Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शिशुको लागि स्तनपान

प्रभातफेरी अनलाइन ६८७८ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (५ साल अघि)
शिशुको लागि स्तनपान

आर.एल.श्रेष्ठ
आजभोलि आमाले शिशुलाई स्तनपान गरायो भने विभिन्न किसिमका समस्याहरु निम्तिन्छ भन्ने भ्रमको खेती मौलाएको छ । यथार्थ, त्यस्तो होइन । जब आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन, उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन् । शिशु जन्मेदेखि नै आमाको पोषिलो दुध बच्चालाई खुवाउनुपर्छ ।


शिशुलाई स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ । त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पु¥याउनुपर्छ । वैज्ञानिकहरुले स्तनपान गराउन केही आसन अवलम्बन गरेका छन् ।
कार्डल होल्ड पोजिसनमा दूध खुवाउँदा आमा ठाडो गरि कुर्ची वा खाटमा बस्ने र बच्चालाई आफूपट्टि फर्काएर आमाको पाखुराले बच्चाको टाउकोलाई आड दिएर राख्ने । त्यस्तै क्रस कार्डल होल्ड पोजिसनमा बच्चाको टाउकाको पछाडि कानभन्दा अलि तल आमाको हात राखेर बच्चालाई आफूतर्फ फर्काएर स्तनपान गराइन्छ । त्यसैगरी अर्काे पोजिसन भनेको फुटबल होल्ड । यस पोजिसनमा आमा ठाडो आसनमा बसी बच्चालाई जुन दुध खुवाउने हो त्यही साइडको पाखुरामुनि च्यापेर बच्चाको टाउको आफूपट्टि र खुट्टा आफ्नो पछाडिपट्टि फर्काएर स्तनपान गराइन्छ ।
आमा आधा ढल्किएर बच्चालाई आफ्नो पेट वा पाखुराको आड दिएर स्तनपान गराइन्छ भने त्यसलाई लेइड ब्याकर भनिन्छ । आमा बच्चातर्फ पल्टिएर आफ्नो हात बच्चाको टाउकोमा र पाखुराको तल्लो भागले बच्चालाइ आफूतर्फ फर्काएर स्तनपान गराइन्छ । यसरी बस्दा आमालाइ पछाडिबाट तकिया वा अन्य केहीको सपोर्ट दिनुपर्दछ ।
स्तनपान गराउँदा हरेक आमाले स्तनलाई सधै सुख्खा राख्नुपर्छ । स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ । बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ । दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनु पर्छ । दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ । विभिन्न संक्रमण हुनसक्ने हुँदा सकभर बोतलको दुध खुवाउनु हुँदैन । बिना हिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमा पनि स्तनपान गराउनु पर्छ । स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ ।
साथै बच्चालाइ समयमै सबै खोप लगाउनु पर्छ । ६ महिनापछि बच्चालाई आमाको दुधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदा खाना, जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउने जस्ता यी सम्पूर्ण कुराहरुमा ध्यान दिनुपर्छ ।

  • शिशुको लागि स्तनपान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0