Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असंवैधानिक कदमका विरुद्ध नेकपा काभ्रेको सशक्त प्रतिरोध

प्रभातफेरी अनलाइन ५४९४ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ १३, मंगलबार (५ साल अघि)
असंवैधानिक कदमका विरुद्ध नेकपा काभ्रेको सशक्त प्रतिरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालिन नेता प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक कदम सच्याउनका लागि दबाब स्वरुप गत शुक्रबार काठमाडौं केन्द्रित आन्दोलनमा नेकपा काभ्रेले आफ्नो उपस्थितिलाई दरो रुपमा प्रस्तुत गर्न सफल भएको नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईंले बताउनुभएको छ ।
केन्द्रको निर्देशनअनुसार उपत्यका केन्द्रित कार्यक्रममा काभ्रेबाट जुन किसिमको सहभागिता रह्यो, कम्युनिष्ट आन्दोलनका लागि अनुकरणीय योगदानका रुपमा काभ्रेली जनताप्रति नेकपा काभ्रे आभार व्यक्त गर्दछ भन्नुभएको छ । संवादमा अध्यक्ष चौलागाईंले स्वतस्फूर्त रुपमा उत्साहपूर्ण सहभागिता जनाएर असंवैधानिक कदमका बारेमा खरो रुपमा काभ्रेले आफूलाई उभ्याउन सफल भएको बताउनुभएको छ । त्यसैगरी चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष एवं नेकपाका नेता दिननाथ गौतमको कथन थियो– प्रधानमन्त्री ओलिले कम्युनिष्ट आचरणमाथि नै प्रश्न चिह्न खडा गरेर इतिहासमा कहिल्यै नमेटिने टुस लगाउनुभएको छ । उहाँले चालेको असंवैधानिक कदमले इतिहासमा कालो दिनको रुपमा पौष ५ लाई लिनुपर्ने भएको छ । जसका विरुद्ध आज काभ्रेलीको जुन किसिमको उपत्यका केन्द्रित सहभागिता छ, त्यसले काभ्रेमा नेपाल कम्युनिष्ट पार्टीमा कुनै किसिमको घुन पुतली लाग्नेछैन भन्ने दरिलो प्रमाणको रुपमा आएको आफूले महसुस गरेको बताउनुभएको छ ।
यसै सेरोफेरोमा जब कालो दिनको रुपमा पौष ५ उदायो, त्यसपछि जिल्ला, बस्तीहरु राजनीतिक चहलपहलमा चलमलाए । जसअन्तर्गत मत लिएको ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा नपुगेका नेताहरु पनि पलपलमा झुल्किन थाल्यो । यसै विषयलाई लिएर नेकपा काभे्रको स्थितिका बारेमा कोर्ने जमर्काे गरिएको छ । आधिकारिक रुपमा स्पष्ट खाका नआएता पनि अनुमानित रुपमा काभ्रेको अवस्थालाई चित्रण गर्ने जमर्काे गरेका छौं ।


प्रधानमन्त्री ओलिले संसद बिघटन गरेसंगै पार्टी दुई खेमामा विभाजन भएपछि देशैभर त्यसको असर परेको प्रष्ट रुपमा देखिन्छ । नेकपाका नेताहरु अहिले दुई गुटमा विभाजन भएर तँछाड र मछाड गर्दै संगठन विस्तारका नाउँमा बस्ती–बस्ती चहारिरहेका छन् । हुने नहुने आश्वासनले कार्यकर्ताहरुलाई भुंग्रोमा भुटिरहेका छन् । यसले भविष्यमा पार्ने नकारात्मक असरका बारेमा नेतृत्वले पटक्कै सोच्न सकेको पाइँदैन । सामान्य भोटर पनि नभएको व्यक्ति अहिले केन्द्रीय नेताको रुपमा आफ्नो पहिचान पाएर मख्ख छन् तर त्यसले पार्ने दीर्घकालिन असरका बारेमा अनुत्तरित भएर आउनुले कम्युनिष्ट आन्दोलनले अपूर्णनीय क्षति हुनसक्ने राजनीतिक विश्लेषकहरुले गरेका छन् ।
सोही क्रममा काभ्रेमा चरम रुपमा कित्ता छुट्टिने र छुट्याउने काम भएको छ । सोही अनुसार नेकपाका नेता तथा जनप्रतिनिधिहरूले आफ्नो कित्ता प्रष्ट पारेका छन् । थोरै जनप्रतिनिधिहरु भने द्वयत्त अवस्थामा देखिएका छन् । त्यसमध्ये केहिले आफूलाई राजनीतिकप्रति वितृष्णा पैदा भएको भन्दै स्वतन्त्र रुपमा रहने अभिव्यक्ति दिएका छन् । काभ्रेमा भएको दुई निर्वाचन क्षेत्रमा विघटित प्रतिनिधिसभाका प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुमध्ये क्षेत्र नम्बर १ का गंगाबहादुर तामाङ प्रचण्ड—माधव पक्षमा लागेका छन् भने पूर्व सञ्चार तथा सहरी विकासमन्त्री तथा क्षेत्र नम्बर २ का गोकुल बाँस्कोटा ओली पक्षमा छन् । नेकपा एकता हुनुअघि गंगावहादुर पूर्व माओवादी पक्षका हुन् । विघटित प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व गर्ने अनेरास्ववियुकी पूर्व अध्यक्षसमेत रहेकी नेता नविना लामा पनि ओली पक्षमा रहेको स्रोतको दाबी छ ।
काभ्रेबाट निर्वाचित प्रदेशसभा सदस्यहरुमध्ये चन्द्र लामा र गोमा भूर्तेल ओली पक्षमा देखिएका छन् भने प्रदेश सांसद बसुन्धरा हुमागाईं, रत्न ढकाल, लक्ष्मण लम्साल प्रचण्ड—माधव पक्षमा खुलेर लागेको देखिन्छ । यि मध्ये सांसद हुमागाईं पहिले ओली पक्षका भएको तर्क सार्वजनिक भएको थियो । रत्न ढकाल पूर्व माओवादी हुन् भने लक्ष्मण लम्साल पूर्व एमालेमा माधव नेपाल गुटका भएको बुझिन्छ ।
त्यसैगरी स्थानीय सत्तामा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ स्थानीय तह रहेकोमा तिमध्ये गत स्थानीय तहको निर्वाचनमा पाँचखाल नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाट टिकट प्राप्त गरी निर्वाचित जनप्रतिनिधिको रुपमा छन् ।

