Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओलिको चरित्र नांगिएको छ -नेता पाण्डे, प्रतिगामी कदमको सामना गर्न तयार छौं- नेता चौलागाईं

प्रभातफेरी अनलाइन ४७४० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २१, बुधबार (४ साल अघि)
ओलिको चरित्र नांगिएको छ -नेता पाण्डे, प्रतिगामी कदमको सामना गर्न तयार छौं- नेता चौलागाईं

कुन्ता/नेपाल कम्युनिष्ट पार्टी मण्डनदेउपुर नगर कमिटीद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओलिको चरित्र उनको व्यवहारले नांगिएको बताउनुभएको छ ।

झ्यालबाट छिरेर भिरको बाटो हिँडेपछि कसको के लाग्छ ? ओलिलाई सत्ताको बागडोर सम्हाल्न दिनु नै कम्युनिष्ट पार्टीको भुल भएको स्मरण गराउनुहुँदै मकैबारीको पहरेदार बाँदरलाई दिएजस्तै भएको बताउनुभएको छ । ओलि हिजोदेखिकै इतिहास केलाउने हो भने महाभारतमा पाण्डवहरुमाथि कौरवहरुले खेलेको खेलभन्दा फरक छैन । प्रधानमन्त्री ओलि एक नम्बरको जालीझेली भएको इतिहासबाट प्रष्ट बुझ्न सकिन्छ । त्यसैले कोहि कसैले पनि ति भ्रमका खेतीको विश्वास नगर्न पनि प्रमुख अतिथि एवं नेता पाण्डले कार्यक्रममा बताउनुभएको थियो । हिजो पार्टी एकीकरणको क्रममा भए गरेका सहमतीहरु कार्यान्वयन गर्नुपर्ने भएकै कारण संसद् विघटन गर्न पुगेको समेत नेता पाण्डेले खुलासा गर्नुभएको थियो ।

देशको बर्बादी गर्ने काम ओलिले गरेको छ । जसको कारण कम्युनिष्ट पार्टीहरुको उद्देश्य समाजवादतर्फका यात्रामा प्रश्न चिन्ह खडा भएको छ । ओलि राजावादीहरुको चक्रब्यूमा फसेको छ । अब त्यो चक्रब्यूबाट उठ्नसक्ने अवस्था छैन । जसले जुन किसिमको कमी कमजोरी गरेर जुन चक्रब्यूमा फसेको छ, त्यसले उसको चरित्र नांगिएको छ । जुन किसिमको संवैधानिक कु भएको छ, त्यसको पक्षमा वकालत गर्नेहरुको अनुहार एकपटक हे¥यौं भने ओलि कहाँ गएर फसेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । त्यसैले हामीले थप आलोचना गरिराख्नु पर्दैन । ओलिका पक्षमा वकालत गर्ने वकील देखि लिएर सडक तताउनेहरुको नालीबेली केलाउने हो भने अब अरु अभिव्यक्ति राखिराख्न पर्दैन । त्यसैले सारा नेपालीको भावनामाथि कुठाराघात गर्ने ओलिलाई जनमतको कुनै महत्व छैन । तसर्थ, यो असंवैधानिक कु का विरुद्ध प्रत्येक नागरिकले खबरदारी जनाउनुछ । यदि त्यसो गर्न सकेनौं भने केपी ओलिले मुलुकमाथि धावा बोल्नेछन् र प्राप्त सीमित अधिकार पनि खोसिने अवस्थामा पुगेको प्रमुख अतिथि पाण्डेले बताउनुभएको छ ।

प्रतिगमनको सामना गर्न तयार छौं – केन्द्रीय सदस्य चौलागाईं

प्रवास संयोजक एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले केपी ओलिद्वारा चालिएको प्रतिगामी कदमको सामना गरेर छाड्ने उद्घोष गर्नुभएको छ । आफ्नो सम्बोधनका क्रममा ओलि सरकारले कम्युनिष्ट कार्यभारलाई लत्याएर जुन किसिमको गतिविधि गरेको छ, त्यसका विरुद्ध उसका कुनै पनि छेकबारले रोक्न नसक्ने बताउनुभएको छ ।

