Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषि पेशाले स्वाभिमानमा बाँच्न सिकाउँछ

प्रभातफेरी अनलाइन ६६२७ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
कृषि पेशाले स्वाभिमानमा बाँच्न सिकाउँछ

काभ्रे । निषेधाज्ञाले नेपालमा मात्र नभई विश्वका कयौं मुलुक प्रभावित हुन पुगेका छन् । जसको अर्थतन्त्र कयौं वर्षसम्म उठ्नै नसक्नेगरी थचारिने निश्चित छ ।
यहि संक्रमणकालले नेपालका कृषक, श्रमिक, मजदुर र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग नराम्रोसँग थला पर्ने अवस्थामा पुगिरहेको छ । यहि वर्गको प्रतिनिधित्व गर्ने युवा जोडी अहिले नमूना बनेर पिडामा मलमपट्टि लगाउन कम्मर कसेर लागेका छन् । पनौती नगरपालिका वडा नं. ८ मल्पीमा रहेको बिन्धवासिनी पशु फर्मका सञ्चालकद्वय गमला राउत र सन्तोष राउत जसलाई अहिले भ्याइनभ्याइ भएको छ । आफ्नो फर्ममा १२ वटा भैंसी र पाडापाडीको स्याहारसुसारको चपेटा एकातिर छ भने ग्राहकको माग पूरा गर्न सकिरहेका छैनन् । जसले गर्दा कतिको मन कुँडिएको छ ।


६ महिना अघिको दैविक विपत्ति सम्झिँदा आज पनि जिउ सिरिङ्ग गर्छ सर भन्नुहुन्छ सञ्चालक गमला राउत । विद्युत् सट भएर आगलागी हुँदा गोठमा रहेका १० भैंसी, १० पाडापाडी, भौतिक संरचना र पशुजन्य आहारा ध्वस्त हुनपुग्यो । गोठभरिका भैंसी ढलेको देख्दा सिरिङ्ग मन अझै काप्छ । हारगुहारले त्यो दिनको विभत्स दृश्य व्यवस्थापन गर्ने पनौती नगरपालिका परिवार प्रति नमन गर्दछु । जुन सहयोगको जति प्रशंसा गरे नी पुग्दैन । त्यस्तो विपद् कसैलाई नपरोस् भन्दै भावुक हुन पुग्नुहुन्छ गमला राउत, तत्पश्चात् सबैको सहयोगमा पुनसंरचना बनाएर अघि बढ्दै थियौं फेरि कोभिड–१९ को दोस्रो लहरले खाटा लगाएको घाउमा नुनचुक लगाइदिएको छ । यो घाउमा मलमपट्टि लगाउने प्रयासमा छौं । जुन विपद्लाई स्थानीय छरछिमेकीहरुले ठूलो सहयोग गरिरहनुभएको छ । हाम्रो फर्मबाट उत्पादित दुग्धजन्य उत्पादनहरु दिनलाई भ्याइ नभ्याई भएका छौं । विशेषतः खुवाले राम्रो बजार लिएको छ । खुवा तयार हुन पाउँदैन, ग्राहकहरु चूल्होमै आइपुग्नुहुन्छ । यसबाट हामीलाई धेरै राहत महसुस भएको छ । २०७७ मंसिर १५ हाम्रा लागि कालारात्री भएर आएको थियो । त्यस्तो विपद् त “मैलाई मार्छु भन्ने शत्रुलाई पनि नपरोस्” भन्दै शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने हिम्मत जुटाएर आज यो अवस्थामा आइपुगेका छौं । विश्वास छ, हाम्रो यो विकल्पलाई सम्पूर्ण शुभचिन्तक ग्राहकहरुले सहयोग पु¥याउनेछन् भन्ने विश्वास राख्नुहुन्छ सञ्चालक गमला राउत ।


