काभ्रे (पनौती) । नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर पथप्रदर्शक निर्मल लामाका अनुयायी द्वारिकादास श्रेष्ठको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ छिन्ताङले नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड द्वारिकादासको निधनले अपूरणीय क्षति पु¥याउनुको साथै एउटा निष्ठावान् आदर्श व्यक्ति गुमाएको बताउनुभएको छ ।
कमरेड भन्दापनि हामीले हाम्रो अभिभावक भन्नैपर्दा बा गुमाएका छौं । कम्युनिष्ट आन्दोलनमा यो एउटा अपूरणीय क्षति हो । दुनियाँ बदल्नु छ भने आफैंबाट सुरु गर्नुपर्छ भन्ने एउटा उदाहरण हुन् द्वारिका बा । उहाँले १० वर्षे जनयुद्धकालमा खेल्नुभएको भूमिका इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ । सुविधा सम्पन्न परिवारमा जन्मिएर, उहाँलाई नपुग्दो के थियो ! तरपनि मुक्तिकामी आन्दोलनमा सरिक मात्र हुनुभएन नेतृत्वदायी भूमिका समेत निर्वाह गर्न पुग्नुभयो । त्यसतर्फ खोजमूलक अनुसन्धान हुन आवश्यक छ । कमरेड द्वारिका बा जनयुद्धका अभिभावक बनेर आफूलाई अग्रमोर्चामा सरिक मात्र नबनाई मुलुकका कुनाकन्दरामा रहेका चेतनाविहिन शोषित, पिडित नागरिकहरुलाई सचेत बनाउँदै युद्धको मैदानमा ढाल बनेर उभिनुभयो । जो एउटा कम्युनिष्ट पथप्रदर्शकबाट आएको सम्बोधनको क्रममा नेता छिन्ताङले स्मरण गर्नुभयो ।
उहाँकै प्रेरणाबाट आफूले क्रान्तिको बन्दुक बोकेको कार्यक्रममा चर्चा गर्नुहुँदै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली त तब पूरा हुन्छ, जब उहाँले देखाएको बाटोमा हामी पुग्न सक्छौं । त्यसैले औपचारिकतामा निभाउने जिम्मेवारी भन्दा पनि व्यवहारिकतामा उठाउने कर्तव्य महत्वपूर्ण हुन्छ । जसले सिंगो जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित ग¥यो । युद्धका दौरानमा सबै नागरिकहरु खानपिन गरेर मिठो निन्द्रा र न्यानो ओछ्यान खोज्दा हामीलाई भने डोहो¥याउँदै कुना कन्दरामा दुश्मनका आँखा छल्दै सम्वृद्ध नेपाल मुक्तिको बाटोका लागि अगाडि बढाउनुहुन्थ्यो । यथार्थमै कम्युनिष्ट आन्दोलनमा त्यस्तो अभिभावकत्व पाउन मुश्किलै पर्छ । यात्रामा सधैं देशमा भएका पुरातनवादी सोचहरुलाई बदल्नुपर्छ, त्यसको सुरुवात आफैंबाट सुरु गर्नुपर्छ भन्दै निरन्तर लागिपर्नु हुन्थ्यो । यस्तो व्यक्तित्व सम्भवतः बिरलै पाइन्छ । जसले आफ्नो सिंगो परिवारलाई त्यो संस्कार सिकायो । जसको अनुशरण आमा लक्ष्मीकेशरी श्रेष्ठदेखि छोरीहरु शोभा श्रेष्ठ, देवकी श्रेष्ठ, कल्पना श्रेष्ठ, सविना श्रेष्ठ, शर्मिला श्रेष्ठ र रश्मिला श्रेष्ठले समेत शिरोधार्य गरेको पायौं । यो बिरलै भेटिने गुण हो । उहाँको चेतना सागरझैं गहिरो थियो, आकाश जस्तै फराकिलो थियो । जस्तोसुकै अवस्थामा पनि निराश नहुने र संयमित भई अगाडि बढाउने सक्ने क्षमता द्वारिका कमरेडसँग भएको आफूले पाएको नेता छिन्ताङले कार्यक्रममा खुलासा समेत गर्नुभयो ।
