कुमार गौतम
युवा नेता नेकपा, काभ्रे
नेपाली जनताको अपार माया र आशाको केन्द्रविन्दु बनेको नेपाल कम्यूनिष्ट पार्टी सामुहिक नेतृत्वमा चल्न नजान्दा धरापमा पर्ने स्थितिमा पुगेको छ ।
ठूलो संघर्ष र बलिदानले यहाँसम्म आएको कम्यूनिष्ट पार्टीलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरु लागि रहेका बेला आफ्नै पार्टी भित्र गुट उपगुट र आन्तरिक किचलोको कारण झनै कमजोर बनाउने निश्चित छ । पार्टी सामुहिक नेतृत्वमा चल्नु पर्नेमा अहिले सिंगै कम्युनिष्ट पार्टीमा व्यक्तिवादी हावी भएपछि कसरी सफलता तर्फ अगाडी बढ्न सकिन्छ ।आजभोली नेकपा भित्र तिनवटा शक्तिको संघर्ष स्पष्ट देख्न सकिन्छ जसमा प्रधानमन्त्रि समेत रहेका पार्टी अध्यक्ष के.पी. ओलीको एउटा समुह अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अर्को समुह र वरिष्ठ नेता माधव नेपाल समुह गरी तीन समुहको त्रिपक्षीय लडाई चलिरहेको छ । यस्तो लडाईले न त पार्टीलाई फाइदा गर्छ न त देशलाई नै ।
नेकपा एमाले र माओवादी पार्टी बीचको एकतालाई नेपाली जनताले विश्वासका साथ झण्डै दुई तिहाई मत दिए ताकि देशमा स्थिर सरकार बनोस देशको सम्बृद्धि होस भन्ने सोचाईले । २०१५ सालको बिपी नेतृत्वको सरकार पछि केपी ओली नेतृत्वमा साढे दुई वर्ष अघि गठन भएको सबैभन्दा शक्तिशाली सरकार हो यो । जुन सरकारलाई प्रमुख प्रतिपक्षी दलको संसदमा रहेको संख्याले अविश्वासको प्रस्ताव दर्ता सम्म गर्ने हैसियत राख्दैन । त्यति शक्तिशाली सरकारका प्रधानमन्त्रि तथा सत्तारुढ दलका शक्तिशाली अध्यक्ष केपी ओली आफ्नो सरकारलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएर पार्टी कमिटीमा नै उपस्थित हुन छोड्नुले नेकपा भित्र के भइरहेको छ भन्ने कुरा स्पष्ट देखिन्छ । यदि भारतले सरकार गठन गर्ने भए किन यति धेरै खर्च गरेर चुनाव गर्नु प¥यो अचम्म लाग्छ भारतले भाजपाका सासंदलाई ल्याएर बानेश्वरको संसद भवनमा भोट हाल्न आँटेछ कि के हो आज जनता हाम्रो प्रधानमन्त्रीलाई प्रश्न सोधिरहेका छन् । अहिले ओलीलाई हटाउन भन्दा पनि पार्टी र जनता प्रति बढी जिम्मेवार बनाउन अर्को अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल लागी रहेको देखिन्छ । पछिल्लो घटनाक्रम हेर्दा जारी नेकपाको स्थायी कमिटी बैठकले ओलीको विकल्प भन्दा पनि मुलभूत एजेन्डामा बढी नै केन्द्रित रहेर बहस गरेको देखिन्छ । अहिले सरकारलाई धेरै ठूलो चुनौती छ । एकातिर भारतसंगको सिमा विवाद होस वा विश्व महामारीको रुपमा देखिएको कोरना भाइरसको कारण होस् । विशेष गरी अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) का विषयमा पार्टीले कस्तो निर्णय लिने भन्ने विषय बढी केन्द्रित भएर शुरु भएको स्थायी