Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्त्येष्टि निर्माणमा ऐक्यबद्धता छ ः जनप्रतिनिधि

प्रभातफेरी अनलाइन ७०५० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (५ साल अघि)
अन्त्येष्टि निर्माणमा ऐक्यबद्धता छ ः जनप्रतिनिधि

काभ्रे । मानिसको जन्मपछि मृत्यु स्वभाविक रुपमा लिइन्छ । मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि पछिल्लो समय उपयुक्त स्थानको अभावमा मर्कामा पर्नेहरु प्रशस्तै देखिँदै आएका छन् । सोही सम्बन्धमा बनेपा नगरपालिका वडा नं. ६ र ७ को संगमस्थल उग्रतिर्थमा रहेको अन्त्येष्टि घाट व्यवस्थित किसिमले बन्ने भएको छ ।


नगरपालिका र जनप्रतिनिधिहरुको प्रयासमा भौतिक संरचनाहरु बन्दै गएका छन् । पछिल्लो समय व्यवस्थित किसिमबाट अन्त्येष्टि स्थललाई अगाडि बढाउने क्रममा जनप्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका छन् । बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसीको तर्क छ– अन्त्येष्टिका लागि नभई नहुने स्थलको रुपमा लिइएको पौराणिककालदेखि चल्दै आएको सत्गति गर्ने स्थललाई व्यवस्थित बनाउनु हाम्रो दायित्व हो । यसै पनि यो स्थलमा आइसकेपछि हाम्रा अहम्ताहरु हराएर जान्छन् । यसको मनोवैज्ञानिक कारण भनौं या के भनौं अन्तिम अवस्थामा मानिसको अन्त्य भनुँ या यसलाई देह संस्कारको रुपमा परम्परागत देखि चल्दै आएको हाम्रो संस्कार अनुसार प्रयोग गरिने स्थल भएकै कारण हामीमा एक प्रकारको मोह भंग हुन्छ । जसबाट मानव एक पटक साधुको रुपमा आफूलाई चर्चा गर्न अथवा भावनामा डुब्न पुग्दछ ।
यस्तो स्थलको व्यवस्थापन गर्नका लागि हामी कुनै कसुर बाँकी राख्ने छैनौं । राजनीतिक विमति रहन सक्लान् तर सामाजिक र मानविय हिसाबले महत्व राख्ने कुनै पनि सामरिक स्थलको विकास निर्माणका लागि हामी सधैं एक ठाउँमा रहनेछौं । जसको प्रतिबिम्बका रुपमा उग्रतिर्थमा रहेको त्रिवेणीघाटलाई लिन सक्छौं भन्नुहुन्छ अध्यक्ष केसी ।
पौराणिक कथनअनुसार बनेपा आसपासका सात गाउँहरुको अन्त्येष्टि स्थलको रुपमा रहेको त्रिवेणीघाटमा पछिल्लो समय बनेपा आसपास मात्र नभएर बाहिरी क्षेत्रका बासिन्दाहरुको समेत अन्त्येष्टि स्थलको रुपमा प्रयोग हुँदै आएको छ । सीमित सत्गति स्थलको रुपमा रहेको घाट विस्तारै चाप थपिँदै गएको छ । जसको व्यवस्थापनका लागि घाट व्यवस्थापन समिति बनाउन परेको वडा अध्यक्ष केसीको तर्क छ । उहाँका अनुसार उग्रतिर्थमा रहेको त्रिवेणीघाटमा तत्कालिन जनागाल, सिनागाल, बखुण्डोल, कार्की गाउँ, कुईंकेल गाउँ, चालने ढुंगा, रविओपी र साविक बनेपाभित्र बसोबास गर्ने नागरिकहरुको अन्त्येष्टि स्थलको रुपमा रहेको पुण्यधामले आज विशाल रुप लिँदैछ । त्यसकारण पनि यसको व्यवस्थापन अनिवार्य भएको बताउनुभएको छ ।
स्थलगत अनुगमनमा पुग्नुभएका वडा नं. ७ का वर्ण शाक्य– अन्त्येष्टि गर्ने स्थान कुनै जात, धर्म विशेषको हुँदैन । यो सबैको साझा देह संस्कार हो । त्यसैले यहाँ कुनै जातजाति, धर्म, लिंगको बारेमा विभेद हुनेछैन । मृत्यु पश्चात् प्राप्त गर्ने अन्तिम संस्कारका लागि प्रयोग हुने स्थान भनेकै अन्त्येष्टि स्थल हो । यसको संरक्षण, सम्भार र व्यवस्थापन गर्नु प्रत्येक नागरिकको दायित्वभित्र पर्न आउँछ । नगरपालिकाको सहयोगमा भौतिक संरचनाहरु बनिरहेका छन् । त्यसमा वडाको तर्फबाट थप सहयोग पु¥याउने कार्य हामी वडा अध्यक्षहरुले गरिरहेका छौं । यस्तो तिर्थस्थलको संरक्षणको लागि कसैले पनि आफ्नो दायित्वबाट पन्छिनु हुँदैन भन्ने मान्यता राख्नुपर्दछ भन्नुहुन्छ अध्यक्ष शाक्य ।
अनुगमन स्थलमा भेटिनुभएका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारीको कथन थियो– नगरबाट अपुग हुने रकम संयुक्त रुपमा उपलब्ध गराउने प्रतिबद्धता सहित हामी उग्रतिर्थमा रहेको घाटको निरिक्षण गर्न आएका छौं । यहाँ आवश्यक पर्ने थप संरचना निर्माणका लागि हामी सबै वडा अध्यक्षहरु एकमत भएर लागिपर्नेछौं । कहाँ, कति लाग्छ त्यो प्राविधिक कुरा हो तर जति लागे पनि यो अन्त्येष्टि स्थललाई व्यवस्थित रुपमा स्थापना गर्नु हामी जनप्रतिनिधिहरुको दायित्व हो । त्यसैले पनि आज हाम्रो यस स्थलमा जमघट भएको छ ।
यसले हाम्रो व्यवहारिक कुरामा के–कति फरक पार्दछ त्यो सरोकारको विषय रहेन तर सामाजिक मूल्य मान्यता र दायित्वभित्र हामी एक छौं र रहन्छौं भन्नुहुन्छ अध्यक्ष अधिकारी ।
उक्त अनुगमनमा पुग्नुभएका वडा नं. १० का वडा अध्यक्ष चन्द्र खड्का र ११ का वडा अध्यक्ष शिवकुमार थापाको तर्क थियो– सामरिक महत्वका स्थलहरुको संरक्षण र संवद्र्धनका लागि हामी कुनै कसर छोड्ने छैनौं भन्नुहुँदै यो ऐक्यबद्धताले सकारात्मक सन्देश प्रवाह गर्नेमा दुई मत नरहने बताउनुभएको छ । अनुगमनमा स्थानीय बुद्धिजीवि, संघ संस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0