हामी उहाँले देखेको सपना पूरा गर्नका लागि समर्पित हुन सक्यौं भने मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिनेछ । तब मात्र मुक्तिकामी जनताले न्यायको श्वास लिन सक्ने व्यवस्था आउनेछ । त्यसैले उहाँको बाटोलाई अनुशरण गरौं भन्ने धारणाका साथ परिवारजनमा समवेदना व्यक्त गर्दै आफ्ना भनाईहरु अन्त गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र पनौती नगर इन्चार्ज होमबहादुर खुलालको तर्क थियो– कम्युनिष्ट आन्दोलनमा यहाँसम्मको निष्ठावान् नेतृत्व जन्मिँदैन । जसले मैनबत्तीको जिम्मेवारी निभाएर हामीमाझबाट बिदा हुनुभएको छ । जसले काभ्रेली माटोमा पु¥याएको योगदानका बारेमा चर्चा गर्ने कुनै शब्द छैनन् । काभ्रेली माटोमा जुन किसिमको उर्वरा सिर्जित गर्नुभो, त्यसले पक्कै पनि एउटा होनहार योद्धाको बारेमा लेख्ने र बोल्ने कुनै शब्द आफूसँग नभएको अभिव्यक्ति राख्नुहुँदै यो शोकको घडिलाई शक्तिमा बदल्नका लागि प्रत्येक कार्यकर्ता, शुभचिन्तकहरुले आफूलाई संयमित राख्नुपर्ने धारणा राख्नुभएको थियो । जसका बारेमा कुनै किसिमका आलोचनात्मक शब्दहरु जन्मिएनन् । त्यस्ता निश्कलंकित व्यक्तित्वहरु अपवाद रुपमै जन्मन्छिन्, ति मध्येका एक योद्धा हुन् कमरेड द्वारिका । जसले देखेको सपना पूरा गर्ने दायित्व काभ्रेली योद्धाहरुका साथै परिवारका सदस्यहरुमा पनि रहेको नेता खुलालको स्पष्टयुक्ति थियो ।
यता परिवारको सदस्यहरुको चाहना भनेको बुबाले के के गर्नुभयो, त्यता नजाऔं मात्रै पार्टीले उहाँको योगदानको उच्च कदर होस् । हाम्रो चाहना भनेको यहि हो । बुबा विशेषतः शिक्षासँग धेरै नजिक हुनुहुन्छ । कोहि पनि निरक्षर नहोस्, साक्षर हुन् भन्ने नै उहाँको चाहना थियो । त्यो चाहना पूरा गर्नका लागि सम्बन्धित पार्टीपंक्तिले चासो राखिदियोस् भन्ने रहेको छोरी सविना श्रेष्ठको अपेक्षा छ । उहाँ थप्नुहुन्छ– बुबाको नाममा अक्षय कोषको व्यवस्था गर्न सके बुबाको सपना साकार हुनेमा आफूहरु आशावादी रहेको बताउनुभएको छ । जसले चेतनाको दियो बाल्नेमा आफूहरु विश्वस्त छौं । बुबाले चाहेको परिवर्तन तब मात्र सम्भव छ । त्यसैले फेरि पनि आग्रह गर्न चाहन्छौं, साँच्चै बुबाप्रति इमान्दारितापूर्वक श्रद्धाञ्जली व्यक्त गर्न चाहनुहुन्छ भने अक्षय कोषको लागि पहल होस् भन्ने हाम्रो आग्रह छ ।
जुन अक्षय कोषले असहाय, निमुखा, विपन्न परिवारका सन्तानले आफूलाई सक्षम भएको महसुस गर्न सकुँन् ।
