Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दृष्टिविहीनहरुका लागि छिट्टै स्थायी आवासको व्यवस्था गर्नेछौं ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ७२२८ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
दृष्टिविहीनहरुका लागि छिट्टै स्थायी आवासको व्यवस्था गर्नेछौं ः प्रमुख न्यौपाने

काभ्रे (पनौती) । दृष्टिविहीनहरुका लागि खानेपानीको व्यवस्थापन गर्ने जमर्काे सहित आयोजना गरिएको एक समारोहमा पनौती नगरका नगर प्रमुख भीम न्यौपानले उक्त भनाइ राख्नुभएको हो ।
दृष्टिविहीन विद्यार्थीहरुका लागि खानेपानी प्रणाली हस्तान्तरण समारोहको शुभारम्भ गर्नुहुँदै पनौती नगरपालिकाले समावेशी र सहभागितामूलक योजना तर्जुमाका क्रममा रियल नेपालजस्तो फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता हुनुपर्छ भनेर वडा नं ४ र बालोद्धार स्कूलसँग समन्वय गरि संस्थालाई सो विद्यालयको पुरानो भवनमा बस्ने व्यवस्था मिलाएको जानकारी प्रमुख न्यौपानेले उक्त समारोहमा व्यक्त गर्नुभएको थियो । अब चाँडै नै जग्गा व्यवस्थापनसहित कम्तीमा ६ कोठाको स्थायी भवन बनाएर दृष्टिविहीन विद्यार्थीहरुलाई बस्न र पढ्नका लागि अझ सुविधा उपलब्ध गराउने योजना नगरको रहेको प्रमुख न्यौपानेले बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव बन्जाराले एडिबीले नयाँ भवन र शौचालय बनाइदिएको भए पनि पानीको व्यवस्था नहुँदा सञ्चालनमा समस्या देखिएपछि दाताहरुको आग्रहमा पानीको प्रबन्ध गरिदिँदा रियल नेपालका दृष्टिविहीन र विद्यालयका शिक्षक विद्यार्थीहरु सबैलाई राहत पुगेको धारणा राख्नुभएको थियो । विद्यालयले किनेकै जग्गामा इनार खन्न दिएका हौं । यसको जिम्मेवारी र मर्मत सम्भारमा पनि हामी नै सहयोग गर्छौं । हामीले पनि दृिष्टविहीन विद्यार्थी, तिनका शिक्षक र कर्मचारीहरुलाई समेत परोपकारी भावले सहयोग गर्दै आइरहेको प्रधानाध्यापक बन्जाराले बताउनुभयो ।
कासेसले अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी सगरमाथा समाजसँग मिलेर दृष्टिविहीनहरुका लागि खानेपानीको व्यवस्था गरिदिएको हो । बालोद्धार माध्यमिक विद्यालयले इनारका लागि जग्गा उपलब्ध गराएको हो । ‘सन्नी सगरमाथाका संस्थापक अध्यक्ष इश्वर सापकोटा गृहथलो पनौती आउनु भएको बेला दृष्टिविहीन विद्यार्थीहरुको कष्टका बारेमा जानकारी पाएका थिए । सोही अनुरुप उहाँले समाजका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउनुभयो भने नपुग रकम उहाँ स्वयंले थपेर खानेपानीको प्रबन्ध मिलाउने व्यवस्थापन गरेको कासेसका अध्यक्ष नारायण महत क्षेत्रीले उक्त अवसरमा बताउनुभएको थियो ।
कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्लाबाट निषेधाज्ञा र नगरपालिकाबाट नगरक्षेत्र शिल भएपछि दृष्टिविहीन विद्यार्थीहरु खानेपानी र नुहाइधुवाईका लागि बाहिर निस्कन पाएका थिएनन् । कासेसबाट तत्काल खाद्यान्न राहत लिएर रियल नेपाल पुग्दा सो तथ्य जानकारीमा आएलगत्तै खानेपानीको प्रबन्ध मिलाउन प्रयास भएको अध्यक्ष क्षेत्रीले बताउनुभएको थियो ।
बालोद्धार माविको नयाँ भवनस्थित इनारबाट करीब १ सय २५ मीटरको दूरीमा रहेको पुरानो स्कूलसम्म पाइपलाइनमार्फत खानेपानी पु¥याइने व्यवस्था गरिएको छ । रियल नेपालले खानेपानी उपभोग गरेपछि बाँकी रहेको खानेपानी विद्यालयले उपभोग गर्नसक्ने व्यवस्थासमेत मिलाइएको अध्यक्ष क्षेत्रीले बताएका छन् ।
