले बताए । उनी भन्छन्–‘ अबको केहि समय भित्र यी भेगका महिलाहरुमा ठूलै परिवर्तन देखिने सम्भावना छ । ’
फोटो ः काभ्रेको मण्डनभेगकी महिला विमला नेपाल सिलाई कटाई तालिम सिके पछि व्यवसायिक रुपमा कपडा सिलाउँदैं ।
तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0