Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुलाबारे सु–सूचित हुँदै नेपाली कृषक

प्रभातफेरी अनलाइन ६५८१ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार (६ साल अघि)
मुलाबारे सु–सूचित हुँदै नेपाली कृषक

पञ्चमाया तामाङ

पछिल्लो समय नेपालीहरुको भान्सामा मुलाले स्थान पाउन थालेको छ । यसको मुख्य कारण यसभित्र रहेका पौष्टिक तत्व एकातिर छ भने अर्काेतर्फ किसानहरुले नगदे बालीको रुपमा स्थान दिएका छन् । विशेष गरी बाह्रै महिना आम्दानीको स्रोत भएता पनि जानकारहरुले मुला उष्ण तथा शीतोष्ण प्रदेशको प्रसिद्घ तरकारी बालीको रुपमा लिएका छन् । यो प्राचीनकाल देखि खेती गर्दै आएको तरकारी बाली भएता पनि पिरामिडको भित्तामा लेखिए अनुसार मिश्र देशमा २ हजार वि.सी. भन्दा अघि देखि उपभोग गर्दै आएको तथ्य पाइन्छ । यो ५ देखि ७ सय वि.सी.मा चीन तथा जापानमा फैलिएको इतिहास पढ्न पाइन्छ । अध्ययन अनुसार यसको उत्पत्ति ग्रीस र मिश्रमा भएको देखिन्छ । नेपालमा बाह्रै महिना मुला खेती गर्ने क्रम निकै बढेको छ । अध्ययन अनुसार मुलामा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ र मुलाको टाउकोमा, तल्लो भागमा भन्दा सात गुना बढी भिटामिन ‘सी’ पाइन्छ भनिएको छ ।

त्यस्तै क्याल्सियम ६ गुना बढी, फस्फोरस ३ गुना बढी, भिटामिन ‘ए’ तीस गुना बढी पाइन्छ । मुलामा पानीकोमात्रा ९० प्रतिशत र प्रायः सबै पौष्टिक तत्वहरू पाइन्छ । नेपालमा सेता र राता दुवै प्रकारका मुला पाइन्छन् । कार्बोहाईड्रेट र खनिज तत्व सेतो मुलामा भन्दा रातो मुलामा बढी भएको सोसँग सम्बन्धित विज्ञहरुको दाबी छ ।

मुलाले केही गर्मी सहन त सक्छ तर यसको वासमा, बनोट र आकारको पूर्ण विकासका लागि १०–१५ डि.से. तापक्रम आवश्यक हुन्छ तथा उचित प्रकाशको पनि आवश्यकता पर्दछ । यो कुरा यसको जातमा पनि निर्भर गर्दछ । वातावरण अनुकूल नभए मुलाको डुकु निस्कने, मुला सानो, डल्ला फल्ने, जरा फाट्ने आदि हुन्छ । तर विज्ञहरुको सल्लाहअनुसार खेती गरेमा यस किसिमको समस्या नहुने बताएका छन् ।
मुलाको खेती विशेषतः सबै किसिमको माटोमा गर्न सकिन्छ तर हाम्रो भौगोलिक बनावट अनुसार जैविक पदार्थ भएको हल्का बलौटे दोमट माटो नै यो खेतीको लागि उपयुक्त हुन्छ । कृषि विज्ञका अनुसार भौगोलिक बनावट बमोजिम न्यूनत्तम देखि अधिकत्तमसम्म १ मे. टन गोबर मल, ५ के.जी. युरिया, ४ के.जी. डी.ए.पी., २ के.जी. म्युरेट अफ पोटास आवश्यक हुन सक्छ ।

यो खेती गर्न पटक्कै डल्ला नभएको ३–४ पटक खन्जोत गरेर डल्ला फुटाई बुरबुराउँदो माटोमा खेती गर्दा मुला सही आकारमा विकास हुन्छ । यो जरेबाली भएकोले राम्रोसँग नकुहिएको मल हाल्नु हुँदैन । जमिन पानी जम्ने हुनुहुँदैन र जमिनको सतह राम्रोसँग मिलाउनुपर्दछ । यति गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ ।

एक बोटदेखि अर्काे बोटको फरक २५ से.मि. तथा लाइनबाट लाइनको फरक ४५ से.मि. बनाउनु उपयुक्त हुन्छ । ध्यान दिनुपर्ने पक्ष बीउ छर्दा २ से.मि. को गहिराइमा छर्न उपयुक्त हुन्छ । त्यस्तै पहाडी क्षेत्रहरूमा चैत महिनामा मुला रोप्नु उपयुक्त मानिन्छ तर भदौ–असोज महिनामा पनि रोपिन्छ । जमिन धेरै चिसो भएमा बीउ उम्रन सक्दैन । साथै तराईमा भदौ महिना देखि पुस–माघसम्म लगाउन सकिन्छ । पछिल्लो समय भौगोलिक बनावट अनुसार वर्षभरि नै मुला खेती गर्न सकिन्छ ।

बीउ रोपेपछि उपयुक्त माटोको चिस्यान र तापक्रममा उम्रन शुरु गर्दछ । यसका साथै झारहरू पनि बढ्न शुरु हुन्छन्, तिनीहरूको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नका लागि गोडमेलको आवश्यकता पदर्छ । गोडमेल गर्दा झरपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने र युरिया मललेटपड्रेस गरी माटोको उकेरा दिने र भूबनोट अनुसार खेती गर्न किसानहरु सरिक हुने विज्ञहरुको राय छ ।
विशेष गरी यो खेतीलाई सिंचाइको त्यति आवश्यकता नपरेपनि भू बनौट अनुसार माटोमा चिस्यान अनुसार हलुका सिंचाइ गर्न सकिन्छ । यो खेतीमा ख्याल राख्नुपर्ने बढी चिस्यान र बढी सुख्खा पनि हुनु हुँदैन ।

बाली तयार भएपछि (डुकु आउनु अघि) नभाँचिने र घाउ नलाग्ने गरी उखेल्नुपर्छ । त्यसपछि राम्रोसँग माटो पखाली, कलिलो पात मात्र राखी जुटको बोरामा राखेर बिक्रीका लागि बजार लग्न सकिन्छ । मुलाको माग अनुसार उखेली बेच्ने हुनाले छुट्टै भण्डारणको आवश्यक पर्दैन । त्यसैले किसानहरुको लागि आम्दानीको बलियो स्रोतको रुपमा मुला खेतीलाई लिन सकिन्छ ।

  • मुलाबारे सु–सूचित हुँदै नेपाली कृषक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0