Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सफा पानी अन्त जाने, फोहोर पानी हामीले खाने पानी नै छैन, कुन पानीले हात धुने ?

प्रभातफेरी अनलाइन ६४०१ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (५ साल अघि)
सफा पानी अन्त जाने, फोहोर पानी हामीले खाने पानी नै छैन, कुन पानीले हात धुने ?

पनौती/खानेपानी संस्थानको चरम लापरवाही विरुद्ध पनौती बजारका उपभोक्ताहरु बाध्य भई नगरपालिका घेराउ गर्न पुगेका थिए । गत आइतबार “सफा खानेपानी अन्त जाने, फोहोर पानी हामीले खाने” भन्दै पनौती नगरपालिका घेर्न आइपुगेका पनौती नगरपालिका वडा नं. ७ पनौती बजारका महिलाहरुले नगरपालिका सामु ज्ञापन पत्र बुझाएका छन् । हलि नेवाः गुथी पँलाती, मिसा कचाको नेतृत्व र विभिन्न १४ वटा संस्थाको संयुक्त आयोजनामा नेतृ समिता श्रेष्ठ स्याउलाका अनुसार खानेपानी संस्थानको चरम लापरवाहीका विरुद्ध बाध्य भएर यो अवस्थामा आउनुपरेको बताउनुभएको थियो ।

ज्ञापन पत्र बुझ्ने क्रममा वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले खानेपानी संस्थानले भोलि बिहानसम्म स्वच्छ पानी व्यवस्थापन नगरेमा नगरपालिकाले ट्यांकरमार्फत् स्वच्छ पानीको व्यवस्थापन गरेर तपाईंहरुको समस्या तत्काललाई सम्बोधन गर्ने वचनबद्धता गरेपछि मात्रै बजारका उपभोक्ताहरुले आफ्नो आक्रोशलाई शान्त पारेका थिए ।

सोही कार्यक्रम अन्तर्गत आफ्ना समस्याहरुलाई लिपिबद्ध गर्दै ज्ञापन पत्रमार्फत् नगरपालिकाको ध्यानाकर्षण गर्ने क्रममा जनस्वास्थ्यमाथि सरोकारवाला निकायहरुले खेलवाड गरेको हुँदा तत्काल उक्त कमजोरीलाई नऔंल्याउन अनुरोध गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्न आग्रह गरेको व्यहोरा ज्ञापन पत्रमा उल्लेख गरेको छ । यदि ज्ञापन पत्रलाई कमजोरीका रुपमा लिएमा त्यसबाट निस्कन सक्ने गम्भीर परिणामको जिम्मेवार स्वयं नगर नेतृत्वले लिनुपर्ने भन्दै समस्यालाई राजनीतिको हारजितको सवाल नबनाउन समेत उपभोक्ताहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् । ज्ञापन पत्रलाई ग्रहण गर्दै वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले ज्ञापन पत्रलाई सुझावको रुपमा लिएको स्मरण गराउनुभएको थियो ।

स्मरण रहोस्, यो समाचार तयार हुँदा समेत बजारवासीले खानेपानी संस्थानको तर्फबाट वितरण हुने स्वच्छ पानी पाएका छैनन् । नगरपालिका आइपुगेका उपभोक्ताहरुको आक्रोश थियो, हामीलाई कोरोना भाइरसले होइन, दुषित पानीले चाहिँ मार्ने भो । हामीले २÷३ महिना पहिलादेखि समस्याको बारेमा खानेपानी संस्थानलाई झक्झक्याएका थियौं तर हाम्रो स्वास्थ्यमाथि खेलवाड गरियो । हामीसँग पानी नै छैन भने कुन पानीले हात धुने ? भन्दै प्रश्न गरिरहेका थिए ।

यता वडा नं. ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार सो सम्बन्धमा सम्बन्धित निकाय र नगरपालिकालाई पटकपटक अवगत गराउँदा पनि चासो नदिएकै कारण यो समस्या सिर्जना भएको बताउनुभएको छ । खानेपानीसँग सम्बन्धित प्राविधिकहरुको सल्लाहअनुसार अहिले पाइप लाइन जोडेको स्थानभन्दा २ किलोमिटर माथि लगेर पाइप लाइन राख्ने हो भने कुनै समस्या नै नआउने प्रतिवेदन प्राविधिकहरुले दिइसकेका छन् तर नगर नेतृत्वले उक्त प्रतिवेदनको बारेमा गम्भीर चासो नलिएकै कारण यो अवस्था सिर्जना भएको हो । तत्काल वडा नं. १२ सँग समन्वय गरेर समस्या समाधान गर्नुको साटो उल्टै वडा नं. १२ को नेतृत्व नै समस्या सिर्जना गर्ने अवस्थामा पु¥याउने काम उचित नभएको कर्माचार्यको गुनासो थियो ।

  • कुन पानीले हात धुने ?
  • फोहोर पानी हामीले खाने पानी नै छैन
  • सफा पानी अन्त जाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0