कमिटि बैठकलाई नै प्रधानमन्त्रीले वास्ता नगरी मलाई सरकारबाट हटाउन लागे भन्ने तर्क गर्नु कति सान्र्दभिक होला । प्रधानमन्त्रीको हालको कार्यशैली हेर्दा सिंगो पार्टी सरकार सबै आफैले मात्र चलाउन पाउनु पर्छ भन्ने देखिन्छ । जनवादी केन्द्रियतामा आधारित नेपाल कम्युनिष्ट पार्टी एकल निर्णयमा चल्न सक्छ प्रधानमन्त्रिलाई हेक्का हुनु पर्छ । प्रधानमन्त्रि ओलीले आफ्ना गुटका मान्छेलाई मात्र विश्वासमा लिएर काम गर्ने र अरु त्यत्ति ठूलो योगदान गरेर आएका नेताहरुको कुरा नसुन्नाले आज आफै अपठा¥योमा परेका छ । यति खेर प्रधानमन्त्रिले सरकार मात्र हैन पार्टीलाई पनि सही तरीकाले सञ्चालन गर्न सक्नु भएको छैन । यहाँ त पार्टीले सरकार चलाउने होकि सरकारले पार्टी चलाउने हो भन्ने विषयमा नै अलमल देखिन्छ । यदि पार्टीले सरकार चलाउने हो भने पार्टी बैठकमा बहस नगरी सरकारका प्रमुख व्यक्ति नै पार्टी बैठकलाई नजरअन्दाज गरी विभिन्न भाषण गर्दै हिड्ने गर्छन् । यसले पार्टीलाई फाइदा गर्छ कि घाटा ।
पार्टीमा आफ्नो भूमिका कमजोर देखिए पछि प्रधानमन्त्री ओली सत्ता टिकाउनका लागि विभिन्न आरोप प्रत्यारोपमा लागिरहेका छन् । पाटी भित्र हुनुपर्ने बहसलाई वास्ता नगरी सरकार ढाल्न विदेशी शक्ति लागिरहेको आरोप लगाउँदै बैठक बहिस्कार गरिरहेका छन् । पार्टी नेताहरुलाई सम्झाउन नसकेपछि उनी भौतारिरहेका छन् ।
केही समय देखी ओली सरकार राज्य सञ्चालनमा समेत असफल भएको टिकाटिप्पणी हुन थालेको छ । यसको कारणहरु धेरै छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न यो सरकार असफल सावित भयो । कोरना विरुद्धको अभियानमा सरकारले १० अर्व खर्च भयो भनेर सार्वजनिक ग¥यो तर त्यतिका पैसा केका लागि खर्च भयो भन्ने प्रश्न आम नागरिकले कुरा उठाइरहेका छन् । देश भरि बनेका क्वारेन्टाइनहरुले पनि यसलाई पुष्टी गर्दछ । क्वारेन्टाइनको नाममा जनतालाई पानी चुहिने पालमुनी राखेर १० अर्वको हिसाब देखाउँदा जनताले प्रश्न गर्नु पनि स्वभाविक देखिन्छ । कोरोना रोग विरुद्ध लड्नको लागी बनाएको उच्च स्तरिय संयन्त्रले राम्रो काम गर्न नसक्दा आज दिन दिनै कोरोनाका विरामी थपिदै गई रहेका छन् । यो पनि सरकारको असफलताको कारणले नै हो । उच्च स्तरीय संयन्त्र निर्माण गर्ने समयमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले यो संयन्त्र सर्वदलिय रुपमा बनाउनु पर्छ भन्ने प्रस्ताव गर्दा पनि प्रधानमन्त्रि ओलीले केही कुरा सुन्न चाहेनन् कारण उनी एकलौटी निर्णयमा चल्ने मान्छे रहेछन् । पार्टीले गरेको निर्णयलाई प्रधानमन्त्रिले खासै चासो दिँदैन । उनी पार्टी भनेकै मै हु भन्ने अहममा छन् । केही दिनदेखि जारी स्थायी कमिटी बैठकले पनि यो दृष्यलाई स्पष्ट गराउँछ । स्थायी कमिटी बैठक आफैमा ऐतिहासिक छ ।
