Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चिसोको कारण हुने समस्या र समाधान

प्रभातफेरी अनलाइन ६८१४ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर २४, बुधबार (५ साल अघि)
चिसोको कारण हुने समस्या र समाधान

आर.एल.श्रेष्ठ
यति खेरको समय चिसो बड्ने सयम हो । यस्तो चिसोको समयमा सावधानि अपनाउन नसके स्वास्थ्यमा विभिन्न खालका समस्याहरु हुन सक्छ । जाडो मौसममा केही रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा समस्या हुन् । रोगसंग लड्न प्रतिरोधात्मक शक्ति कम हुनेहरुका लागि चिसो समय घातक पनि हुन सक्दछ । बिशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरुले चिसोको समयमा निकै सावधानी अपनाउन जरुरी रहन्छ । मौसम परिवर्तनको समयमा रुघाखोकी र ज्वरोको समस्या प्रायलाई देखिन्छ । मौसमी समस्याहरु देखिदा कतिपय कोरोनापो होकि भनेर आत्तिेने गरेको पाईन्छ तर रुघा लाग्दैमा आत्तिनु हुदैन तर सावधानी भने अपनाउन जरुरी रहन्छ ।

इन्फ्लुएन्जा भाइरस – हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । छिटो र समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धाहरु यस भाइरसको जोखिम हुन सक्दछ । यस्तो समस्याबाट बच्नको लागि संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिनजति मानिसहरुसँग दूरी कायम राख्नाको साथै घरबाहिर निस्कँदा सतर्कता अपनाउने ।
कोल्ड डायरिया –जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटाभाइरस नामक किटाणुले बढी दुःख दिन्छ । वयस्कहरुमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ । रोटा भाइरस खासगरी ३ वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ । विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण सावित भएको छ । संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्छ । यस्ता समस्याहरुबाट बच्नको लागि सरसफाइमा बिशेष ध्यान दिन जरुरी रहन्छ । सरसफाईमा राम्रोसंग ध्यान दिन सकेमा रोगको प्रकोपबाट बच्न सहज रहन्छ ।
टन्सिल –चिसोको समयमा जटिल समस्याको रुपमा टन्सिलको समस्या देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ । यसबाट बच्नको लागि चिसो मौसममा चिसो पेय पदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन । गर्मीको समयमा जस्तो चिसो पदार्थ सेवन गरे यस्ता समस्याले निरन्तर रुपमा सताई रहन्छ ।
दम –चिसो मौसममा अर्को जटिल समस्याको रुपमा दमबाट पीडित बिरामीहरुलाई समस्या हुने गर्दछ । दम एक प्रकारको एलर्जिको कारण हुने रोग हो । रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिले आक्रमण गर्ने सम्भावना बढी रहन्छ । त्यसैले गर्दा दमका रोगीहरुले चिसोबाट बच्न अति जरुरी रहन्छ । त्यसैगरी दमका रोगीले धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ । नियमित रुपमा खादै गरेको औषधिहरुलाई चिकित्सकको सल्लाह विना औषधिको हेरफेर गर्न अति जरुरी रहन्छ ।
जोर्नीको दुखाइ- चिसोको कारणले गर्दा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् । विषेशगरी वृद्धवृद्धामा जोर्नी दुख्ने समस्या बढी हुन्छ । चिसो बढेको बेला ज्वाइन्ट पेन जसलाई पनि हुन सक्छ । तर बूढाबूढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढी प्रभावित गर्छ । यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने, जोर्नीहरुमा तातो सेकाइको लागि पट्टी या हट ब्यागको प्रयोग गर्नुपर्छ । सामान्य हल्का किसिमको व्यायाम नियमित गर्ने, न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
ज्वरो, रुघाखोकी –जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बूढाबूढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुने भएकोले सतर्कता अपनाउन जरुरी रहन्छ ।
निमोनिया –चिसो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छातीसम्बन्धी रोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा ध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन । तातो न्यानो गरी सुरक्षीत तरिकाले चिसोबाट जोगिने केही समस्या आएमा तत्कालै चिकित्सकसंग सम्पर्क गर्न जरुरी रहन्छ ।
पिनास – चिसैको कारण पिनासले पनि धेरैलाई सताउने गरेको पाईन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ । जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो । यसको अलावा जाडोको समयमा वाफ लिने, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन ।

जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ । उल्लेखित विभिन्न प्रकारको समस्याबाट वच्नको लागि चिसोबाट जोगिन अति आवश्यक रहन्छ । स्वस्थ रहनको लागि शारिरिक व्यायाम आवश्यक रहन्छ । तर चिसो मौसममा शारिरिक व्यायामहरु गर्दा पनि चिसोबाट जोगिन अति आवश्यक रहन्छ । विहानिको मर्निङ्कवाक गर्दा चिसोबाट जोगिनु पर्छ, विहानको समयमा सित बर्षिने भएकोले त्यो सितले गर्दा समस्या हुने भएकोले मर्निङ्ग वाल्क गर्दा निकै सावधानि अपनाउन जरुरी रहन्छ । चिसोको मौसममा शारिरिक व्यायाम गर्दा घरैमा वसेर चिसोबाट जोगिएर पनि गर्न सकिन्छ ।

  • चिसोको कारण हुने समस्या र समाधान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

    क्यान्सर रोक्न सकिन्छ मात्रै सचेतनाको आवश्यकता छ : संस्थापक सत्याल

  • रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

    रेडक्रस काभ्रे जिल्ला शाखाद्वारा अक्षकोष स्थापनाको तयारी

  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0