Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वार्थ मासियो भने मर्जर गर्न सकिन्छ ः ताम्राकार

प्रभातफेरी अनलाइन ४९९३ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
स्वार्थ मासियो भने मर्जर गर्न सकिन्छ ः ताम्राकार

काभ्रे । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्र बैंकका उपनिर्देशक लक्ष्मीनारायण ताम्राकारले मर्जर किन अघि बढ्न सकेन भन्ने सवालतर्फ इंकित गर्नुहुँदै समस्याको रुपमा रहेको म ठिक, अर्काे बेठिकको सोचकै कारण उत्पन्न स्वार्थले मर्जर हुन नसकेको हुँदा मर्जर गर्ने हो भने स्वार्थ मास्नुपर्ने बताउनुभएको थियो ।
कुनै पनि सहकारीलाई सफल बनाउन कर्मचारीहरुको अनुकरणीय भूमिका रहन्छ । त्यसैले कर्मचारीहरुलाई सशक्त बनाउनका लागि आवश्यक पर्ने कुनै पनि किसिमका तालिमहरु उपलब्ध गराउन सकियो भने मात्र संस्था माथि उठ्न सक्ने बताउनुहुँदै कर्मचारीबिचको कार्य सम्पादनमा सम्झौता गरेर अगाडि जानुपर्ने प्रमुख अतिथि ताम्राकारको सुझाव थियो । जबसम्म संस्थाभित्रका कमी कमजोरीहरुलाई लुकाउने संस्कार रहिरहन्छ, तबसम्म संस्था अगाडि बढ्न सक्दैन । जसको कारण सहकारीप्रतिको नागरिकको हेराइमा प्रश्न चिह्न उठ्ने गरेका छन् । यो अवस्थामा सहकारी, सहकारीका कारण पनि राम्रा सहकारीप्रति बाध्य भएर औंला तेर्सिएका छन् । त्यसैले सहकारीका गतिविधिका बारेमा ३÷३ महिनामा समिक्षा गरेर अगाडि बढ्नु मनासिव रहने प्रमुख अतिथि ताम्राकारको कथन थियो ।
प्रमुख अतिथि ताम्राकारको थप सम्बोधन गर्दै जबसम्म म पनि ठिक, तिमी पनि ठिक भावना विकास गर्न सकिँदैन, तबसम्म सहकारीले सोचेजस्तो फड्को पार गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । उक्त समापन कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको कथन थियो– कति कुराहरुको पहिचान गर्न नसक्दा पछि परेको स्वीकार्दै सहकारीमा सहमति नै महत्वपूर्ण साँचोको रुपमा रहेकोले सहमतीय ढंगबाट चल्न सकियो भने सकारात्मक परिणाम ल्याउन सकिने विश्वास व्यक्त गर्नुहुँदै आज सामुदायिक साकोस जुन अवस्थामा आइपुगेको छ, त्यसको श्रेय अतितमा जसले समर्पण गरेर चाल्नुभएको कदम, राय, सुझाव र कर्तव्य नै अनुकरणीय सावित भएका छन् । सम्बोधनकै क्रममा अध्यक्ष बञ्जाराको थप कथन थियो– ऐन, नीति, नियमको अधिनमा रही सदस्यलाई सेवा सुविधा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धताका साथ १८ प्रतिशत शेयर लाभांशको प्रस्ताव पारित गराउँदै शेयर सदस्यहरुको लगानी हेर्ने हो भने १८ प्रतिशत लाभांश दिनु नौलो नभएको बताउनुभएको थियो । यसैबीच सभामा आगामी दिनमा थप प्रतिस्पर्धी र गुणस्तरिय सेवा उपलब्ध गराउने योजना प्रस्तुत गर्नुभएको थियो ।
यात्रामा कमी कमजोरीहरु हुन सक्छन्, त्यसबाट पाठ सिक्दै यो सहकारीलाई सक्यौं भने नेपालमै र सकिएन छ भने पनि प्रदेशमा १ नम्बर बनाउने प्रण गर्दछु । यो संस्थाको लागि कुनै किसिमको व्यक्तिगत स्वार्थ राख्नेछैन । त्यसैले २७औं साधारण सभासम्म आइपुग्दा शेयर सदस्यहरुबाट जुन किसिमको सुझाव आएको छ, ति सुझावहरुलाई आत्मसाथ गर्दै मिल्नेसम्मको सम्बोधन गर्दै अगाडि बढ्नेछौं र संस्थालाई अनुकरणीय रुपमा स्थापित गराउने प्रतिबद्धता समेत अध्यक्ष बञ्जाराले सम्बोधनको क्रममा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मन्तव्यका क्रममा विशिष्ट अतिथि ईन्द्र प्रसाद अधिकारीले सुशासनलाई पालन गर्दै अव्वल वन्दै गएको सहकारी सदस्यहरुप्रति जिम्मेवार वन्दै अझ प्रगती पथमा लागोस भन्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी नेफस्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै सफल पहिचान वनाउन सफल यस संस्थाले सदस्यहरुको विश्वास जित्न सकेकाले नै यो उपलव्धि हासील गरेको हुँदा सेवा प्रवाहमा गुणस्तरियता कायम राख्नका लागि संस्था सदैव चनाखो हुनुपर्ने वताउनु भएको थियो । संस्थाका प्रमुख सल्लाहाकार एवं जिल्ला सहकारी संघ काभ्रेका लेखा संयोजक शम्भुलाल श्रेष्ठले विगतका संघर्षका दिनहरु पार गर्दै यो चरणसम्म आईपुगेको संस्थाले सदस्य हित तर्फ सदैव सचेत रहनु पर्ने विचार व्यक्त गनु भएको थियो ।
संस्थाले प्रविधि सँगसँगै आफूलाई पनि डोहो¥याउने जमर्काे गरेको छ । जसअन्तर्गत डिजिटलाईजेशनमा अर्को फड्को मार्दै आफ्ना सदस्यहरुलाई क्युआर भुक्तानी सेवाको शुभारम्भ सहित साधारण सभा सम्पन्न गरेको बताएको छ । २०५१ साल माघ १४ गते स्थापना भई समुदायमा आधारित सदस्य केन्द्रीत वित्तीय तथा गैर वित्तीय क्रियाकलापहरु संचालन गर्दै आएको सहकारी संस्थाले काभ्रेपलान्चोक जिल्ला र काठमाण्डौ उपत्यका सहित चार जिल्ला कार्यक्षेत्र विस्तार गरी १४ वटा सेवाकेन्द्र सहित सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा ३ अर्ब ३ करोडको पूँजि र ३१ हजार २ सय ६३ जना शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाकै अवसरमा संस्थाले प्रिमियर डेन्टल क्लिनिकको प्राविधि सहयोगमा २०७८ असोज १६ र १७ गते निः शुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १५२ जना ब्यक्तिहरुले सहभागी भई स्वास्थ्य उपचार लिएका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले साधारण सभामा उपस्थित सम्पूर्णमा स्वागत गर्नुभएको थियो भने सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0