Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विविधताभित्रको एकता, धार्मिक सहिष्णुताको प्रतिक फागु

प्रभातफेरी अनलाइन ७२७३ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार (६ साल अघि)
विविधताभित्रको एकता, धार्मिक सहिष्णुताको प्रतिक फागु

प्रल्हाद शर्मा हुमागाई
रंगहरुको पर्वको रुपमा मनाइने फागु पर्वलाई विशेष महत्वका साथ मनाउने परम्परा चल्दै आएको छ । यद्यपि, नेपाल पर्वै पर्वको मुलुक भनेर चिनिन्छ । विविधताभित्रको एकता नै नेपालको पहिचान हो । जसको नमूना भनेकै धार्मिक सहिष्णुतालाई लिन सकिन्छ । संस्कार र संस्कृतिलाई सम्मान गर्नका लागि मनाइन लागेको फागु पूर्णिमा भनेर चिन्छौँ । पूर्णिमा तिथिलाई पर्वको रुपमा लिइन्छ । नेपाली पात्रो अनुसार वर्षभरिका १२ वटा पूर्णिमाहरुको महत्व एक से एक छन् ।

साधारण दिनमा गरिएको पुण्य जतिका त्यति रहन्छ भने पूर्णिमाको दिन गरिएको पुण्य अनन्त पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ । त्यही कारण पनि पूर्णिमाको महत्व विशेष भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । फाल्गुन शुक्ल पूर्णिमा फागु, होली, चीरदाह आदिको नामले पुकारिने पर्व हो । यसलाई रंग र उत्सवको पर्व पनि भनिन्छ । धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक सबै दृष्टिकोणबाट फागू पूर्णिमाको अत्यन्त महत्व रहेको पाइन्छ ।

पछिल्लो समय होलिलाई मित्रताको प्रतिकका रुपमा समेत मनाउने प्रचलनका रुपमा स्थापित गरिएको छ । फागू पर्वको महत्वलाई केलाउँदै जाँदा धर्मग्रन्थमा भक्त प्रल्हाद र हिरण्यकशिपु तथा होलिकाको पौराणिक कथासम्म जोडिएको छ । नेपालीहरुको धेरै चाडपर्व पौराणिक ग्रन्थबाट आए जसरी नै होलि पनि पौराणिक ग्रन्थसँगै जोडिएको मान्यता रहँदै आएको छ । परापूर्व कालमा ब्रह्माको वरदानको अहंकारले हिरण्यकशिपुकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोको भुंग्रोभित्र पसेपनि भक्त प्रह्लादलाई अग्निले जलाएन तर होलिकालाई अग्निले जलाएको पौराणिक कथामा उल्लेख छ ।

होलिको महत्व बारे प्रट्याउँदै संस्कृतविद् ज्ञानकाजी मानन्धरले हिरण्य कशिपुकी बहिनी होलिका दहन भई प्रल्हाद सुरक्षित भएकोमा खुसीले ठूलो उत्सव गरिएको बताउँछन् । पौराणिक पर्वबाट साँस्कृतिक पर्वको रुपमा होलि परिणत भएको मानन्धरको भनाइ छ । समाजमा बस्दा एक आपसमा भएका तिक्ततालाई बिर्सेर एकता गर्ने काम होलिले गर्न थालेको भएपनि पछिल्लो समय होलीको नाममा विकृति बढ्दै गएको मानन्धरले बताउनुभयो ।

नेपालमा होली खासै ठूलो रुपमा मनाउने नगरिएको भएपनि भारतबाट होली खेल्ने प्रचलन बढ्दै आएको छ । होलि खेल्ने फागू खेल्ने रंगहरु दल्ने हिन्दूहरुको परम्परा नभएपनि पछिल्लो समय आयातित भएर नेपालमा धुमधामसँग होलि मनाउन थालिएको छ । होलिको नाममा जताततै लोला हान्ने, अण्डा हान्ने, कालो मोसो दल्ने केटाकेटीको बीचमा उच्छृंखल रुपमा होलि मनाउने प्रचलन बढ्दै गएको छ ।
केही व्यक्तिहरुको छालामा रंग पर्ने बित्तिकै एलर्जी हुने सम्भावना भएकाले त्यस्ता व्यक्तिले रंग नखेल्नु नै उपयुक्त हुने वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर श्रीकृष्ण श्रेष्ठ बताउनुहुन्छ । विभिन्न पहेंलो, हरियो, खरानी रंगको रंगहरुमा लिड अक्साइड, कोरल अक्साइड लगायतका धातुहरु मिसाएर बनाइने भएकाले यसले शरीरमा एलर्जी गराउने डाक्टर श्रेष्ठको भनाइ छ । यदी होली खेल्नै परेको अवस्थामा प्राकृतिक रुपमा बिरुवाबाट निर्माण गरिएको अबिर लगाएर होली खेल्नको लागि वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर श्रेष्ठ सल्लाह दिनुहुन्छ ।

रंगका कारण छालको नछोपिएको भागमा धेरै एलर्जी देखिने भएकाले शरीरमा लामो लुगा लगाउनको साथै चस्माको प्रयोग गर्नुपर्ने डाक्टर श्रेष्ठको सुझाव छ ।होलिमा हुनसक्ने दुव्र्यवहार र शान्ति सुरक्षालाई असर गर्ने विषयलाई नियन्त्रण गर्नको लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र तिमल्सिनाले बताएका छन् । होलि पर्व एउटा मित्रताको पर्व, भावनाको पर्व भएकाले राम्रोसँग मनाउन आग्रह गर्दै मादक पदार्थ सेवन गर्दै मोटरसाइकलमा तीन जना चड्ने, झगडा गर्ने, इच्छा विपरित कसैलाई रंग दल्ने गरेमा प्रहरीले कानुन बमोजिम कारबाही गर्ने समेत तिमल्सिनाको भनाइ छ ।

फागू पर्व हर्ष उल्लास, खुसियाली अनि आमोद प्रमोदको पर्व हो । पछिल्लो समय पवित्र पर्वको मर्यादामा नै आँच आउने गरी हिलो छ्याप्ने, जबरजस्ती रंग दल्ने, बाटो ढुकेर लोला, बेलुन हान्ने प्रचलन बढ्दै गएको छ । होलिमा विकृति भित्रिएसँगै हामीले हाम्रो साँस्कृतिक मूल्य र मान्यता नबुझेको हो कि भन्ने भान समेत हुने गरेको छ ।रंगहरुको पर्वको रुपमा भित्रिएको यो संस्कृतिलाई आत्मसात गर्दै धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा सामाजिक मूल्य मान्यता बोकेको फागू पर्व हाम्रो अर्काे अमूल्य पहिचान हो । यस्ता पर्वको महिमा उजागर गरी उत्श्रृंखलतालाई नियन्त्रण गर्नु आजको आवश्यकता हो ।

  • धार्मिक सहिष्णुताको प्रतिक फागु
  • विविधताभित्रको एकता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0