दुबईका ४ वर्षे बसाइपछि नेपाल फर्किएका युवा जुन जल्दोबल्दो उमेरमा दुबईमा भएको परिवर्तनबाट केही गरौं भन्ने चाहना कहाँ पोख्ने भन्ने उत्सुकतासहित अपार उपलब्धी नेपालमा पनि सम्भव छ भन्ने हिम्मतका साथ केही गर्नुछ तर के गर्ने भन्नेमा अर्का सञ्चालक सन्तोष राउत दोमनमा थिए । तत्कालै विदेशी भूमिको कमाइलाई टिपर व्यवसायमा उपयोग गर्ने सोचका साथ लगानी गरे तर सन्तोष मिलेन सन्तोषलाई । केही महिनाको अन्तरालपछि दीर्घकालिन स्थायित्व र स्वाभिमान दिने कामको खोजीमा भौंतारिन पुगे । के खोज्छस् काना आँखो भनेझैं एकजना सहयोगीको साथमा विभिन्न कृषि फर्महरुको अनुगमनमा पुगे । त्यसपछि उनले आफ्नै नाममा कृषि फर्म दर्ता गर्न पुगे र कृषि पेशाप्रति आकर्षित हुन पुगे । जसबाट उनले सोचेको स्वाभिमान मिल्छ भन्ने अठोटका साथ यो पेशालाई रोजिएको बताउँछन् सन्तोष राउत ।
यथार्थमै भन्ने हो भने बुझ्नेहरुका लागि कृषि पेशामा स्वाभिमान छ, इज्जत छ, प्रतिष्ठा छ, जसले स्वाभिमानमा बाँच्न सिकाउँछ । जुन किसिमको दैविक विपत्तिको सिकार भइयो, त्यसबाट नअत्तालिकन संयमितताका साथ आउँदा आज यो अवस्थामा आइपुगियो । मन्द रुपमा उँभो लाग्न लागेको पेशामा कोभिड–१९ को दोस्रो लहरले बज्रपात निम्त्याइदिएको छ । यो अवस्थामा हाम्रो फर्मबाट मात्र अहिले ९० लिटर दुध उत्पादन भइरहेको छ । यसलाई व्यवस्थापन गर्न त्यति सहज थिएन । जसको निकास पनौती नगरपालिकाका कृषि शाखा प्रमुख पशु चिकित्सक मणिप्रसाद सापकोटा साक्षात्कार भगवान् बनेर आउनुभयो भने होस्टेमा हैंसे सांसद बसुन्धरा हुमागाईंले गरिदिनुभयो । जसको कारण संकटको घडीमा पनि सहज रुपमा अवतरण गर्ने अवस्था मिल्न पुग्यो । सिंगो पारिवारिक सहकार्यमा दत्तचित्त भई खटिएका छौं । सानी छोरी खुशीदेखि १२ पढ्दै गरेको छोरो सुदीप समेतले यो पेशालाई दिलोज्यान दिएर सघाएका छन् ।
श्रमिक भनौं या सहयोगी, जे भनेनी एकजना भाइले हामीलाई सघाएका छन् । जसले जहाँ जे भेट्छौं, त्यहीँबाट अगाडि बढ्छौं । हामीलाई छिःछि, दुर्दुर, घिन भन्ने लाग्दैन । भकारो सोर्न होस् वा गहुँत फाल्न तयार हुन्छौं । जुन उद्देश्य लिएर फर्म दर्ता गरेको थियो, बज्रपातका बिच पनि आज त्यसैमा अडिक भएर अगाडि बढिरहेका छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो । बसुन्धरा हुमागाईं र मणि सरको सुझाव अनुसार अघि बढ्दा निषेधाज्ञाका बाबजुद पनि हाम्रा उद्देश्यहरु सम्बोधन गर्न मुस्किल भएको छ । आगलागीबाट भएको क्षतिले अझै पनि हामीलाई आर्थिक रुपमा उठ्न गाह्रै भएको छ । झण्डै ३० लाखभन्दा बढिको भौतिक संरचना र पशुधन क्षति भएको थियो । जुन छिनभरमै माटोमा मिलेको त्यो दृश्य हाम्रा लागि कहिल्यै नबिर्सने खाटा नलाग्ने घाउका रुपमा दरिएको छ तर सहयोगी मनहरुको सद्भाव र सहयोगबाट नयाँ संरचनाअनुसार आज फेरि पहिलेकै अवस्थाभन्दा अगाडि पुगेका छौं । यही व्यवसाय गर्ने कति सहयात्रीहरुको अवस्था दयनीय हुन पुगेको छ । यो पेशामाथि अझै कालो बादल मडारिँदै छ, झन् झन् जटिल हुँदै आएको छ । निषेधाज्ञा भनेकै कृषि पेशा अँगाल्ने मजदुर, श्रमिक, दैनिक ज्यालादारी गरेर छाक टार्ने वर्गका लागि रहेछ भन्ने देखेको छु । जबसम्म यो विभेदको अन्त्य हुँदैन, तबसम्म समृद्ध मुलुकको सपना सपनै हुन्छ । यस्तो जटिल अवस्थामा कालोबजारी, घुसखोरी, माफियातन्त्रले मुलुक सर्लक्कै खाएका छन् । यो अवस्थामा राज्य र सर्वसाधारण जनता निरिह भएका छन् ।
