Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आफन्तको माया खोज्दै पत्रकारमाझमा कृष्ण

प्रभातफेरी अनलाइन ७८६७ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
आफन्तको माया खोज्दै पत्रकारमाझमा कृष्ण

पनौती । “जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि” यो वाक्यांश स्रष्टाले त्यतिकै कोरेका होइनन् भन्ने पुष्टि दिन प्रतिदिन हुँदै गएको उदाहरण सञ्चारकर्मीहरुले खेलेको भूमिकाले प्रष्ट पार्दै गएको छ ।
समाजमा आफन्त भएर पनि बेसाहारा बनेका हजारौंहरुको पिडा बोक्दै भौंतारिएकाहरुको बिचबाट आमाको माया त पाइनँ, बाबाको छायाँ त पाइनँ, आफन्त त कोहि छन् त भन्दै कृष्ण बस्नेत यतिबेला पत्रकारमाझ पिडा लिएर आएका छन् ।
उनले जीवनमा आमाको मातृत्वको अनुभूति कस्तो हुन्छ ? महसुस गर्न पाएनन् । आमालाई अकालमै पापी दैवले चुँडेर लगिदियो । बाबाले पनि बेवारिस बनाएर हराउनुभयो । हिजो नाबालक थिएँ । आफ्नो–पराइ छुट्याउने कुरै भएन । जब उमेर बढ्दै गयो, तब अपनत्वले चिड्यायो । आफूसँगैका दामलीहरुलाई उनीहरुका आमाबा, आफन्तले दिएको माया देख्दा छाति भक्कानिन थाल्यो । मेरा पनि कोहि न कोहि त होलान् नि भन्दै भौंतारिँदै गर्दा समाजको आँखा सञ्चारकर्मीको सम्पर्कमा आइपुगेको कृष्ण भावव्हिल हुँदै भक्कानिँदै पिडा पोख्छन् । बाबाले अन्दाजी म ७÷८ वर्षको हुनुपर्छ, पनौती ल्याएको, एकपेट खान र खान नपाएर तड्पिएका ति दिनले मलाई बाबाबाट टाढा बनायो । बाबालाई सँगै फर्काैं भन्दा फर्किन सकिनँ पापी पेटकै कारण । बाबासँग हिँड्दा भोकभोकै हिँड्नपर्ने न भनेको बेला पानी पिउन पाइन्थ्यो खानाको त कुरै नगरौं । यसरी भौंतारिँदै गर्दै पनौती आइपुगेर होटेलमा भाँडा माझ्न नि पाइने, खान नि पाइने । मलाई त्यतिबेला भाँडा माझ्न भन्दा नि एकपेट खानाले तान्यो, जसले बाबाबाट छुट्यायो । जुन पिडा आज भोग्दैछु भन्छन् कृष्ण ।
अझ आफ्नो थरको पत्तो समेत राम्रो थाहा थिएन । कृष्णे कृष्णे भन्थे तर मेरो थर के हो मैलाई थाहा थिएन । बाबाले एकपटक भकुण्डेतिर लगेको झझल्को आएको थियो । सन्जोगले बाबाको फोटो मसँगै रहेछ । त्यहि फोटो देखाउँदै रोशी गाउँपालिका–७, थानसिंहका श्याम न्यौपाने र चित्रलेखा न्यौपानेको घर पुगेपछि पो आफू बस्नेतको छोरो भन्ने पुष्टि भयो । दम्पत्ति परिवारले देख्ने बितिकै यो त रामबहादुर बस्नेतको छोरो कृष्णे होइन ? भनेपछि पो बल्ल आफ्नो थर, गोत्रका बारेमा जानकारी पाएको कृष्णले पिडा पोखे । थानसिंहका न्यौपाने परिवारका अनुसार बाबु रामबहादुरले केही समय आफू आफ्नो घरमा काम गरेको र उसले आफ्नो घर सिन्धुपाल्चोक र दोलखातिर भनेको स्मरण गर्नुहुँदै खाडीचौरबाट झण्डै एकदिनको बाटो हिँड्नुपर्छ भन्थ्यो । अरु परिवारका बारेमा त्यति धेरै नबोलेको बताउनुहुँदै यो टुहुरो कृष्णेको भलो गरिदिन सञ्चारकर्मीमार्फत् सम्पूर्ण नागरिक समाज अनि पनौती नगरपालिकालाई न्यौपाने दम्पत्तिले एकै स्वरमा आग्रह गर्नुभएको छ । उहाँहरुका अनुसार