Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विपद्का घडिमा कार्यकर्ताहरुलाई संयमित भई बस्तीमा जान निर्देशन

प्रभातफेरी अनलाइन ६६३९ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
विपद्का घडिमा कार्यकर्ताहरुलाई संयमित भई बस्तीमा जान निर्देशन

काभ्रे (बनेपा) नेकपा माओवादी केन्द्रले आफ्ना कार्यकर्ता माझमा केन्द्रीय समितिको निर्णयको परिपत्र गरी मौजुदा संरचना बारे माग गरेको छ । केन्द्रीय समितिमा थप गरिने ९९ सदस्यका सवालमा ग्रासरुटबाट राय लिने केन्द्रीय समितिको निर्णय अनुसार नै उक्त माग गरिएको नेता लिलामणी पोखरेलले बताउनुभएको छ ।
केन्द्रीय समितिको निर्णयअनुसार अब पूर्णता प्राप्त गर्ने समितिमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने समेत पार्टीको तयारी रहेको नेतृत्वले जानकारी गराएको छ ।
एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।
संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्यले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताएका थिए । उहाँका अनुसार नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई पहिलो प्राथमिकतामा राखिएको नेता पोखरेलले बताउनुभएको छ ।
यसरी केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको जानकारी दिएका थिए । त्यसैगरी केन्द्रीय समितिमा २० प्रतिशत युवालाई स्थान दिन सुझाव आएको नेता पोखरेलले संवादमा बताउनुभएको छ ।
यिनै विषयलाई लिएर केन्द्रीय समितिमा क–कसलाई थप्ने भनेर हाल माओवादी केन्द्रले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । प्रदेश कमिटीबाट सुझाव आउने क्रम जारी रहेको नेता पोखरेलले बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रले मातहतमा रहेका कमिटीहरुलाई सुझाव संकलन कार्यदलले समावेशी सिद्धान्तको आधारमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पठाउन निर्देशन समेत दिएको नेता पोखरेलले जानकारी गराउनुभएको छ । सुझाव कार्यान्वयन कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेको समेत बताउनुभएको थियो ।
यसअघि गत चैतमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय मै सीमित हुने बताउनुभएको भएता पनि नेता पोखरेलका अनुसार केन्द्रीय समितिमा सम्बोधन गर्नैपर्ने तर प्राविधिक कारणले छुटेका नेताहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउने नीति अनुरुप सुझावहरु संकलन गरी कार्यान्वयन गर्ने बताउनुभएको छ । केन्द्रीय समितिको टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटीको पनि टुंगो लगाउने नेता पोखरेलले बताउनुभएको छ ।
गत फागुन २३ मा सर्वोच्च अदालतले पार्टी एकता बदर गरिदिएपछि चैतमा बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा १ सय ८५ जनाको उपस्थिति रहेको थियो । स्मरण रहोस्, एक समय नेकपा माओवादीमा ४ हजारभन्दा बढी केन्द्रीय सदस्यहरु थिए । २०७५ जेठ ३ गते दुई पार्टी (एमाले र माओवादी केन्द्र) एक भएर बनेको नेकपामा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य गरी ४ सय ४१ को केन्द्रीय समिति बनेको थियो ।
सोही विषयमा जानकारी दिने क्रममा नेता पोखरेलले मुलुकमा कोभिडका कारण थला परिरहेको विषम् परिस्थितिमा सिर्जना भएको प्राकृतिक विपद्ले आक्रान्त हुन पुगेको अवस्थामा प्रत्येक कम्युनिष्ट कार्यकर्ताहरुले ग्रासरुटमा पुगी विपद्सँग सामना गर्नुपर्ने बताउनुभएको छ । सो विपद्का विरुद्ध ग्रासरुटसम्मका कार्यकर्ताहरुलाई विपद्मा फसेका जनताहरुलाई सघाउन निर्देशन समेत सो संवादका क्रममा दिनुभएको छ । हामीले जीवनलाई व्यवहारतः रुपान्तरण गरी जनताका बिच गएर प्राकृतिक विपद्का विरुद्ध हातेमालो गर्दै पिडाको घाउमा मलमपट्टि लगाउने काम गर्नुपर्छ । तबमात्र हामीले हाम्रो आचरण जनतामाझ पेश गर्न सक्छौं । त्यसैले हामी कम्युनिष्टले सिद्धान्त अनुसार व्यवहार देखाउन सक्यौं भने मात्रै यो अवस्थामा जनताले राहत महसुस गर्नसक्ने सेवा दिन सकियो भने मात्रै हाम्रो व्यवहार र विधिमा तालमेल खान्छ । त्यसैले यो विपद्को घडिमा प्रत्येक कार्यकर्ताहरु पिडित जनताका माझ गई पिडाका घाउमा मलमपट्टि लगाउन अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
आज मुलुकका विभिन्न स्थानमा उत्पन्न विपद्ले नेपाली जनताहरुलाई आक्रान्त पारेको छ । यो अवस्थामा प्रत्येक माओवादी कार्यकर्ताहरुले उक्त परिस्थितिजन्य घटनाक्रमलाई नियाल्दै पिडामा रहेका जनताहरुलाई राहत हुने किसिमका गतिविधि गरेर समस्याको समाधानतर्फ अग्रसर हुनुपर्ने नेता पोखरेलले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0