स्थायी कमिटी बैठक चलिरहँदा पार्टी अध्यक्ष बैठकमा नबसेर मलाई सरकारबाट हटाउने खेल सुरु भयो भन्दै दौडिनाले कसलाई फाइदा पु¥याउँछ । आफ्नो पार्टीका साथीहरुको आलोचनालाई सामना गर्न नसकेर ओली बैठकबाट भागी रहेको दृष्य स्पष्ट रुपमा देखिन्छ । उनी आफूलाई जति शक्तिशाली भन्दै जान्छन् त्यत्ति नै कमजोर हुँदै जान्छन् । आफ्नो गुटकै कुरा गर्ने हो भने उनीसंग जम्मा १३ जना स्थायी कमिटी सदस्य छन् । अरु सबै स्थायी कमिटी सदस्य उनका विरुद्धमा छ । कसरी उनी पार्टीमा शत्तिशाली भए त उनले पार्टीलाई एकढिक्का बनाएर जानु पर्ने हो । पार्टीका अर्का अध्यक्ष प्रचण्डले देखाएको सहानुभूतीलाई उनले कमजोरीका रुपमा लिनु नै उनको लागि दुर्भाग्य सावित हुन्छ । कारण पार्टी एकता हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भन्ने सहमतिलाई समेत प्रचण्डले अहिलेलाई नेतृत्व परिवर्तन गर्दा देशलाई घाटा हुन्छ भनि दिएको अभिव्यक्तिले पनि ओली सरकार डराउनु पर्ने थिएन तर उनले यसलाई प्रचण्डको कमजोरीको रुपमा लिएर व्याख्या गर्ने गरे । ओली सामु धेरै बाटाहरु खुल्ला गर्दा पनि उनले सहकर्मी साथीहरुलाई आफ्नो बनाउन नसक्नु उनकै कमजोरी हो । पार्टी भित्र एक व्यक्ति एक पदका विषय ठूलो बहस चल्दा समेत अध्यक्ष प्रचण्ड चुप लागेर नै ओलीलाई बढी शत्तिशाली बनाउनु भयो । यो स्थायी कमिटी बैठकमा पनि यो एक व्यक्ति एक पदको कुरा अवश्य उठ्ने छ र यस बैठकले एक व्यक्ति एक पदको विषयमा निर्णय लिनु जरुरी छ । अझै पनि पार्टीले सरकार राम्रो संग नचलाउने र हाल उठेको विषयलाई गम्भिर रुपमा छलफल गरेर एउटा निकास ननिकाल्ने हो भने भोलीका दिनमा कम्यूनिष्ट पार्टी धेरै कमजोर अवस्थामा पुग्ने निश्चित छ ।
जारी स्थायी कमिटी बैठकले नयाँ रुप धारण गर्ने कुरा प्रधानमन्त्रि ओलीलाई थाहा भएसकेपछि उनले आफ्ना निकटका मान्छेलाई भेटेर सरकार टिकाउने कामको जिम्माले नै स्पष्ट हुन्छ उनको पार्टीमा कति हैसियत रहेछ भन्ने । स्थायी कमिटी बैठक सुरु हुन अघि नै प्रधानमन्त्रि केपी ओलीलाई उनी निकट नेताहरुले सामुहिक भेट गरी कार्यशैली सुधार्न आग्रह समेत गरेका थिए । अर्का अध्यक्ष प्रचण्डलाई समेत विश्वासमा लिएर अगाडी बढ्नु पर्ने समेत ती नेताहरुले प्रधानमन्त्रिलाई सुझाव दिएका थिए तर प्रधानमन्त्रि केपी ओलीको दुवै पद नछोड्ने अडान रहेको हुनाले उनले साथीहरुको कुरालाई खासै महत्व दिएनन् । ओली निकट नेताहरुको कुरा सुने र प्रधानमन्त्रीले दुई पद मध्ये एक पद अर्का अध्यक्ष प्रचण्डलाई दिई वातावरण सहज गरी सरकार र पार्टी संचालन गर्नु नै आजको आवश्यकता हुनेछ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |