Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेरोजगारहरुको आश्रय केन्द्र बन्दैछ ः धु.उ.वा.

प्रभातफेरी अनलाइन ७०५० पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ६, मंगलबार (५ साल अघि)
बेरोजगारहरुको आश्रय केन्द्र बन्दैछ ः धु.उ.वा.

धुलिखेल/कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र लकडाउनले अस्तव्यस्त हुन पुगेको अस्थिर अवस्थामा सामाजिक दूरी कायम गर्दै बेरोजगार महिला तथा गृहिणीहरुका लागि अति आवश्यकीय सीप धुलिखेल उद्योग वाणिज्य संघ उपलब्ध गराएको संघका अध्यक्ष मञ्जुकुमार कोजूले बताउनुभएको छ ।
लकडाउनको अवधिमा अति आवश्यक पर्ने मास्क र पिपिई सेट तयार गरेर सम्बन्धित निकायमा पु¥याउने दायित्व धुलिखेल उद्योग वाणिज्य संघको काँधमा आएको र सो दायित्व पूरा गर्न पाएकोमा आफूहरु गौरवान्वित भएका अध्यक्ष कोजूको तर्क थियो । सोमबार उद्योग वाणिज्य संघकै परिसरमा भेटिएका अध्यक्ष कोजूको थप कथन थियो– लकडाउनका सुरुका दिनमा राहत बाँड्ने काममा खटियो तर राहत मात्र सबथोक होइन, आत्मनिर्भर बनाउन कसरी सकिन्छ भनेर लागिप¥यौं । सोहि उद्देश्य अनुरुप धुलिखेल नगरपालिकाभित्र बेरोजगार बसेको महिला तथा गृहिणीहरुलाई सक्षम बनाउनका लागि तालिमको व्यवस्था ग¥यौं । तत्पश्चात् काम गर्न चाहनेहरुका लागि कच्चा पदार्थ उद्योग वाणिज्य संघले नै उपलब्ध गराउने र बजार व्यवस्थापनको जिम्मेवारी पनि संघले नै लिएपश्चात् अधिकांश तालिम प्राप्त दक्ष जनशक्तिको आश्रय स्थल वाणिज्य संघ नै हुन पुग्यो । भन्नुपर्दा, बेरोजगारहरुको आश्रयस्थल धुलिखेल उद्योग वाणिज्य संघ भयो भन्दा फरक पर्दैन भन्नुहुन्छ अध्यक्ष कोजू ।
धुलिखेल उद्योग वाणिज्य संघको जुन प्रयास छ, त्यसले संकटको अवस्थामा सार्थक रुप लिएको पुष्टि हुन्छ । अहिले धुलिखेल अस्पताललाई जति पनि मास्क र पिपिई सेट आवश्यक पर्छ, त्यो सबै तिनै तालिम प्राप्त स्वरोजगारहरुले उपलब्ध गराएका छन् । जसको कारण श्रमिकहरुमा उर्जा थपिएको छ । अतितका दिनमा पनि तालिम प्राप्त दक्ष जनशक्तिहरुले सेनेटरी प्याड उत्पादन गरेर जिल्लाका विभिन्न स्कूलमा अध्ययनरत छात्राहरुमाझ उद्योग वाणिज्य संघले पु¥याएको थियो । आफ्नो सीपलाई उपयोग गरेका जनशक्तिले आज आएर अति महत्वपूर्ण लक्ष्य हासिल गरेका छन् । त्यसले धुलिखेल उद्योग वाणिज्य संघ आफ्नो क्षेत्रभित्र आइपर्ने कुनै पनि समस्याको समाधानको लागि सारथी भएर आउने विश्वास व्यक्त गर्नुहुन्छ अध्यक्ष कोजू ।
यस्तै तालिम पश्चात् स्वरोजगारमा समर्पित प्रशिक्षार्थी यशोदा श्रेष्ठको कथन छ– खेर गएको समयलाई उपयोग गर्दै घर चलाउनको लागि सहयोग मिलेको छ । थोरै समय बचाएर पनि केही गर्न सकिँदो रहेछ भन्ने पाठ यो सीपबाट सिकेका छौं । तालिम लिने त धेरै हुन्छन् तर तालिमलाई उपयोग गर्ने सीमित मात्र भेटिन्छन् । धुलिखेल उद्योग वाणिज्य संघले त्यस्तो प्याकेज ल्यायो, जसले तालिममा सहभागी सबैलाई आकर्षित मात्र गरेन आश्रयसम्म दियो । भन्नैपर्दा, लकडाउनको हाम्रो सारथी नै धुलिखेल उद्योग वाणिज्य संघ बन्यो । खाजादेखि लिएर सामाजिक दूरी सँगसँगै श्रमिकहरुको परीक्षण समेत उद्योग वाणिज्य संघ आफैंले गरेको छ । बिहान घरधन्दा सकेर नानीबाबुलाई स्कूल पु¥याउँछौं, त्यसपछि यहाँ काम गर्छाैं, स्कूल छुटेपछि नानीबाबुसँगै घर जान्छौं । एवं रितले हाम्रो दैनिकी चलिरहेको छ । हामी सामान्य श्रम खर्चिरहेका छौं । यसले हाम्रो दैनिक खर्चलाई राम्रो सहयोग पुगेको छ । यस किसिमको प्याकेज अन्य नगरपालिकाहरुले पनि सञ्चालन गरेको खण्डमा हामीजस्तै गृहिणी महिलाहरुको जीविकोपार्जनको लागि सहज हुने थियो । जसबाट सिंगो परिवारमा आमूल परिवर्तन महसुस गर्नसक्ने थियौं भन्नुहुन्छ प्रशिक्षार्थी श्रेष्ठ । उहाँको थप कथन थियो– जुन किसिमको अवसर धुलिखेल उद्योग वाणिज्य संघले दियो, त्यसका लागि सम्मान गर्ने शब्द नै हामी प्रशिक्षार्थीहरुसँग छैन । कहिले १८, कहिले २०, कहिले १५, कहिले ५ पनि हुन्छौं । यसरी जुटेका हामीले सालाखाला दैनिक रुपमा २ सय ४० देखि ३ सय थानसम्म मास्क र एक सय ५० देखि ६० सम्म पिपिई सेट तयार गरेर संघलाई दिने गरेका छौं । यसबाट संघको लगानी त उठ्छ, उठ्दैन थाहा भएन तर हाम्रो जीवनशैलीमा भने पक्कै पनि परिवर्तन भएको छ ।
उक्त अभियानलाई धुलिखेल उद्योग वाणिज्य संघ, काठमाडौं विश्व विद्यालय, धुलिखेल अस्पताल र रोटरी क्लब अफ धुलिखेलको संयुक्त सहकार्यमा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई स्वरोजगार प्रदान गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0