Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘माइतिको आँगनीमा दुःख सुःख साट्ने पर्व हो तीज’ शर्मिला श्रेष्ठ (लोक तथा दोहोरी गायिका)

प्रभातफेरी अनलाइन ९०४० पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र ९, सोमबार (११ साल अघि)
‘माइतिको आँगनीमा दुःख सुःख साट्ने पर्व हो तीज’ शर्मिला श्रेष्ठ (लोक तथा दोहोरी गायिका)

रहरै रहरले कला क्षेत्रमा लाग्ने थुप्रै युवायूवति छन् । कतिले सुरु सुरुमा परिवारको स्वीकृति बिना परिवारलाई थाहै नदिई यस क्षेत्रमा हाम फाल्छन् । लुकीछिपी आफूलाई कलाक्षेत्रमा होम्न पुग्छन त । कतिपय सफल हुन्छन् त कति असफल । यस्तै छोटै समयमा सबैको मन जित्न सफल प्रतिभा हुन् शर्मिला श्रेष्ठ । कलाकारिताको उर्वर भूमि काभ्रेमा रहेर लोक गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ लोक गायनको क्षेत्रमा अपरिचित नाम होईन श्रेष्ठ । उनले अहिले करिव एक दर्जन एल्वममा स्वर दिइसकेकीछिन् भने यसपाली तीजलाई लक्षित गरि बजारमा ल्याइएको तीज गीत उनको व्यक्तिगत दोस्रो एल्वम हो । नेपाली नारीहरुको नजिकिदै गएको महान चाड तीजको अवसर पारेर तीजका गीतहरु निकाल्ने भीडमा ‘यो तीजमा नाँच्ने हो मजैले’ बोलको तीज गीत बजारमा लिएर आएकी छिन् शर्मिला श्रेष्ठले काभ्रेली अर्की प्रतिभा सावित्री राना मगर सँग मिलेर । उनै बहुप्रतिभाका धनी श्रेष्ठसँग मध्यमार्ग साप्ताहिकको कला मनोरञ्जन विशेषको लागि निर्दीप के.सी.ले गरेको कुराकानीको अंश ः–
० कलाकारितामा किन लाग्छन् यूवायूवतीहरु ?
यो क्षेत्र मन नपराउने मानिस सायद संसारमा नै पाईंदैन होला । आफू मरेर गए पनि कलाकारिता मार्फत संधै सबैले आफूलाई सम्झिरहुन् अनि आफ्नो नाम र पहिचान बनोस् भन्ने सोचेर आजका यूवापुस्ता यो क्षेत्रमा आकर्षित भईरहेको जस्तो मलाई लाग्छ ।

० अनि शर्मिलाचाहिँ कलाकारितामा किन लागिन् त ?
म पनि आम यूवायूवती मध्ये कै एक हुँ । मलाई पनि आफ्नो छुट्टै नाम र पहिचानको आवश्यकता छ नै । मलाई पनि आम जन मानसले छुट्टै नाम र पहिचानले चिनोस् भन्ने इच्छाले यो क्षेत्रमा लागेको हुँ । गायन क्षेत्रमा केहि गरौं भन्ने चाहना पनि हो ।

० यो क्षेत्र प्रतिको मोह कहिले देखिको हो ?
सानैदेखि नै यो क्षेत्र प्रति आकर्षित भएकी हुँ । रंगमञ्चमा लागेको पनि सानैदेखि नै हो । फुर्सदमा गीत गुनगुनाउँदै नाँच्न खोज्थें । विद्यालयको विभिन्न कार्यक्रममा गीत गाउने नाँच्ने गर्थे ।

० अहिलेसम्म के के गर्नुभयो त ?
मैले मेरो कला यात्रा भन्नु पर्दा विद्यार्थी जीवनदेखि नै थालेको भन्दा फरक नपर्ला तर पेशा नै बनाएर भने २०६५ सालदेखि संघर्ष गर्दै आएको हुँ । यस अवधिमा मैले करिव एक दर्जन गीतमा आफ्नो स्वर दिइसकें भने आफैले ‘फेसबुक मै मन प¥यो’ र यो तीजको गीत बजारमा ल्याएकी हुँु । आगामी दिनमा अझै गीत संगीत मार्फत समाजलाई सकारात्मक परिवर्तनतर्फ अग्रसर गराउने इच्छा छ । हेरौं समय नै बलवान छ । समयले कहाँ पु¥याउँछ । कलाकारलाई कहाँ सम्म पु¥याउने टिकाउने भन्ने कुरा दर्शक स्रोताहरुको हातमा छ । उहाँहरु नै हाम्रो भगवान हो । हामी त पुजारी मात्र न हौं ।