देशभक्तिपूर्ण आन्दोलनले ति अवरोधहरुलाई चिर्नेछ र समग्र नेपाली भूमि आन्दोलित हुनेछ । जसले सडकबाट सत्ता कब्जा गर्न गरेका आन्दोलनहरु यसका उदाहरणहरु हुन् । जुन किसिमको भ्रम छरेको छ ओलिले ति भ्रमका खेतीहरु धेरै दिन टिक्न सक्ने छैनन् । त्यसको जवाफ सडकबाट दिनेछौं । यो व्यवस्था बचाउन हामी सडकमा आएका हौं, त्यसका लागि नेपाली जनता तयार छ । संविधान सभाबाट बनेको संविधानको संरक्षण गर्न हामी खबरदारी गरिरहेका छौं । जुन खबरदारीमा जनलहर आएको छ, त्यसको आँकलन अधिनायकवाद प्रतिगमनको नाइके ओलिले आँकलन पनि गर्न सक्ने छैन । हामी आफैंभित्रबाट आएको कु पक्षका विरुद्ध आन्दोलनमा छौं भन्नुहुँदै नेता चौलागाईं थप्नुहुन्छ– अहिले सडकमा जुन किसिमको जनसागर देखिएको छ, त्यसका लागि ओलिका झुण्ड केही होइनन् । ति झुण्ड बाहेक सबै सडकमा ओर्लिएका छन् । संविधान बचाउनु छ, सीमित अधिकारहरुको सुरक्षा गर्नुछ, सुशासन कायम गर्नुछ । त्यसका लागि हाम्रो आन्दोलन समर्पित छ । जुन उद्देश्य सहित जनताले मतदान गरेर पठाएका थिए, त्यसलाई कुठाराघात गर्ने काम यो सरकारले गरेको छ । त्यसका विरुद्ध हाम्रो सशक्त आन्दोलन हो यो । जसबाट फेरि जनताका अधिकारहरु सुनिश्चित गर्नेछौं, गरिबका अनुहारमा मुस्कान ल्याउनेछौं, हेपिएकाहरुलाई सम्मान दिनेछौं भन्ने अठोटका साथ आन्दोलनमा आएका छौं । यो म्यादी सरकार ढल्नेछ, बढीमा यसको आयोग १ महिनाभन्दा टाढा जानेछैन भन्ने विश्वास आफूले लिएको धारणा राख्नुहुँदै ओलिको बोलीमा विश्वास गर्नु प्रत्येक नेपालीको भुल हो । जनताको तहबाट माथि उठ्दै असंवैधानिक कदमका विरुद्ध लडौं, खबरदारी गर्नु अपराध हो भने हामी अपराधी नै हुन तयार छौं ।

ओलिको अहम्ताले यो मुलुकलाई गम्भीर दुर्घटनातर्फ निम्त्याउनेछ । सम्भवतः अहम्ताले संकटकाल ननिम्त्याउला भन्न सकिन्नँ । सैनिक शासन लगाएर सत्ता टिकाउने रणनीतिमा ओलि देखिन्छ । त्यसैले पनि न्यायप्रेमी जनसमुदायले त्यसका विरुद्ध आफूलाई सशक्त रुपमा उभ्याउन जरुरी छ । हेक्का रहोस्, ओलिले देशबाट सधैंका लागि संघीयता खोस्दै छ । सर्वाेच्च अदालतमा देखिएका गतिविधिहरुतर्फ इंकित गर्दै नेता चौलागाईंको थप कथन थियो– कसैले मानोस् या नमानोस् अन्तिम न्यायाधिश जनता नै हुन् । जनताको अदालतबाट हुने निर्णय नै अन्तिम हुनेछ । हामी अदालतको सम्मान गर्छाैं, अदालतले जनताको सम्मान गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । अदालतले जनभावनालाई कुल्चिने प्रयत्न ग¥यो भने त्यो उसका लागि चुनौतीपूर्ण हुनसक्छ । तसर्थ, केपी ओलिमार्फत् केही उपादयता चाहेकाहरुले उदण्ड किसिमबाट ओलिलाई प्रयोग गरिरहेका छन् । जसको कारण प्रतिगमन नै यो मुलुकको प्रमुख मुद्दा भएको छ । निरंकुशतालाई जनताले ढाल्छन्, आजसम्मको इतिहासमा सत्ताले जनता हराएको छैन । तसर्थ पनि यो आन्दोलनबाट प्रतिगमन सदाको लागि अन्त्य हुने विश्वास नेता चौलागाईंले राख्नुभएको थियो ।