सो अवसरमा सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले कोभिड–१९ को दोस्रो लहर फैलिइरहेका अवस्थामा दृष्टिविहीनहरुले खानेपानीजस्तो आधारभूत आवश्यकताबाट बञ्चित भएको सुनेर तत्काल खानेपानीका लागि समाजको तर्फबाट सहयोग गरेको संस्थापक अध्यक्ष सापकोटाले बताउनुभयो । २०७२ को विनासकारी भुकम्पमा पनि गृह जिल्ला आएर तत्काल राहतलगायतका सहयोग गरेको स्मरण गराउनुहुँदै सापकोटाको थप कथन थियो– यस पटक कोभिड–१९ को बेलामा पनि सहयोग गर्ने अवसर मिल्यो । आगामी समयमा पनि जिल्लाको आवश्यकता अनुसारका परोपकारी कामहरु गर्दै जानका लागि काभ्रे सेवा समाज र स्थानीय तहहरुसँग समन्वय गर्ने सापकोटाले बताउनुभयो ।
कासेसका आजीवन सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्यले पनौतीमा र काभ्रे जिल्लामै करीब २ सयको हाराहारीमा दृष्टिविहीन नागरिकहरु रहेका जानकारी पाएको बताउनु हुँदै उहाँहरुको आवश्यकताका बारेमा जानकारी आएमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न सकिने सो अवसरमा जानकारी गराउनुभएको थियो । उहाँले रियल नेपालमा आश्रित दृष्टिविहीन विद्यार्थीहरुका लागि स्नानकक्ष बनाइदिने घोषणासमेत गर्नुभएको छ ।
यस्तै, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंँले दृष्टिविहीन विद्यार्थी तथा शिक्षकहरुका लागि आफूले तीन महिनाको निम्ति खाद्यान्नको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो । सो अवसरमा रियल नेपालका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद धितालले आफू र पत्नी पनि दृष्टिविहीन भएकाले रियल नेपालमा आश्रित विद्यार्थीहरुको समस्यालाई आफ्नै मानेर काम गरिरहेको बताउनुभयो । धेरै ठाउँमा कार्यालय र विद्यार्थीहरुलाई कठिनतापूर्वक बस्न, खान र ब्रेल लिपिबाट पठनपाठन गराइरहेकोमा पनौती नगरपालिका र वडा नं ४ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र समुदायको सहयोगमा स्कूलमा आश्रय लिन पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कासेसका संस्थापक अध्यक्ष प्रल्हाद केसीले २०६९ सालमा संस्थाको स्थापना भएदेखि नै काभ्रे जिल्लाका लागि धेरै महत्वपूर्ण कार्यहरु गर्दै आएको स्मरण गराउनुभएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानले कासेसका तर्फबाट सन्नी सगरमाथा समाजलाई प्रदान गरिएको प्रसंशापत्र संस्थाका संस्थापक अध्यक्ष सापकोटालाई प्रदान गर्नुभएको थियो । यस्तै, खानेपानीको उपभोग सम्बन्धमा वडा नं ४ का वडाध्यक्ष बुद्धसिंह थापाको रोहबरमा कासेस, सन्नी सगरमाथा समाज, बालोद्धार मावि र रियल नेपालवीच भएको सम्झौता पत्रको प्रति सबै सरोकारवालाहरुलाई प्रदान गर्नुभएको थियो ।
कासेसका सचिव राघवसिंह थापाले स्वागत मन्तव्यका क्रममा १५ दिनमा खानेपानीका सबै कामहरु पुरा गरि विद्यार्थीहरु रहेकै स्थानमा पानी खसाल्न सकिएकोमा निर्माण पक्षका सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा कासेसका सदस्य एवं पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले दृष्टिविहीनहरुका बारेमा चर्चा गर्दै मानवीय सेवामा कुनै किसिमको स्वार्थ नरहने धारणा व्यक्त गर्नुभएको थियो ।
काभ्रे सेवा समाजको संयोजनमा पनौती–४, बालोद्धार माध्यमिक विद्यालयमा रहेका दृष्टिविहीन समुदाय र विद्यार्थीहरुको परोपकारी संस्था ‘रियल नेपाल’ मा आश्रित दृष्टिविहीन विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीका लागि खानेपानीको व्यवस्था गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0