० नजिकिदै गएको तीजको लागि के तयारी छ ?
यसपालीको तीजको लागि भरखरै मात्र मेरो तीज गीत ‘यसपाली तीजमा नाच्ने हो मजैले ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यसैको प्रमोशनमा हिंडिरहेकी छु । साथै तीजको अवसरमा हुने विभिन्न कार्यक्रहरुमा सहभागिता जनाउने कार्यक्रमहरु पनि रहेको छ ।
० कस्तो छ त तपाईंको यसपालीको तीज गीत ?
यसपाली मैले बजारमा ल्याएको तीज गीत विशुद्ध नेपाली लोक गीत हो । जसले नेपाली महिलाहरु वर्षभरिको आफ्नो पीर व्यथा भुलेर माइतिको आँगनीमा हाँसी खुसी दिदीबहिनीसँग मिलेर दुःख सुःख साट्दै मजाले नाँच्नको लागि बनाइर्एको फरक खालको गीत हो ।

० तीजको अवसर पारेर तीज गीत निकाल्ने होड चलेको छ । ती गीतहरु र शर्मिलाको गीतमा के भिन्नता छ ?
आकाश पातालको भिन्नता छ । केहि वर्ष देखिका तीजका गीतहरुमा पनि विकृति भित्रिएको छ । तर तीज भनेको महिलाहरुले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै ब्रत बस्ने पर्व हो । साथै माइती र चेलीबीचको सम्बन्धलाई झनै कसिलो बनाउने पर्वको रुपमा हाम्रो समाजमा मनाइदै आएको पर्व हो । तर नेपाली परम्परा र संस्कारलाई माया प्रेमका गीतमा मात्र अल्झाएर संस्कृतिलाई झनै साँघुरो बनाउँदै लाने प्रवृति बढिरहेको बेला हाम्रो तीजको कोसेली यसपाली भिसिडिमा ल्याएका छौं ।

० किन तपाईंको गीत सुन्ने र हेर्ने ?
यसमा बिल्कुलै जनजिब्रोमा झुण्डिने खालको लय र शब्द मेहेनतसाथ तयार पारिएको छ । यस गीतको लागि हामी सबैले धेरै मेहेनत र दुःख गरेका छौं । हामीले गरेको मेहेनत र फरक किसिमको लय तथा आम नेपाली महिलाहरुको विषयलाई गीतमा समावेश गरिएकोले यो गीत हेर्न र सुन्नु पर्छ भन्ने मलाई लाग्छ । केहि यस्ता स्रष्टा अनि सर्जकहरु छन् जसले आज पनि अनवरत रुपमा गाउँवस्तीका भाकालाई जस्ताको तस्तै गीत संगीतमा ढालेर ल्याउने गर्नुभएको छ । त्यस्तै प्रयास गर्नुभएको छ गायक तथा सर्जक राजु तामाङ र दिनेश लामाले यस गीतमा । जसले अथक मेहेनत पश्चात यस गीतको थेगो खोजेर त्यसमा शब्द भर्ने प्रयास गर्नुभएको छ ।

० आजभोली गीत सुन्ने भन्दा पनि हेर्ने प्रचलन छ नि ?
समय परिवर्तन भइसक्यो । पहिला गीत सुन्ने गरिन्थ्यो तर अहिले हेर्ने प्रचलन व्याप्त छ । त्यसैले त्यसबाट हामी पनि कसरी अछुतो रहन सक्छौं र । हामीले पनि हेर्नकै लागि भनेर म्युजिक भिडियो बनाइसकेका छौं । सके सम्म संस्कार र परम्परा अनि तीजको मर्मलाई नभुल्ने गरी राम्रै म्युजिक भिडियो बनाएका छौं भन्ने लाग्छ । अरुको म्युजिक भिडियो भन्दा पृथक बनाउने प्रयास गरेका हौं तर सबै सोचे जति त बन्न नसकेको पनि हुन सक्छ । अरुको जस्तो तीजको भिडियो कुनै चलेको मोडल वा कलाकारले बोकेको छैन हाम्रो भिडियो । तर पनि नयाँ कलाकारहरुलाई लिएर पनि भिडियोका निर्देशक अमरकृष्ण चन्दले राम्रो कन्सेप्टले काम गर्नुभएको छ । जसलाई दिपेन्द्र भट्टले भिडियोमा कैद गरेका छन् । भिडियोमा हाम्रो काभ्रे जिल्लाको पर्यटकीय रमणीय नगरी धुलिखेलको सुन्दरता र भगवति मन्दिरलाई समेट्ने प्रयास गरेका छौं ।

० तीजमा विकृति गीत संगीतबाट नै भित्रिएको हो भन्छन् नि ?
केहि मात्रामा कुरो सहि भए पनि हाम्रो गीत त्यस्तो छैन । अरुको बारेमा म कमेन्ट गर्न चाहन्न ।

० प्रेम के हो ?
प्रेम  जीवनको सार हो । यो बिना जीवन अपुरो हुन्छ ।

० अन्त्यमा के भन्नुहुन्छ ?
सर्व प्रथम त मध्यमार्ग र तपाईंलाई धन्यबाद अनि तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुलाई शुभकामना । साथै यसै लोक प्रिय पत्रिका मार्फत सम्पूर्ण दर्शक स्रोताहरु, साथि भाइ सबैले मेरो गीत सुनेर हेरेर तीता मीठा क्रिया प्रतिक्रिया जनाइदिनुहुन अनुरोध गर्न चाहन्छु । नेपालीपन अनि नेपाली गीत संगीतलाई माया गरौं भन्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0