धुलिखेल÷ धुलिखेल सामुदायिक अस्पतालमा रगत जाँच्ने आधुनिक मेशिनद्घारा सोमवारबाट रक्त परिक्षण सेवा शुरु गरेको छ ।
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले आफ्नै रगत मेशिनबाट परीक्षण गरेर सेवाको शुरुवात गरेका थिए । नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयको सहयोगमा धुलिखेल अस्पतालको वायोकेमेस्ट्री विभागले अत्याधुनिक मेशिन क्लिया मार्फत रक्त परिक्षण सेवा शुरु गरेको हो ।
करिव ६६ लाख रकम पर्ने उक्त खाधुनिक मेशिनबाट विरामीले आफ्नो रगतको रिपोर्ट दुई घण्टाभित्र पाउन सक्ने कुरा अस्पतालका प्रशासकिय निर्देशक डा. राजेन्द्र कोजूले वताए ।
नेपालमै पहिलो यो मेशिनको सहयोगबाट ३१ प्रकारका रगत परिक्षणको शुरुवात गरिएको थप्दै डा. काजूले अव रगत परिक्षणका लागि वैदेशिक प्रयोगशाला माथिको परनिर्भरतालाई न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास दिलाए ।
प्रविधिको उद्घाटनको क्रममा मुख्य सचिव पौडेलले नयाँ मेशिन ल्याएर मात्र हुँदैन, त्यसको विश्वसनियता मापन गरिनुपर्ने धारणा राख्दै मेशिन उत्पादन कम्पनी र मुलुकहरुले हाम्रोजस्तो मुलुकमा मेशिन टेष्ट गरि सफल भएपछि आफ्ना मुलुकमा प्रयोगमा ल्याउने गरेको कुरा समेत स्पष्ट पारेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |