Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारकर्मीलाई महासंघको अभिमुखिकरण

प्रभातफेरी अनलाइन ६०३९ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
सञ्चारकर्मीलाई महासंघको अभिमुखिकरण

आर. एल.‌‌ श्रेष्ठ

काठमाडौं/कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम नेपाल पत्रकार महासंघले विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा काठमाडौं उपत्यकामा कार्यरत २ सय जना पत्रकारहरुका लागि कारोना महामारी सम्बन्धी भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।
कोभिड १९ का स्वास्थ्यसँग सम्बन्धित पक्षहरु, वैज्ञानिक पक्ष र यसको रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा अभिमुखिकरण कार्यक्रम गरेको महासंघ केन्द्रले बताएको छ ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत डा. दिपेन्द्र गौतम, डा. मैइका भट्टचन, रोशन नेपालले कोरोना भाइरस संक्रमण हुनसक्ने अवस्था तथा सामाजिक सञ्जालमा आउने भ्रामक हल्ला तथा सञ्चारमाध्यमले प्रकाशन तथा प्रशारण गरिरहेको सूचनाको अवस्थाका बारेमा प्रस्तुती राख्नुभएको थियो ।


अभिमुखिकरणमा विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुले कोरोना भाइरस (कोभिड १९ संक्रमण) रोकथाम तथा समाचार सम्प्रेषण गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका डा. समिर कुमार अधिकारी, विश्व स्वास्थ्य संगठन नेपाल शाखाका अधिकृत डा. राजन रायमाझी, डा. विनोद गुप्ता, राहुल प्रधान, डा. केदार मरहठ्ठा, डा. निराजन भुषाल लगायतका वक्ताहरुले सहभागीहरुबाट आएका कोभिड–१९ संग सम्बन्धित जिज्ञासाहरुको समाधान दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले अभिमुखिकरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोरोना महामारिले सृजना गरेको संकटको घडिमा पत्रकारहरुलाई सुरक्षित भएर कार्यक्षेत्रमा काम गर्न आग्रह गर्नुभएको थियो । उहाँले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि महासंघ प्रतिवद्ध रहेको भन्दै सामुहिक रुपमा आएका चुनौतिलाई सामना गर्दै अघि बढ्नुपर्ने धारणा पनि राख्नुभएको थियो ।
कार्यक्रमका सहजकर्ता एव्म महासंघका केन्द्रीय सचिव प्रकाश थापाले महासंघले जारी गरेको कोरोना निर्देशिका सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै, यस्ता किसिमका अभिमुखिकरण कार्यक्रम पहिलो चरणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशमा गरिएको हो भने अब छिट्टै महासंघका अन्य प्रदेशहरुमा पनि गरिने जसबाट झण्डै ८ सय पत्रकार लाभान्वित हुने बताउनुभएको थियो ।

महिला पत्रकारको सुरक्षा र भूमिका विषयक अन्तरकृया

नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिको आयोजनामा “कोरोना महामारीमा महिला पत्रकारको सुरक्षा र भूमिका” विषयमा भर्र्चुअल अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उक्त अन्तक्र्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जस्तोसुकै परिस्थितिमा पेशाबाट विचलित नहुन आग्रह गर्नुभएको थियो । उहाँले पत्रकारको समस्यालाई संस्थागत रुपमा हल गर्ने भन्दै जोखिममा रहेका समुदायको आवाजलाई उजागर गर्नु पहिलो आवश्यकता रहेको बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा महिला समिति संयोजक लक्ष्मी पुनले कोरोना महामारीको हालको अवस्थामा महिला पत्रकारको अवस्था र पेशागत सुरक्षाका बारेमा कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । उहाँले नेपाल पत्रकार महासंघ प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसियट शाखा उपाध्यक्षहरुलाई समेटेर कोरोनाको समयमा महिला पत्रकारको मानसिक तथा शारिरिक स्वास्थ्य महत्वपूर्ण भएको बताउँदै यो विषयमा चर्चा गरिएको उल्लेख गर्नुभएको थियो ।
महासंघका अर्का केन्द्रीय सचिव प्रकाश थापाले कोरोना महामारीलाई जितेर अगाडी बढ्न सबै महिला पत्रकार आम नागरिक भन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले कोरोना संक्रमणबाट बेच्ने उपाएका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
यस्तै, मानसिक स्वास्थ्य परामर्श विद् डा. करुणा कुवँरले कोरोना कालमा मानसिक स्वास्थ्यका लागि सचेत रहन आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङले बैकल्पिक आयआर्जनका बारेमा बैंकहरुले ल्याएको नयाँ योजना बारेमा पनि जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रदेश समिति तथा जिल्ला शाखाका उपाध्यक्षहरुले आफ्नो प्रदेश तथा जिल्लामा कोरोना माहामारीका कारण उत्पन्न समस्याका बारेमा रिपोटिङ गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0