जनताका माझ माफी माग्न आएका छौं – नेता दोङ

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभा सदस्य एवं पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) ले जनतासँग निर्वाचन ताका गरिएका वाचाहरु पूरा गर्न नपाएकोमा जनताका माझ माफी माग्न आएको बताएका छन् ।

निर्वाचन ताका अस्थिरताको अन्त्य गर्दै स्थिर सरकारका लागि जनता माझ मत माग्दै गर्दा कबुल गरेका वाचाहरु पूरा गर्न नसकेकोमा कार्यक्रममा उपस्थित जनसमुदायबीचमा नेता दोङले आत्म आलोचना गर्दै असंवैधानिक कदमका विरुद्ध सशक्त रुपमा आन्दोलनमा जानुको विकल्प नभएको उद्घोष गर्नुभएको थियो । संविधान संघीय गणतन्त्र र सीमित प्राप्त अधिकारहरुको रक्षाका लागि पनि आन्दोलनको विकल्प नभएको स्मरण गराउनुहुँदै केपी ओलि जस्तो अराजक व्यक्तित्वको कारण यो मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने अवस्था आइपुगेको बताउनुभएको छ । आफ्नै सहयात्रीको हत्याका बारेमा आजसम्म एक शब्द उच्चारण नगर्नुले पनि ओलिको चरित्रका बारेमा धेरै कुराहरु गरिराख्नुपर्ने नभएको बताउँदै मदन भण्डारीको हत्याका बारेमा यति ठूलो शक्तिशाली सरकार हुँदा समेत कुनै कोणबाट उच्चारण नहुनु नै ओलिको नियत प्रष्ट भएको बुझिन्छ भन्नुहुँदै सुशासन, स्थायित्व, समाजवादी व्यवस्थाका लागि सानो अंश पनि प्रयोग नहुनु दुःखद पक्ष रहेको सभालाई स्मरण गराउँदै दुई तिहाइ नजिकको सरकारले जनताका पक्षमा चर्चा गर्न लायक के नै ग¥यो ? भन्दै प्रतिप्रश्न गर्न पछि पर्नु भएन नेता दोङ ।

अतिततर्फ आफूलाई फर्काउँदै २०७० सालमा पराजित भएको तर्फ इंकित गर्दै ७० काभ्रेली नेताहरुको लागि अभिशाप भएको आफूले मनन् गरेको स्मरण गराउनुहुँदै बाँस्कोटाजीलाई पनि ७० अभिशाप भएको चर्चा गर्नुभएको थियो । आलोचना गर्नुस् तर सकारात्मक गर्नुस् । जुन किसिमको तुच्छ अभिव्यक्तिहरु सार्वजनिक गर्नुभएको छ, त्यसले दीर्घकालिन रुपमा पार्ने अवसरका बारेमा पनि सोच्नुस् बाँस्कोटाजी ! तपाईं जस्तो व्यक्तित्वले त्यति तल झरेर आलोचना गर्न सुहाउँछ ? एक पटक अतिततर्फ नियाल्नुस् । जुन हैसियत आज तपाईंले प्राप्त गर्नुभएको छ, त्यसमा जनयुद्धको ठूलो लगानी छ । जुन विद्रोह गर्नु सामान्य थिएन । जुन किसिमबाट प्राप्त गरेको उपलब्धीलाई मास्न खोजिराख्नुभएको छ, त्यसको जर्गेनाको लागि अर्काे विद्रोहको नेतृत्व गर्न आफू तयार रहेको पनि नेता दोङले कार्यक्रममा खुलासा गर्नुभएको थियो । सम्बोधनको अन्त्यमा नेता दोङले गोकुलजीको भ्रममा नपर्न काभ्रेली जनतालाई आव्हान समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेता कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा, जिल्ला अध्यक्ष रुकु चौलागाईं, जिल्ला सचिव टोकबहादुर वाइबा, सांसद लक्ष्मण लम्साल, सांसद बसुन्धरा हुमागाईं, नेता धु्रवप्रसाद पराजुली लगायतका नेतृत्वहरुले सडक आन्दोलन गर्नुपर्नाको औचित्यताबारे प्रष्ट्याउँदै माग २८ गतेको काठमाडौं केन्द्रित आन्दोलनमा आफ्नो सशक्त उपस्थिति जनाउन जनसमुदायहरुलाई आव्हान गर्नुभएको थियो ।

 

  • ओलिको चरित्र नांगिएको छ -नेता पाण्डे
  • प्रतिगामी कदमको सामना गर्न तयार छौं- नेता चौलागाईं
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0