बाँकी ८ स्थानीय तहमा पूर्व एमालेले ६ र पूर्व माओवादीले २ तह जितेका थिए । जसमा चौंरी देउराली र महाभारत गाउँपालिकामा प्रमुख र उपप्रमुख पूर्व माओवादीले जितेको थियो भने धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, भुम्लु गाउँपालिकामा पूर्व एमालेले जितेको थियो ।
पार्टी विभाजित भएसँगै ८ स्थानीय तहमा रहेका अधिकांश नेकपाको प्रमुख र उप–प्रमुखले आफ्नो कित्ता प्रष्ट गरेका छन् । बनेपा नगरपालिकाको मेयर लक्ष्मी नरसिंह वादे र उपमेयर रेखा दाहाल ओली पक्षमा छन् । धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जु र उपमेयर विमला शर्मा चौलागाई ओली पक्षमा छन् । नगरपालिका संघका अध्यक्ष समेत रहेका व्याञ्जु नेकपा काभ्रेको अध्यक्ष हुन् ।
पनौती नगरपालिकाका मेयर भीम न्यौपाने र उपमेयर गीता बन्जारा पनि ओली पक्षमा छन् । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना ओली पक्षमा छन् भने उपमेयर रामदेवी तामाङ तटस्थ रुपमा देखिउनुभएको छ । उहाँ कुनै पनि पक्षको कार्यक्रम, बैठक तथा भेलामा सहभागी भएको अहिलेसम्म पाइएको छैन । खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलाल र उपाध्यक्ष रूक्मेणी गुरुङ ओली पक्षमै छन् ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबा प्रचण्ड–माधव पक्षमा छन् । उपमेयर निर्मला कुमारी शाही भने ओली पक्षमा हुनुहुन्छ । भुम्लु गाउँपालिकामा अध्यक्ष गुमानध्वज कुँवर र उपाध्यक्ष कल्पना श्रेष्ठ दुवै अहिलेसम्म तटस्थ देखिनुभएको छ । चौंरी देउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष तारा कुमारी चौलागाईं प्रचण्ड–माधव पक्षमा छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र उपाध्यक्ष चेत कुमारी माझी प्रचण्ड–माधव पक्षमा छन् ।
जिल्लाका नेतामध्ये पूर्व सांसद कृष्ण प्रसाद सापकोटा, कमला दोङ, तेजबहादुर मिजार, रेणुका चौलागाई, विदुर सापकोटा, सूर्यमान दोङ प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् भने संविधानसभा सदस्य रामहरि सुवेदी ओली पक्षमा छन् । पूर्व उद्योगराज्यमन्त्री रेशम बहादुर लामा पनि अहिले ओली पक्षमा देखिएका छन् । राप्रपा पूर्व सह–महामन्त्री समेत रहेका लामा ०७४ सालको दोस्रो चरणको प्रतिनिधि सभाको चुनावमा एमाले प्रवेश गरेका थिए । बिगतमा काभ्रेबाटै निर्वाचित भएर मन्त्री बनेका स्थायी कमिटी सदस्य केशव बडाल पनि ओली पक्षमा देखिएका छन् ।
यता वाइसिएलको जिल्ला इन्चार्ज समेत भइसकेका पूर्व माओवादी लडाकु राजकुमार श्रेष्ठ अहिले ओली पक्षमा देखिएका छन् । माओवादी निकट अखिल क्रान्तिकारीको साबिक जिल्ला अध्यक्ष सुन्दर खड्का पनि ओली पक्षमा छन् । यसरी प्रमुख नेतृत्व बिचमा कित्ता छुट्टिएपश्चात् तल्लो तहका कमिटीहरु पनि क्रमशः कित्ता विभाजनको अवस्थमा पुगेको जिल्ला जुझारु युवा नेता विश्वेश्वर बञ्जाराको तर्क छ । उहाँका अनुसार काभ्रेमा ७० प्रतिशतभन्दा माथि प्रचण्ड–माधव समूह रहेको दाबी गरेका छन् । जसको पछिल्लो प्रमाणका रुपमा काभ्रेलीको उत्साहपूर्वक उपत्यका केन्द्रित आन्दोलनमा रहेको उपस्थितिले पुष्टि गर्दछ भन्नुहुन्छ ।
यस किसिमको कित्ताकाटले निष्ठावान् कार्यकर्ताहरुमा आँच पुगेको भने पक्कै हो । आफ्नै साथी भनेर मनका कुरा ढुक्कले खोल्दा त ऊ पराई भइसकेको हुँदो रहेछ । यसले एक किसिमको समस्या सिर्जना गरेको अधिकांश कम्युनिष्ट कार्यकर्ताहरुको गुनासो छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0