Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेकपा कुनै पनि हालतमा फुट्दैन- इन्चार्ज शाक्य, सन्दर्भ – उज्ज्वल लामाको श्रद्धाञ्जली सभा

प्रभातफेरी अनलाइन ६६५७ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ११, बिहिबार (५ साल अघि)
नेकपा कुनै पनि हालतमा फुट्दैन- इन्चार्ज शाक्य, सन्दर्भ – उज्ज्वल लामाको श्रद्धाञ्जली सभा

रोशी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला सदस्य उज्ज्ल लामाको निधन भएको १३ औं दिनको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपा कुनै पनि हालतमा फुट्दैन, निकै कठिनहरु झेलेर बनेको पार्टी हो भन्नुहुँदै कम्युनिष्ट आन्दोलनमा लामाको निधनले पार्टीले ठूलो क्षति पु¥याएको बताउनुभएको छ । दिवंगत लामाको जन्मथलोमै आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा इन्चार्ज शाक्यले उक्त भनाइ राख्नुभएको हो ।

सोमबार आयोजित श्रद्धाञ्जली सभामा इन्चार्ज शाक्यले हाम्रो पार्टीलाई क. उज्वलको निधनले निकै ठूलो क्षति भएको छ । शाक्यले भन्नुहुँदै उहाँको मृत्यु भएपनि स्व. लामाले गर्नुभएको असल कामहरु हाम्रा मनभित्र रहनुपर्छ । त्यो नै सिंगो पार्टीको ढुकढुकी भएर बाँचिरहनेछ ।

सम्बोधनकै क्रममा अहिले पार्टी अप्ठ्यारोमा परेको बताउँदै पार्टीलाई बलियो बनाउन पार्टीभित्र बहस आवश्यक भएको बताउनुभएको थियो । यतिखेर पार्टी अप्ठ्यारोमा छ । पार्टीलाई बलियो बनाउन बहस चलिरहेको छ । पार्टी इन्चार्ज शाक्यले थप्नुभयो– नेकपा कुनै पनि हालतमा फुट्दैन, निकै कठिनहरु झेलेर बनेको पार्टी हो । बलिदान, जेलनेल खाएर निर्माण भएको पार्टी हो ।

कार्यक्रममा नेकपा वागमती प्रदेशका सचिवालय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले पार्टीको मूल मर्ममा उज्ज्वल कमरेडको निधनले ठूलो धक्का पुगेको बताउनुभएको छ । जिवित हुनेहरुले असल अर्थमा श्रद्धाञ्जली अर्पण गर्ने हो भने दिवंगत उज्ज्वलले छोडेर गएको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरि कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा संघीय सांसद गंगाबहादुर दोङ्ग, (बमध्वज), नेकपा वागमती कमिटी सचिवालय सदस्य तथा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथा गौतम (प्रयास), पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईं, सचिव टोकबादुर वाईबा, संविधान सभा सदस्य तथा वागमती प्रदेश कमिटि सदस्य रामहरि सुवेदी, वागमती प्रदेश कमिटि सदस्यहरु तेजबहादुर मिजार, इन्द्रबहादुर थिङ, मिमबहादुर तामाङ, प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद लक्ष्मण लम्साल, प्रदेश सांसदद्वय रत्न ढकाल, चन्द्र लामा लगायतले दिवंगत लामाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

काभ्रेली कम्युनिष्ट आन्दोलनमा निक्कै ठूलो योगदान रहेको युवा नेता उज्ज्वल लामा काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ६, साविक सिपाली चिलाउने गाविस वडा नंं २ मा बुबा गुञ्जमान लामा र आमा म्हेन्दोमाया लामाको कोखबाट २०३४ साल कार्तिक १५ गते जन्मिएका थिए । लामा २०४७ सालमा तत्कालीन अ.ने.रा.स्व.वि.यू. (छैठौं) मा आबद्ध भई तत्कालीन नेकपा (चौ.मा) बाट राजनीतिक जीवन शुरु गरेका थिए । २०५४ सालमा नेकपा (एकता–केन्द्र–मशाल) को सदस्यता प्राप्त गरी २०६५ सालमा एकीकृत नेकपा (माओवादी) को जिल्ला सदस्य हुँदै नेकपा माओवादी केन्द्रको केन्द्रिय महाधिवेशन आयोजक कमिटिको सदस्य समेत भएका थिए । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य समेत रहेको कार्यक्रममा जानकारी गराइएको थियो । उनको परिवारमा श्रीमती शान्ति लामा, २ छोरा उशान र प्रशान, आमा र बुबा रहेका छन् ।

 

  • नेकपा कुनै पनि हालतमा फुट्दैन- इन्चार्ज शाक्य
  • सन्दर्भ - उज्ज्वल लामाको श्रद्धाञ्जली सभा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0