स्वर्गीय योद्धा द्वारिकादासको जीवनी बारेमा प्रकाश पार्दै सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाईंको तर्क थियो– २०३४÷०३५ तिर हुनुपर्छ पनौतीको धनाढ्य मध्येको एक परिवार सदस्य, जसको घरमा तोरी, चिउरा, चामल, पिठो, कुटानी पिसानी मिल थियो, जहाँ अधिकांश भेगका व्यक्तित्वहरुको जमघट हुन्थ्यो । त्यही क्रममा मकै पिस्न ल्याउने क्रममा उहाँसँग भेट भएको र पञ्चायतको दबदबाभित्र पनि कम्युनिष्ट सिद्धान्तका बारेमा लुकिछिपी सुसूचित गराउने कार्य गरेको चर्चा गर्नुहुँदै निर्मल लामाका एक अनुयायीका रुपमा योद्धा द्वारिकादासका बारेमा खुलासा गर्नुहुँदै आफू सरकारी सेवाबाट अवकाश लिएर राजनीतिक रुपमा पूर्णकालिन सदस्य हुँदै हिजोको दिनसम्म अनवरत रुपमा कम्युनिष्ट आन्दोलनमा सरिक रहेको बताउनुभएको थियो ।
२०४६ साल पछिको पहिलो स्थानीय चुनावमा तत्कालिन पनौती गाविसमा उपाध्यक्ष सहित ६ सिट विजय हासिल गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने नेता द्वारिकादास भूमिगत भएपश्चात्को निर्वाचनमा पनौती नगरपालिकामा शुन्य प्रतिनिधित्व हुनपुग्यो । त्यसबाट पनि प्रष्ट हुन्छ उहाँको यस क्षेत्रमा कतिको महत्व रहेछ भन्ने कुरो चर्चा गरिरहनुपर्ने अवस्था रहन्न भन्नुहुँदै यस्तो महान् व्यक्तित्वको अवशान हुन पुगेको छ । त्यसले कम्युनिष्ट आन्दोलनमा पु¥याएको क्षति तत्कालै सम्बोधन हुने अवस्था छैन । त्यसैले उहाँले कोरेका गोरेटाहरुलाई मूर्त रुप दिनु प्रत्येक इमान्दार कार्यकर्ताहरुको दायित्व हुन आउँछ । त्यस्तै अहिले परिवार, अभिभावक विहिन भएको छ । यो परिवारलाई अभिभावकत्व दिने दायित्व पार्टीको हो । त्यसैले यो विषयमा पार्टी गम्भीर बनोस् । सोही सम्बोधनकै क्रममा स्वर्गीय द्वारिकादास श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंगो परिवारजनमा समवेदना प्रकटका साथ परिवारका सदस्यहरुलाई यो शोकलाई शक्तिमा बदल्दै आफूलाई रुपान्तरण गर्न आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पनौती नगर कमिटी सदस्य रामदास सुवालले कमरेड द्वारिका विलक्षण प्रतिभा भएका व्यक्तित्व रहेको चर्चा गर्नुहुँदै २०४६ सालको आन्दोलनमा खेल्नुभएको भूमिकाकै परिणाम ०४९ सालको स्थानीय चुनावमा ११ सिटमा ७ सिट जित्न सफल भएको स्मरण गराउनुहुँदै त्यस्ता महान् व्यक्तित्वका बारेमा पार्टी गम्भीर हुन आवश्यक रहेको चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य पेमा लामा, डिएम लामा, जिल्ला सदस्य मनिता थिङ, मिनकुमार वाइबा, सिर्जना थिङ, रमेश हुमागाईं, रमेश ढकाल, वामपन्थी नेता केशव थापा, नगर कमिटी सदस्यहरु प्रदीप थापा, माधव हुमागाईं, जिएन सापकोटा, ताराबहादुर खड्का, धनदास सोनाम, सुशिला सुवाल, भवानी श्रेष्ठ, चित्रबहादुर दुलाल, सूर्यबहादुर तामाङ लगायतका योद्धाहरुको उपस्थितिमा स्वर्गीय श्रेष्ठको जन्मथलोमै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका सञ्चालन प्रेस संगठन नेपाल काभ्रेका अध्यक्ष रामकृष्ण बञ्जाराले गर्नुभएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |