Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धार्मिक स्थलमाथिको आक्रमण क्षम्मे हुन सक्दैन

प्रभातफेरी अनलाइन ७२८९ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
धार्मिक स्थलमाथिको आक्रमण क्षम्मे हुन सक्दैन

पछिल्लो समय मुलुकमा उत्पन्न अस्थिर राजनीतिको कारण विभिन्न किसिमका उत्श्रृंखल घटनाहरुले प्रश्रय पाइरहेको पुष्टि ऐतिहासिक नगरी पनौतीमा रहेको आराध्यदेव पशुपति मन्दिर परिसरमा रहेको ६४ लिङ्गेश्वरमाथिको आक्रमणलाई लिन सकिन्छ ।

यस किसिमको धार्मिक मठ–मन्दिरमाथिको आक्रमण कुनै पनि मूल्यमा क्षम्मे हुन सक्दैन । जुन किसिमको गैर जिम्मेवारीपूर्ण घटना घटेको छ, त्यसले सिंगो धार्मिक आस्थामाथि चोट पु¥याउने काम भएको छ । यस्ता उत्श्रृंखल घटनाहरुले सामाजिक संयमताहरुलाई आँच पु¥याउने काम हुनसक्छ । जसबाट सिर्जना हुने द्वन्द्वहरुले सिंगो मुलुकलाई नै आघात पु¥याउन सक्छ । यसैले यस किसिमका घटनाहरु घटाउने प्रश्रय दिने र घटनामा संलग्नहरुमाथि हदैसम्मको कारवाही गर्नुको विकल्प नरहेको यथार्थ हो ।

सो घटनाबाट उत्पन्न परिस्थितिका बारेमा विभिन्न संघ संस्था, व्यक्तिहरुबाट जुन किसिमका अभिव्यक्तिहरु आएका छन्, त्यसले पनि पुष्टि हुन्छ कि धार्मिक आस्थामाथिको आक्रमण यो समाजका लागि पाच्य छैन । जुन किसिमको घटना घट्यो त्यसले काभ्रेको शान्ति, सुरक्षाको अवस्थालाई प्रश्न चिन्ह उठाएको महसुस जो कोहिले पनि गर्नसक्ने अवस्था सिर्जना गरिदिएको छ ।

उक्त घटनाका बारेमा विश्व हिन्दू महासंघले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार जुन घटना घट्यो, त्यससँग सरोकार रहने कसैलाई पनि क्षम्मे हुने छैन भन्ने आशयले आएको छ । यसले पनि प्रष्ट हुन्छ, धार्मिक आस्था कति महत्वपूर्ण छ । कसैको परम्परा, संस्कृति, संस्कार र आस्थामाथि ठेस पु¥याउँछ भने कोहि पनि चुप लागेर बस्न सक्दैन भन्ने संकेत गरेको छ ।

यो अवस्थामा सम्बन्धित सरोकारवाला निकायले छिटोभन्दा छिटो उक्त घटनासँग सरोकार रहेका अभियुक्तहरुको पहिचान गरी सार्वजनिक गर्नुको विकल्प छैन । अन्यथा, अन्य घटनाहरुजस्तै वर्षाैंसम्म पनि निकास दिन सकेन भने यसबाट निस्कनसक्ने जटिल परिणामको भागिदार सम्बन्धित सरोकारवाला पक्ष हुनेमा दुई मत नरहला ।

तसर्थ, यस घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याई सम्बन्धित अभियुक्तहरुको पहिचान गरी कडाभन्दा कडा कारवाही होस् भन्ने हाम्रो ठम्याई छ । जसले सामाजिक रुपमा शान्ति, सुरक्षा, अमन, चयन कायम हुनुका साथै व्यक्ति, संघ संस्था र राष्ट्रिय महत्व राख्ने धरोहरहरुको सुरक्षाको प्रत्याभूति आजको आवश्यकता महसुस भएको छ ।

अतीतका घटनाक्रमहरुले यस्ता किसिमका घटनाहरु घटिरहनुको पछाडि, घटनामा संलग्नहरुको समयमै पहिचान नहुँदा यस्ता घटनाहरुलाई प्रोत्साहन दिने काम भएकै कारण यो घटना सिर्जना भएको हाम्रो ठम्याइ छ । तसर्थ सुरक्षा निकाय अर्धचेत अवस्थामा नरहोस् भन्ने हाम्रो आग्रह पनि छ ।

 

  • धार्मिक स्थलमाथिको आक्रमण क्षम्मे हुन सक्दैन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0