कृष्णका बाबु बेला–बेलामा रक्सी पिउने स्वभावको भएको र कृष्णलाई सँगै ल्याएको बताउँछन् तर कृष्णको आमाका बारेमा काठमाडौंको कालिमाटीमै हुँदा मृत्यु भएको बताएको भन्नुहुँदै यो टुहुरोको बारेमा अत्यन्तै चिन्ता व्यक्त गर्दै रक्सी खाने गरेको बताउनुहुन्छ न्यौपाने दम्पत्ति । न्यौपाने दम्पत्तिका अनुसार बेलाबेलामा रामबहादुरले आफू बस्नेतकाजी भएको भन्ने गरेकोले पनि बस्नेतकै छोरो हो भन्ने पुष्टि गर्दछ । कृष्ण भन्छन् आफू जान्ने बुझ्ने भएदेखि बाबाको फोटो बोकेर काठमाडौंका गल्ली गल्ली चहार्दै सिन्धुपाल्चोक, दोलखाका विभिन्न स्थान पुगिसकें तर कसैले पनि बाबालाई चिन्छौं भन्दैनन् ।
यता न्यौपाने दम्पत्तिको सोहि विषयमा तर्क छ– यो पापी समाजमा कसरी चिन्छन् त ? चिन्यो भने अंश दिनुपर्ला भन्ने चिन्ताले पनि चिन्दैनन् । किनकी रामेको र सावित्रीको गर्भबाट कृष्णेको मात्र जायजन्मे भएको हो । त्यसपछि त सावित्रीले यो संसार छोडिगई, रामेको भनाइअनुसार त अझ गाउँलेलाई रामेको विवाह भएको नि पत्तो छैन होला । किनकी गाउँ छोडेपछि मात्र उसको घरजम भएको बेलाबेलामा भन्ने गथ्र्याे । कठै ! त्यो पनि बिचमै टुटायो दैवले भन्थ्यो रामे भन्नुहुन्छ न्यौपाने दम्पत्ति ।
यसबाट के पुष्टि हुन्छ भने रामबहादुर बस्नेतको घरपरिवारमा कति जना सदस्य छन् कुनै तथ्यांक छैन । अनि नजिकका मान्छेले नभनेसम्म कृष्णको बारेमा कुनै जानकारी खुल्ने सम्भावनै भएन । यो अवस्थामा कृष्णको साहारा के र को यसतर्फ सरोकारवाला निकाय गम्भीर बन्नुको विकल्प छैन । दिन प्रतिदिन मानवीय संवेदनशीलता हराउँदै गएको हाम्रो समाजमा कृष्णले न्याय पाउने सम्भावना अत्यन्तै न्यून छ । कृष्णको भनाइअनुसार उसले पनौतीमा बसोबास गरेको पनि झण्डै १२÷१३ वर्ष बितिसकेको आधारमा पनौती नगरपालिकाले न्याय खोजिदिनुपर्छ भन्ने आम नागरिकको बुझाइ छ । यो सोचनीय विषयका बारेमा सम्बन्धित वडा अध्यक्षले चुनौती उठाएर सनाखत गर्ने हैसियत राखिदिए भने कृष्णले न्याय पाउँछन् भन्ने निष्कर्षले नागरिक समाज पुगेको छ ।
यि अनुत्तरित प्रश्नहरुले मानवीयतामा एकातिर संकट सिर्जना गर्दै गएको छ भने कृष्णको जीवन दिन प्रतिदिन निराशातर्फ धकेलिँदै छ । जतिबेला उसलाई अपनत्वको आवश्यकता महसुस हुनुपर्ने हो त्यतिबेला उसले साहाराविहिन जिउनु परेको छ । यो समस्या नौलो नभएता पनि यो मुलुकको नागरिक भएर बाँच्ने नैसर्गिक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय सरकारको दायित्व महत्वपूर्ण देखिन्छ । पक्कै पनि यसतर्फ सम्बन्धित पक्षले विचार पु¥याउनेछ भन्ने विश्वास नागरिक समाजले राखेको छ । टुहुरो हुनु कृष्णको दोष होइन, टुहुरो जीवनयापनका पिडा भोग्नेलाई मात्र थाहा हुन्छ ।
त्यसैले आमाको माया कस्तो हुन्छ, आमा कस्ती थिइन् हेक्का समेत नभएका कृष्णप्रति मानवीय दायित्व निर्वाह यो समाजले र सरोकारवाला निकायले गर्नेछ भन्ने विश्वास नागरिक समाजले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0