Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मकरमेलाले पनौती नगरको पहिचान दिनेछ ः नगर प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १६७५६ पटक पढिएको प्रकाशित मिति: २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
मकरमेलाले पनौती नगरको पहिचान दिनेछ ः नगर प्रमुख न्यौपाने

काभ्रे । प्रत्येक १२/१२ वर्षमा मनाइँदै आएको मकर मेलालाई सभ्य भव्य र चुस्त दुरुस्त ढंगबाट सम्पन्न गर्नका लागि आयोजित नगरस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले ऐतिहासिक मकर मेलाले पनौती नगरको पहिचान दिने बताउनुभएको छ ।
उत्तरप्रयागको उपमाबाट परिचित धार्मिक नगरी पनौतीमा २०७८ माघ महिनाभर १२ वर्षे मकरमेलालाई स्मरणयोग्य बनाउने दायित्व नगरवासीको भएको बताउनुहुँदै यो मेलाले धार्मिक पर्यटनका लागि अझ बढी महत्व राख्नेछ, जसबाट समृद्ध नगर निर्माणका लागि अवसरको रुपमा लिनुपर्छ । यो अवसरलाई पनौती नगरले चुकाउने छैन भन्नुहुँदै नगर प्रमुख न्यौपाने थप्नुहुन्छ– अतितमा के भए त्यता नजाऔं, वर्तमान र भविष्यका बारे सोचौं । समृद्ध पनौती निर्माणको महत्वपूर्ण साधनको रुपमा यो पर्वलाई ग्रहण गर्न सक्यौं भने त्यो नै हाम्रो लागि अहोमूल्य हुन्छ । जुन उद्देश्यका लागि आज भेला आयोजना गरिएको छ । त्यसमा कुनै कुराको तलमाथि हुनेछैन । गुणस्तरीय काम नै यसको अन्तिम लक्ष्य हुनेछ । जसको विपक्षमा सम्झौता भन्ने हुन सक्दैन । कामको निश्चित समयसीमा तोकिनेछ । त्यसको अनुगमन नगरले गर्नेछ । हेक्का रहोस्, पनौतीको पहिचानको लागि कहिँकतैबाट आँच आउने काम हुन दिने छैन । जो जसले नेतृत्व गरेर उपभोक्ता समितिको जिम्मेवारी लिनुभएको छ, उहाँहरुले यो नभुल्दा हुन्छ कि अन्य विकास निर्माणका क्रममा अपवाद रुपमा भएका ढिलासुस्तीको गन्ध पनि यो अभियानका लागि पाच्य हुनेछैन प्रमुख न्यौपानेले बताउनुभएको छ ।
श्रद्धालुहरुको सहज स्नानको लागि त्रिवेणीघाट वरिपरि ३ वटा बेलीब्रिज र मानेश्वरीदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदल मार्ग, विश्राम स्थल लगायतका भौतिक संरचनाहरुको निर्माण दु्रत गतिमा अगाडि बढिरहेको नगर प्रमुख न्यौपानेले बताउनुभएको छ ।
मकरमेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि उक्त दिन झण्डै १ दर्जन उपभोक्ता समिति नगर प्रमुखको उपस्थितिमा गठन भएका छन् । ति समितिहरुले ९ महिनाभित्र त्रिवेणीघाट मात्र नभई सिंगो पनौतीलाई जग्गेमा राखेको दुलहीझैं सिंगार्नुपर्नेछ । पनौती प्रवेश गर्ने प्रत्येक नाकाहरुमा पनि त्यस्तै किसिमका स्वागत द्वारहरु निर्माण गर्नुपर्नेछ । उक्त मेलामा सहभागी श्रद्धालुहरु भक्तजनहरुले कुनै कुराको कमी महसुस गर्न नपरोस् भन्ने उद्देश्यका साथ भेलाद्वारा उपभोक्ता समिति गठन गरिएको वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र अधिकारीले उक्त अवसरमा बताउनुभएको छ । भेलामा पनौती नगरपालिकाका वडा अध्यक्ष सहित नगरवासीहरुको उपस्थिति रहेको थियो । सो प्रयोजनको लागि नगरस्तरबाट झण्डै ३ करोडभन्दा माथिको बजेट विनियोजन भएको पनौती नगरपालिका योजना शाखाले जनाएको छ ।
जुन किसिमको सपना लिएर नगरपालिका मकरमेला सजाउन गइरहेको छ, त्यसले यथार्थमै पनौतीको पहिचान झल्काउनेमा दुई मत हुँदैन भन्ने धार्मिक व्यक्तित्वहरुको तर्क छ । मन्दिरै मन्दिरको शहरको रुपमा परिचित पनौतीको यथार्थ स्वरुप यस पटकको मकरमेलामा झल्कने सामाजिक व्यक्तित्वहरुले अड्कल समेत गरेको पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0