Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोजगारीका नाममा खोली बगरको बास !

प्रभातफेरी अनलाइन ६५४४ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ११, मंगलबार (५ साल अघि)
रोजगारीका नाममा खोली बगरको बास !

पछिल्लो समय कोरोना भाइरसले गर्दा वैदेशिक रोजगार गुमेका कारण आफ्नो साहारा गिट्टि, ढुंगा र बालुवालाई लिएका छन् ।
मुलुकका अधिकांश गाउँपालिका, नगरपालिका लगायतका क्षेत्रमा यो समस्याको रुपमा देखिएको छ । विशेष गरी यो समस्यामा भारत गएर गुजारा टार्नेहरु नै निशाना बनेका छन् । अहिले ति पिडितहरु यो पेशालाई प्राथमिकतामा राखेर जीविकोपार्जन गरिरहेका छन् भन्नुहुन्छ डडेल्धुरा पोखरा निवासी महिला स्वास्थ्य स्वयंसेविका प्रियंका भाट । आफू प्रत्येक पिडितहरुको पिडाहरुमा सँगसँगै रहेका कारण पनि यो समस्यालाई नजिकैबाट पढ्ने मौका मिलेको उहाँको तर्क छ । सरकारले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सहुलियत ढंगबाट लगानी गर्ने भनिएता पनि उनीहरुले कुनै सुविधा नपाएका कारण नदी, किनारमा हजारौंको संख्यामा मजदुरी गरेर पेट पाल्नेहरु भेटिएका छन् भन्नुहुन्छ स्वयंसेविका भाट ।
विशेष गरी सूदुरपश्चिम र मध्य पश्चिमका हजारौं हजार श्रमिकहरु श्रमको खोजीमा भारत निर्भर पर्दै आएका छन् । कोभिड–१९ का कारण यसरी भारतमा रोजगारीका लागि गएका श्रमिकहरु बाध्य भएर स्वदेश फर्किएका छन् । उनीहरुका लागि सरकारको तर्फबाट उपयुक्त निकास दिन नसक्दा कति श्रमिकहरु त बाध्य भएर फेरि भारतै तर्फ मरे मरियोस् भन्दै लागे । बाँकी रहेकाहरु पनि घर न घाटका हुने अवस्था आएको यो गम्भीर स्थितिमा स्थानीय सरकारले ति पिडितहरुका लागि केही गरोस् भन्ने अपेक्षा रहेको स्वयंसेविका भाटले संवादमा बताउनुभएको छ । उहाँ थप्नुहुन्छ–पछिल्लो समय यो समस्या सूदुरपश्चिम र मध्य पश्चिम मात्र नभई सिंगो मुलुकमै जर्जर बन्दै आएको छ । यो गम्भीर अवस्थाका बारेमा हिजो राहत बोकेर टोलटोल दौडिनेहरु आज कहाँ छन् ? खोजीको विषय भएको छ भन्नुहुन्छ स्वयंसेविका भाट ।
यसरी बेरोजगारहरुको आश्रयस्थल बनेको नदी किनारा जसको आम्दानीले बालबच्चा, परिवार धान्न हम्मेहम्मे भएको छ । हिजो भारतमा मासिक बिसौं हजारको जागिर थियो, के गर्ने कोरोनाले सबै खोसिदियो । अहिले यहि इन्द्रावतीकै बगर रुग्नु परेको छ भन्छन् श्रमिक इन्द्र दनुवार । अब रुगाई पनि लामो होला जस्तो छैन । किनकी मेसिन नै नदीमा ल्याएर नदीजन्य वस्तु लोड गर्छन् । यसले हाम्रो पेशालाई धरासायी बनाइसकेको छ । यो अवस्थामा यो पेशा पनि धेरै दिन टिक्ला जस्तो लाग्दैन । आफ्नो भन्दा नि बालबच्चाको चिन्ता बढेको छ । ४÷४ जनाको सन्तान पाल्न त सकसै भएको छ सर भन्न पुग्छन् दनुवार ।
त्यस्तै दुखेसो आइपुग्छन् भीमटार निवासी माईलो दमाईको गुनासो छ– नदीमा मेसिन प्रयोग नगरिदिए हामीलाई राहत हुने थियो । नत्र हाम्रो रोजगारी मात्र गुम्दैन, बालबालिकाको मुखमा माड पनि लाग्दैन । त्यसैले हाम्रो रोजगारी गुम्ने निश्चित देखेका छौं । यसले हाम्रो मात्र नभई हाम्रा बालबालिकाको भविष्य पनि अनिश्चित भएको छ । यसतर्फ सरोकारवाला निकायले चासो दिए हुने थियो दमाईले दुखेसो पोखे ।
यो अवस्थामा नदीजन्यको उपयोगबाट को कतिले गुजारा चलाइरहेका छन् भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँहरु देखिएता पनि समस्त मजदुरहरुको विकराल समस्याको प्रतिबिम्ब हुन् यि वाक्यांशहरु । जसले नदीजन्य वस्तुको दोहनमा अहम् भूमिका निभाएका छन् उनीहरुले सोच्नु अवश्य पर्छ । ति प्रतिनिधि पात्रका अभिव्यक्तिलाई साथ लिने हो भने भू–धरातल मात्र नभई त्यसमा आश्रित हुने परिवारहरुको लामै लिष्ट संकटग्रस्त अवस्थामा हुनेछ । यो अवस्था आएको खण्डमा राज्यबाट सञ्चालित कयौं महत्वाकांक्षी योजनाहरुमाथि धक्का नलाग्ला भन्न सकिन्नँ । त्यसैले यस सम्बन्धी सरोकारवाला पक्षको ध्यान जान जरुरी छ । तसर्थ, नदीजन्य वस्तुको दोहनले निम्त्याउने संकटका बारेमा सचेत हुनु आजको पहिलो आवश्यकता देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0