Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राज्यको आँखा नपुगेको स्थानमा सामाजिक संस्थाको उपस्थिति अनुकरणीय बनेका छन् ः प्रमुख

प्रभातफेरी अनलाइन ६१०९ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
राज्यको आँखा नपुगेको स्थानमा सामाजिक संस्थाको उपस्थिति अनुकरणीय बनेका छन् ः प्रमुख

काभ्रे (पनौती) । पछिल्लो समय राज्यको उपस्थिति हुन नसकेका स्थानहरुमा सामाजिक संघ संस्थाको उपस्थिति अनुकरणीय बन्नुको साथै राज्यका आँखा नपुगेका स्थानमा पुगेर विपद्मा परेका पिडितहरुलाई मलमपट्टि लगाउने काम गर्दै आएको नगर प्रमुख भिम न्यौपानेले सो अवसरमा बताउनुभएको छ ।
पिडितहरुका लागि तयार गरिएका घरहरुका बारेमा चर्चा गर्नुहुँदै सिआरएस नेपाल र शान्ति जन आदर्श सेवा केन्द्र जस्ता समाजमा सामाजिक पहिचान छोड्न सफल गैर सरकारी संस्थाहरुले प्राकृतिक विपद्मा परेका नागरिकहरुका लागि अनुकरणीय योगदान गर्दै आएको उदाहरण सुरु आज जुन भवन हस्तान्तरण गर्ने अवसर जुटेको छ, यसले अन्य गैर सरकारी संस्थाहरुले पनि प्रेरणाको रुपमा लिनुपर्ने प्रमुख न्यौपानेको सुझाव थियो ।
पनौती न.पा. वडा नं. ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाईंको तर्क छ– आफ्नो कार्यकालमा सामाजिक संघसंस्थाहरुले धेरै किसिमका आश्वासन सहित आएता पनि शान्ति जन आदर्श र सिआरएस नेपाल जस्ता संस्थाहरुको उपस्थिति कमै मात्रामा पाएको स्मरण गर्नुहुँदै राज्यको आँखा नपुगेको ठाउँमा सामाजिक अभियान्ताहरुले आफूहरुलाई दरिलोसँग उभ्याउनुपर्ने आवश्यकता महसुस वडाले गरेको बताउनुभएको थियो । जहाँसम्म संघ संस्थाहरुले स्थानीय सरकारसँग गर्ने सहमति र सम्झौताहरुका बारेमा अनुगमन गरेर मात्र उसका गतिविधिहरुका बारेमा सार्वजनिक अभिव्यक्ति दिनुपर्ने सुझाव समेत अध्यक्ष हुमागाईंले दिनुभएको थियो ।
त्यसैगरी जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाहरु सञ्चालनका लागि अतुलनीय भूमिका निर्वाह गर्दै आएको शान्ति जन आदर्श सेवा केन्द्रका उपाध्यक्ष एवं प्राध्यापक इश्वरी ओझाले जानकारी गराउनुभएको छ । उहाँका अनुसार शान्ति जन आदर्शले जिल्लाका अति विपन्न परिवारका लागि विभिन्न किसिमका राहत कार्यक्रमहरु सञ्चालन गर्दै आएको संवादमा स्मरण गराउनुभएको थियो ।
राज्यले जुन किसिमको भूमिका निभाउनुपर्ने थियो, त्यो जनताले महसुस गर्न नसकिरहेको अवस्थामा सामाजिक संघ संस्थाहरुको उपस्थितिले पिडितहरुमा राहत महसुस गरेको छ । तसर्थ पनि नेपाली जनताले गैर सरकारी संस्थाहरुलाई हेर्ने दृष्टिकोण स्वभाविक रुपमा फरक परेको छ । जसबाट राज्यका संयन्त्रहरु तर्सिएका छन् । यस्तो हुनु पक्कै पनि स्वभनीय होइन । बिडम्बना ! हाम्रो राज्य सञ्चालन नीति अत्यन्तै संकीर्णता भरिएकै कारण आज यो अवस्था आएको छ । कुनै पनि समाजप्रति जिम्मेवार निकायले आफ्नो उपस्थितिलाई गैर ढंगबाट प्रस्तुत गर्नु न्यायसंगत नहुने प्राध्यापक ओझाको ठहर छ ।
उक्त अवसरमा शान्ति जन आदर्श क्लबले विपद्का घडिमा पु¥याएको सहयोगको बारेमा चर्चा गर्नुहुँदै सामाजिक अभियान्ता अञ्जु रञ्जितले समाजका आँखा खोलिदिने काम सामाजिक अभियान्ताहरुले गर्नुपर्ने स्मरण गराउनुहुँदै निम्न आयस्तर भएका नागरिकहरु अझै पनि खुल्ला आकाशमै जीविकोपार्जन विवश भएका तथ्यहरु हाम्रा सामु छन् । तिनीहरुका पिडाहरुमा मलमपट्टि लगाउन सकियो भने मात्रै आफूले आफूलाई एउटा असल सामाजिक प्राणीको रुपमा स्थापित भएको महसुस गर्न सकिन्छ । त्यसैले अहिले यो विपद्को घडिमा राहत वितरणका नाममा देखिएका प्रतिस्पर्धाले साँच्चै समाजमा केही गरौं भन्नेहरुका लागि पिडा महसुस गराएको समेत अभियान्ता रञ्जितले खुलासा गर्नुभएको थियो ।
आफू निस्वार्थ भावले सामाजिक सेवामा समर्पित हुँदै आइरहँदा पनि सो क्षेत्रमा देखिएको विकृतिप्रति सु्धार गर्न नसक्नुमा राज्य संयन्त्र नै कमजोर हो कि भन्ने महसुस भएको तर्क गर्नुभएको थियो ।
स्मरण रहोस्, साझेदारीमा सञ्चालित के.आर.आर.पि. परियोजना अन्तरगत पनौती न.पा. ९ सुन्थान खरीबोट स्थित ललित बहादुर दमाई र राजकुमार दमाईका लागि निजी आवास घर निर्माण गरिएको थियो । सो अवसरमा वडामा क्रियाशील विभिन्न सामाजिक अभियान्ताहरुको उपस्थितिमा उक्त आवास गृह नगर प्रमुख न्यौपाने मार्फत् पिडितहरुलाई हस्तान्तरण गरिएको थियो । संस्थाले यस किसिमका क्रियाकलाप जिल्लाका विभिन्न स्थानीय तहसँग सहकार्य गरी सहयोग पु¥याउँदै आएको छ । जसअन्तर्गत रोशी गाउँपालिका, तेमाल गाउँपालिकामा रहेका एकल महिला, अपांग, वृद्ध, अभिभावक विहिन बालबालिका र विपन्न परिवारहरुलाई संस्था मार्फत पुन निर्माण प्राधिकरणबाट लिएको ५० हजार समेत सरकारलाई फिर्ता गरी सहयोग पु¥याउँदै आएको छ । यसरी संस्थाले यो वर्ष मात्र ४२ वटा नयाँ घर निर्माण गर्नुका साथै २ सय ८५ वटा सम्पन्न हुन नसकेका अधुरा घरहरुलाई थप सहयोग र प्रवलिकरण गर्ने काम समेत गरेको संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0