Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दिगो विकासका लागि साझेदारीमा काम गर्न लायन्स तयार छ ः गर्भनर आचार्य

प्रभातफेरी अनलाइन ८२४५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ११, शुक्रबार (४ साल अघि)
दिगो विकासका लागि साझेदारीमा काम गर्न लायन्स तयार छ ः गर्भनर आचार्य

बिपशना शाक्य

काभ्रे । “सर्भिस फर अ स्माइल” डिष्ट्रिक गर्भनरको यो वर्षको नारालाई सार्थक बनाउने प्रतिबद्धतासहित जुटेका लायनहरुप्रति काभ्रे जिल्लामा रहेका डिष्ट्रिक ३२५ बि१ एम.डी. ३२५ नेपालसँग आबद्ध ७ वटा लायन्स क्लबहरुको संयुक्त पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रे आइपुग्नुभएका डिष्ट्रिक गर्भनर विश्वेश्वर आचार्यले लायनको पहिचान खुल्ने काम गर्दैनौं भने सर्वसाधारण भन्दा हामी कसरी फरक भयौं त ? त्यसैले निम्न स्तरका नागरिकहरुको दिगो विकासका लागि ५०/५० प्रतिशतको साझेदारीमा डिष्ट्रिक काम गर्न तयार भएको बताउनुभएको छ ।

सम्बोधनकै क्रममा गर्भनर आचार्यले– जसको नमूना, नमूना भिलेजलाई लिन सक्छौं । हामीले परनिर्भरतावादी संस्कारबाट निम्न आयस्तर भएका आम नागरिकहरुलाई उठाउने हो भने राहत होइन, उद्यमशीलतातर्फ आकर्षित गर्नुको विकल्प छैन । अब लायनले राहतमुखी कार्यक्रमलाई विस्तारै छोडौं । तत्काल आकस्मिक कुनै त्यस्ता परिस्थितिजन्य घटनाबाहेक अन्य अवस्थामा राहत भन्ने शब्द नै प्रयोग नगरौं । कम्तिमा पनि आफैं जिउनुपर्छ भन्ने संस्कारको विकास गरौं । म आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना जगाऔं । त्यसका लागि प्रत्येक लायनले आ–आफ्नो स्थानबाट फरक फरक किसिमले प्रस्तुत हुने जमर्काे गरौं । त्यस्तै जीवनस्तरलाई जीवनोपयोगी बनाउनका लागि लायन्स क्लबले नमूना किसिमले समाजमा आफूलाई प्रस्तुत गर्नुको विकल्प छैन । नेपालको भूगोल र यहाँको आर्थिक अवस्थालाई मनन गरेर कमजोर आर्थिक अवस्था भएका आम नागरिकको जीवनमा दिगो खुशी ल्याउन सक्नु नै लायन्सको प्रमुख उद्देश्य सम्झिँदै कार्यक्षेत्रमा समर्पित हुनु आजको आवश्यकता हो ।

यसका लागि हामीले साना तथा मझौला उद्यमतर्फ आकर्षित बनाउने योजनाहरु लायन्स क्लबले अपनत्व लिने गरी अगाडि बढाउनु प¥यो । लायन्सका बारेमा अझै पनि हाम्रो समाजले राम्रोसँग बुझ्न सकेको छैन । त्यसैले बेला बेलामा लाग्ने आरोपहरुलाई मिथ्या सावित गर्नका लागि स–सानो काम नै ठूलो हुन्छ भन्ने सन्देश प्रवाह गर्न सक्नुप¥यो । यसका लागि प्रत्यक्ष रुपमा देखिने र प्रभाव पार्ने खालका कामहरुमा जागरुक बनौं भन्नुहुँदै गर्भनर आचार्यको थप कथन थियो– पैसा मात्र ठूलो कुरा होइन, मन पनि ठूलो हुनुपर्छ । आजको पद हस्तान्तरण कार्यक्रमतर्फ इंकित गर्दै गर्भनर आचार्यको टिप्पणी थियो– आफू भए ठिक, अरु भए बेठिक भन्ने र गर्ने संस्कारबाट हामी लायनहरु माथि उठ्नुपर्ने अवस्थामा पूर्वजहरुले देखाएको गतिविधिलाई सचेत गराउन पछि पर्नु भएन । जिम्मेवारी बहन गर्न त तयार हुनुहुन्न भने तपाईंबाट समाजले के अपेक्षा र आशा राख्ने ? आजको यो महत्वपूर्ण चाडमाथिको तपाईंहरुको बुझाइमा परिवर्तन हुन आवश्यक छ । अन्यथा हामी लायन र राजनीतिककर्मीहरुमा के नै फरक रह्यो र ! त्यसैले तत् तहमा रहनुहुने जिम्मेवार नेतृत्वहरुले आफ्नो दायित्व, जिम्मेवारी, कर्तव्य सोही अनुरुप निर्वाह गर्नु आजको आवश्यकता हो । जिम्मेवारी लिनुहुन्छ भने पालना पनि त्यही अनुरुप गर्नु सिक्नुस् भन्नुहुँदै आगामी यात्रामा यस किसिमको आभाष डिष्ट्रिकले महसुस गर्ने वातावरण नबनोस् भन्दै वर्ष २०२१/२२ का पिभीएसटीहरुको कार्यकालको सफलताको शुभकामना सहित शपथ खुवाउनुको साथै गर्भनर पिनबाट कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक गर्भनर आचार्यले सम्मान गर्नुभएको थियो । क्रमश…

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0