ऐश्व आरामको जिन्दगी छोडेर किन दुःखी पेशा अँगाल्न पुग्नुभो भन्ने सवालमा राउत थप्छन्– दासत्व पचेन, स्वाभिमानमा बाँच्ने इच्छा जाग्यो । त्यसैले यो पेशा अँगालें । यसैमा खुशी छु । श्रममा विश्वास गर्छु, पशुहरुको आहारामा अत्याधिक कालोबजारिया भएको छ । त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जाओस् भन्न चाहन्छु । साथै कृषि पेशालाई सकारात्मक रुपमा लिई मर्यादित बनाउन सकियो भने मात्र स्वाभिमानी बनिन्छ । जीवनमा केही गरौं भन्ने उमेरलाई यहि बाटो रोजेको छु । जसका लागि प्राइम बैंक पनौती शाखाले अनुकरणीय गुण लगाएको छ भन्छन् राउत । के पनौती नगर त पशु र कृषिका लागि न्याय दिने प्रेरणा दिने स्रोत होइन भन्ने सवालमा राउतको थप कथन छ– हुन त हो, उसले पनि विपद्को घडीमा ठूलो सहयोग पु¥याएको थियो । आगलागी भएर क्षतविक्षत भएको अवस्थामा सानो सहयोग पनि ठूलो हुनपुग्यो । त्यो स्वभाविक पनि हो । त्यो भुल्नुहुन्न । त्यस्तै विपद्का घडीमा प्रमुख, उपप्रमुख, कृषि तथा पशुपंक्षी शाखाका प्रमुख प्रेरणाका बाहक हुनपुग्नुभयो । यसमा दुईमत छैन । आफ्नो उत्पादन सोझै उपभोक्तासम्म पु¥याउने प्रेरणा पनि उहाँहरु नै हुनुहुन्छ । जसको सुरुवात खुशी दूध डेरी सञ्चालन गरेर पेशालाई मर्यादित बनाउन खोज्दाखोज्दै दैविक विपत्ति सिर्जना भएर फेरि आज यो अवस्था आएको छ । पेशाबाट विचलित हुनबाट जोगाउने काम कसैले गरेको छ भने त्यो मणि सरले गर्नुभएको छ । यसलाई के भन्ने ? नगरको एउटा अंग होइन ? र सहयोग पनि त हो । विपद्को बेला सहयोग पु¥याउने पनौती नगरपालिका, बिन्धवासिनी साकोस, सामुदायिक साकोस, जिल्ला समन्वय समिति, बीमा संस्थान र वडा अध्यक्ष केशवप्रसाद बञ्जाराले लगाउनुभएको त्यो ऋण म कहिल्यै तिर्न सक्दिनँ ।
दैनिक अहिले पनि ५५ सय देखि ६ हजारसम्म खर्च हुन्छ । त्यो खर्च कटाएर अहिले पनि ३ हजार देखि ३५ सय सम्म बचिरहेको छ । यो हिसाबले पनि यो पेशामा टिकिराख्न सकिन्छ भन्ने संकेत गर्दछ । त्यसैले यो पेशालाई मर्यादित पेशाको रुपमा लिन सबैलाई आग्रह गर्दछु ।
आफ्ना बाबाआमाले अँगालेको पेशालाई म सारथी भएर उभिनुपर्छ भन्ने भावनाका साथ छोरा सुदीप पेशामा समर्पित भएको आमा गमला स्वीकार्छिन् । कक्षा १२ पढ्दै गरेको त्यो युवा एकछिन पनि बेफुर्सदिलो देखिएन । जहाँ, जुनबेला जे पर्छ त्यसका लागि तयार छु सर भन्दै आफ्नो काममा समर्पित भएको पाइन्थ्यो । आफ्नो विद्यालयको गृहकार्य छोडेर पनि दुध दुहुन गाह्रो भएको कसरी उसले थाहा पाउँथ्यो थाहा छैन । दुध दुहिरहेको अवस्थामा आएर खै ! छोड्नुस् भन्दै थुन समाउन पुग्छ । त्यतिबेला खुशीको सीमा रहन्न भन्नुहुन्छ गमला राउत ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0