Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भूगोलकै प्रतिनिधित्व गर्दैछ रोशी ः अध्यक्ष डिबी

प्रभातफेरी अनलाइन ७०९७ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
भूगोलकै प्रतिनिधित्व गर्दैछ रोशी ः अध्यक्ष डिबी

सिर्जना तामाङ

कटुञ्जे । अस्थायी संरचनाको शुभारम्भ गरेको एक हप्ता नपुग्दै स्थायी संरचनाको शिलान्यास गर्न खहरेपाँगु आइपुगेका रोशी गाउँपालिकाका अध्यक्ष दिलबहादुर मोक्तान (डिबी लामा) ले उक्त भनाइ राख्नुभएको हो ।
एक हप्ता अगाडि कोभिड अस्पतालको शुभारम्भ गरिएको उक्त स्थानमा सोमबार स्थायी रोशी अस्पतालको नामाकरण दिएर शिलान्यास गर्न पाउँदा स्थानीय मात्र नभएर आफूमा समेत उर्जा चलायमान हुन पुगेको अध्यक्ष लामाको जिकिर थियो । रोशी अस्पताल भवन बन्ने भनेको यो क्षेत्रका जनताले समयमा सिटामोल पाउनु हो । यो रोशीको मात्र आवश्यकता थिएन, सिंगो भूगोलको आवश्यकता थियो । ठूलो संघर्ष पश्चात् यसले आज मूर्त रुप लिन आइपुगेको छ । यसलाई पूरा गर्ने दायित्व गाउँपालिका सँगसँगै यो भूगोलवासीको समेत रहेको अध्यक्ष लामाको तर्क थियो । हामीले यो अस्पताल यहाँ स्थापना गर्ने सवालमा निकै उतारचढाव झेल्यौं । राजनीतिक दल त्यो बेला मात्र सक्रिय हुन्छ, जतिबेला चुनाव हुन्छ । विकास निर्माणमा हामी जनप्रतिनिधि जनताका साझा सम्पत्ति हौं । यहाँ कुनै दल विशेषको अर्थ रहन्न, रहन्छ त समृद्ध रोशी निर्माणमा समर्पित हुने चाहना रहन्छ । त्यसैले नीतिसंगत ढंगबाट हेर्ने हो भने यो रोशी गाउँपालिकाको लागि व्यवहारिक नहुन सक्ला तर भूगोलको हिसाबले अत्यन्तै उपयुक्त स्थान रहेको स्मरण गराउनुभएको थियो ।
कार्यक्रममा रोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गणेश लामाको तर्क थियो– नागरिकहरुको स्वास्थ्यको अवस्था कस्तो भन्ने बारेमा अवगत गराइराख्नु पर्छ जस्तो लाग्दैन । यहाँ कति आमा, दिदीबहिनीहरुले सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाउनुपरेको उदाहरण हाम्रा अगाडि छर्लङ्ग छ । त्यसैले पनि यो अस्पताल निर्माण गर्ने दायित्व यस भूगोलका प्रत्येक नागरिकसँग जोडिन्छ । यस अस्पताल निर्माण पश्चात् रोशी गाउँपालिका लगायत बेथानचोक, महाभारत, खानीखोला गाउँपालिकाका हजारौं नागरिकहरुले लाभान्वित हुने अवसर प्राप्त गर्नेछन् । हाललाई गाउँपालिकाको स्वामित्वमा रहेको २५ रोपनी जग्गामा यस अस्पतालको स्वामित्व कायम गरी निर्माण अगाडि लगिनेछ ।
कार्यक्रममा उपप्रमुख लक्ष्मीकुमारी बर्ताैला, प्रमुख प्रशासकीय अधिकृत डमरु दाहाल लगायत वडा प्रतिनिधिहरुले अस्पतालको बारेमा चर्चा, परिचर्चा गर्नुभएको थियो । १० शैयाको अस्पतालको निर्माण लागत करिब एक करोड ८३ लाखमा गाउँपालिकाले जनाएको छ । विशेष गरी यो अस्पतालमा स्त्री रोग, सामान्य शल्यक्रिया लगायतको सुविधा स्थानीयले पाउनेछन् । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष श्रीदास लामाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गणेशबहादुर लामाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0