Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संकीर्णताको जालोमा रुमलिएको नेपाली समाज

प्रभातफेरी अनलाइन ६७८६ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ ७, बुधबार (६ साल अघि)
संकीर्णताको जालोमा रुमलिएको नेपाली समाज

प्रल्हाद शर्मा हुमागाइ
विश्व नै अहिले कोभिड–१९ कोरोना भाइरस छियाछिया भएको छ । यहाँ मेरो तेरो भनिराख्नुपर्ने अवस्था छैन । के वृद्ध, के बालक, के युवा, के धनी, के गरिब कसैलाई पनि बाँकी राखेको अवस्था छैन । भन्नैपर्दा, कोरोना भाइरसले प्रत्येक मानवलाई हेर्ने दृष्टिकोण समान राखेको पाइन्छ ।
यो संगीन अवस्थामा आफ्नो जीवनलाई खुकुरीको धारमा राखी चुनौतीपूर्ण सेवामा समर्पित हुने वर्गमाथिको दुव्र्यवहारले नेपाली समाजको दरिद्रता छताछुल्ल हुन पुगेको छ । आज यो दरिद्रताको पहिलो निशाना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी बनिरहेका छन् । आफ्नो जीवनलाई धरासायी बनाउँदै सामाजिक मूल्य, मान्यता र मर्ममाथि समर्पित हुँदै सेवामा खटिएर लखतरान हुँदै आवास प्रवेश गर्नै लाग्दा घरबेटीले दिएको अनावश्यक दबाब एकातिर छ भने अर्काेतिर सामाजिक अगुवाहरुले घुमाउरो पाराले धम्कीपूर्ण भाषाले दिने दबाबका बिच सेवामा समर्पितहरुको मनोबल कति दिन जीवित रहन सक्ला ? यस किसिमका व्यवहारले स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीको मनोबल खस्किँदै गएको पछिल्ला क्रियाकलापले पुष्टि गरेको प्रष्टै देखिन्छ । समाजका ति बुजु्रकहरुहरुले यति पनि मनन गर्न सकिरहेका छैनन् कि ति पेशामा लाग्नेहरु पनि मानव हुन्, तिनका पनि परिवार छन्, तिनलाई पनि बाँचेर केही गर्ने आशासँगै समाज रुपान्तरण गर्ने जिम्मेवारी बोकेर कर्मक्षेत्रमा खटिरहेका छन् । आदि, इत्यादि सवालका बारेमा मनन गर्नसक्ने चेतना ति बुज्रुकहरुसँग रहेनछ । धन्य ति बुज्रुकहरुलाई जसले मानवीय भावना बुझ्ने प्रयत्न गरेनन् र एकोहोरो संकटको घडिमा यो समाजलाई सुसूचित, स्वास्थ्य र सुरक्षित राख्न अहोरात्र खट्नेहरुका विरुद्ध विष बमन गरिरहेका छन् । धिक्कार छ ति मानवरुपी संरचना ग्रहण गरेर समाजको तुलेगाँडाको पगरी भिर्ने मनुवामा ।

जब प्रहरीको सिठी सुरुरुरु र साइरनको आवाजले मात्रै ब्युँझने संस्कारमा हुर्किएका बजारिया संस्कारले मानवीय विपद्लाई पैसाको रुपमा तुलना गरेर लुट्न पल्केकाले एउटा अवसरका रुपमा लकडाउनलाई लिनु दुःखद पक्ष मान्नुपर्छ । राज्यले निर्धारण गरेको लकडाउनलाई सचेततापूर्वक पालन गर्नु प्रत्येक नागरिकको दायित्व थियो तर त्यो दायित्वबाट विमुख हुँदै लकडाउनलाई कमाइ खाने भाँडोको रुपमा प्रयोग गर्नु स्खलित मानसिकताको निर्जल्लता भन्दा अरु के हुन सक्छ । समय वा विषयले अर्काे अर्थ नराखेमा एउटा नेवारी वाक्य सापट लिन मन लाग्छ “वल वल खापा त्यु’ वानाला स्व स्व” भन्नुले के पुष्टि गर्छ ? ति मानवरुपी समाजका कलंकहरुले यो विपद् राज्यका लागि मात्र हो, जनताका लागि, स्वयं आफ्नै लागि भन्ने सोचेनन् । उसले प्रहरीको सिठी र साइरनलाई कमजोरीको रुपमा लिनु उसकै लागि अभिशाप हुनेछ भन्ने सोच्नै सकेन । त्यसैले यो साँघुरो सोचबाट माथि उठ्ने साहस गर्दैन भने एकदिन उसले पछुताउनुको विकल्प छैन । लकडाउनलाई गलत रुपमा परिभाषित गर्दै भोज भतेर, खुशीयाली र मनोरञ्जनको माध्यम बनाएर उपयोग गर्ने संकीर्ण समाजले एकदिन महंगो मूल्य चुकाउनुको विकल्प छैन । ति बुज्रुकहरुले यो नभुलुन्, तिनीहरुलाई संकट पर्दा सबैभन्दा अगाडि त्यही तीन वर्ग आइपुग्ने छ र चह¥याई रहेको घाउमा मलमपट्टी लगाउने छन् ।

नेपालमा कोरोनाको प्रभाव बढ्दै गएपश्चात् समाजमा अग्रदस्ताको रुपमा खटिने वर्गहरुप्रति देखाएको मानवीय दुष्कर्मलाई मध्यनजर गर्दै गृह मन्त्रालयले कडा चेतावनी दिएको छ । यस संकटको घडिमा अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुप्रतिको दुव्र्यवहार आफूहरुलाई सह्य नभएको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी कोरोनाको उपचारमा खटिने तत्तत् वर्गहरुप्रतिको दुव्र्यवहार सच्याउन घरबेटी सामाजिक जिम्मेवारी बहन गर्ने व्यक्तित्वहरु लगायत सबैको ध्यानाकर्षण गराएको छ ।
गृह मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका सम्बन्धित सरोकारवालाहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुव्र्यवहार गर्ने र कानुन विपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन समेत दिएको स्रोतले उल्लेख गरेको छ । यस किसिमको सरकारको निर्णयले कार्यक्षेत्रमा अग्रपंक्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आत्मबल त मिलेको छ । यसैबीच गृह मन्त्रालयको यस किसिमको निर्देशन अवज्ञा गर्दै निजीस्तरबाट सञ्चालित अस्पतालहरुले स्वास्थ्यकर्मीहरुको खाइपाइ आएको सेवा सुविधामा ७० प्रतिशतसम्म कटौती गरेका छन् ।

यस किसिमको विभेदकारी निर्णयका विरुद्ध सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुन जरुरी रहेको कर्मचारी संगठनसँग आबद्ध नेतृत्वहरुले गुनासो पोखेका छन् । सरकारले अग्रपंक्तिमा रहेर कार्यसम्पादन गर्नेहरुको सेवा सुविधामा सतप्रतिशत थपेर दिनु भन्ने निर्देशनलाई निजीस्तरबाट सञ्चालित अस्पतालहरुले चुनौती दिएका छन् । यो क्रियाकलापले आफ्नो र आफ्नो परिवारको समेत ख्याल नगरी संकटको घडिमा सेवामा समर्पित स्वास्थ्यकर्मीहरुको सेवा सुविधा कटौती गर्नु न्याय संगत नभएको भन्दै सरोकारवालाहरुले घोर आपत्ति जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।

  • संकीर्णताको जालोमा रुमलिएको नेपाली समाज
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    भाषा जोगिनु भनेको इतिहास जोगिनु हो

  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0