Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरपालिकामा एम्बुलेन्स र आइसोलेसन अभावकै कारण कोहि कसैले समस्या भोग्नु पर्दैन, कसैको मृत्यु पनि हुँदैन ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १३५९१ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
नगरपालिकामा एम्बुलेन्स र आइसोलेसन अभावकै कारण कोहि कसैले समस्या भोग्नु पर्दैन, कसैको मृत्यु पनि हुँदैन ः प्रमुख न्यौपाने

काभ्रे । आइतबार आइसोलेसन कक्षको अनुगमन गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले नगरवासीले एम्बुलेन्स र आइसोलेसन अभावकै कारण कोहि कसैले समस्या भोग्नु पर्दैन, कसैको मृत्यु पनि हुँदैन भन्नुभएको छ ।

नगरस्तरीय आइसोलेसन कक्षको अनुगमन गर्ने क्रममा वार्डहरुको अवस्थाबारे जानकारी लिनुहुँदै कुनै पनि अवस्थामा कोभिड पिडितहरुले चाहेको सुविधा दिन आवश्यक पर्ने कुनै पनि सामान, प्रविधि र प्राविधिकको अभाव नहुने किसिमले आइसोलेसन वार्डलाई चुस्त, दुरुस्त रुपमा राख्न सम्बन्धित पक्षलाई निर्देशन दिनुहुँदै उच्च व्यवस्थापकीय ढाँचामा सञ्चालन गर्नका लागि नगरपालिका कटिबद्ध रहेको पनि नगर प्रमुख न्यौपानेले सो अवसरमा खुलासा गर्नुभएको छ ।

कुनै पनि नगरवासीमा कोभिड सम्बन्धी समस्या आए निसंकोच जानकारी गराइ सुविधा लिन आग्रह गर्नुहुँदै रोग लुकाएर नबस्न नगरवासीलाई नगर प्रमुख न्यौपानेले आग्रह समेत गर्नुभएको छ । यदाकदा केही नगरवासीहरुले समस्या लुकाएको गुनासो आएको हुँदा त्यसतर्फ नगर सचेत भएको छ । यो समस्या सिर्जना हुनु कुनै व्यक्तिको दोष होइन । किन लुकाउनुप¥यो ? स्वास्थ्यको मापदण्ड पूरा हुँदाहुँदै पनि संक्रमित हुनु कुनै दोष वा अभिशाप होइन । त्यसैले सुरक्षित अवधारणाका साथ रहँदा पनि कोभिडको सिकार हुनपुगेको यथार्थ कोहिबाट लुकेको छैन । यो यथार्थतालाई आत्मसाथ गर्दै समस्या लुकाएर भयावह नबनाउन नगर प्रमुख न्यौपानेले नगरवासीलाई सचेत समेत गराउनुभएको छ ।

तत्कालका लागि आकस्मिक सम्बोधन गर्ने जमर्काे यो आइसोलेसन वार्डबाट गराउनेछौं । कालान्तरमा नगरमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी दीर्घकालिन रुपमै स्वास्थ्य सेवामा नगरले पूर्णता हासिल गर्ने विश्वास रहेको बताउनुभएको छ ।

उक्त आइसोलेसन वार्डका बारेमा स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाको तर्क छ– यो आइसोलेसन कक्ष आकस्मिक सेवाको लागि व्यवस्थापन गरिएको हो । सुविधा सम्पन्न अस्पतालहरुमा संक्रमितहरुको व्यवस्थापन नभएसम्मका लागि यो आइसोलेसन वार्डमा संक्रमित आरामसँग सेवा लिएर रहन सक्नेछन् तर सुरुमै जटिल अवस्थामा पुगेकाहरुका लागि यहाँबाट सेवा दिन सकिने अवस्था रहन्न । केही न केही राहत भने पक्कै पुग्नेछ भन्ने विश्वास नगरले लिएको शाखा प्रमुख तिमल्सिनाले बताउनुभएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न वार्डहरुमा संक्रमितहरुको अनुगमन कन्ट्रोल रुमबाटै गर्न सकिने व्यवस्था गरिएको छ । सिसि क्यामेरा सहितको व्यवस्था गरिएको सो आइसोलेसन वार्डमा एक डाक्टर, दुई स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानीमा रहेर बिरामीले सेवा पाउनेछन् । एम्बुलेन्स सहितको सो सेवाबाट बनेपा र धुलिखेल नपुगी सेवा नपाउने संक्रमितहरुका लागि यो आइसोलेसन वार्डले राहत मिल्ने विश्वास वडा सचिव राजकुमार श्रेष्ठको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0