काभ्रे । पछिल्लो समय स्थानीय सरकारहरुले आफ्नो उपस्थितिलाई जनताका माझ दरिलो रुपमा उपस्थिति गराउने प्रतिस्पर्धाको रुपमा देखिएका छन् । जसको पछिल्लो उदाहरण बेथानचोक गाउँपालिका वडा न ३ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन गरेर देखाएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले अहिले न्यायालयमा देखिएको समस्या बार र बेन्चबीचको हो । यसमा कार्यपालिकाले आफ्नो उपस्थिति देखाउनपर्ने बाध्यता नरहनेको बताउनुभएको थियो ।
उक्त भवनहरु उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि मन्त्री बडूको कथन थियो– नेपालका अति ऐतिहासिक अनुपम भूमिहरुमध्ये बेथानचोक गाउँपालिका आफैंमा एउटा पहिचान रहेको गाउँपालिका हो । जहाँ सुन्दर प्राकृतिक भूमि र ऐतिहासिक धार्मिक स्थलहरु रहेका छन् । जसको व्यवस्थापन र विकासमा नेपाल सरकारले कुनै किसिमको विभेद गर्ने छैन भन्नुहुँदै गाउँवासीका आकांक्षाहरु सम्बोधन गर्न सरकार प्रतिबद्ध छ । जसबाट आन्तरिक पर्यटन सँगसँगै बाह्य पर्यटनलाई समेत गन्तव्यका रुपमा मनन् गर्न बेथानचोक सबल हुनेछ । पूर्व वक्ताहरुको अपेक्षाहरुलाई सम्बोधन गर्ने क्रममा मन्त्री बडूले विकास निर्माणमा अब्बल बनाउनका लागि आएका योजनाहरु पूरा गरेर छोड्ने अठोट समेत व्यक्त गर्नुभएको थियो ।
संविधानमा उल्लेखित भावनाहरुलाई आत्मसाथ गर्दै यो सरकार जनपक्षीय रुपमा अगाडि बढ्ने उद्घोष समेत मन्त्री बडूले कार्यक्रममा व्यक्त गर्नुभएको थियो । स्थानीय शासन सत्तालाई सम्वृद्ध बनाउन खोज्नु सकारात्मक पक्ष रहेकोले जनताका अपेक्षाहरुलाई सम्बोधन गर्दै गेल्दुङबाट गोल्माकोट जाने सडक यहि सरकारको पालामा पूर्णता प्राप्त गर्ने खुलासा समेत मन्त्री बडूले गर्नुभएको छ ।
पछिल्लो समय विपक्षीले संसदको मर्यादालाई तिलाञ्जली दिँदै संसदलाई बन्धकी बनाएका कारण सांसदहरुले आफ्नो उपस्थितिलाई मर्यादित ढंगबाट प्रस्तुत गर्न नपाएकै कारण सरकारले अध्यादेशको माध्यमबाट केही बिलहरु ल्याउन बाध्य भएको छ । संसदलाई मर्यादित रुपमा अगाडि बढाउन कानून निर्माण गर्नुपर्ने दायित्व संसदको हो तर विपक्षीहरुको अनावश्यक हुल हुज्जतका कारण संसद बन्धकी हुन पुग्यो । एमालेले संसद अवरुद्ध गर्दा बनाउनै पर्ने कानून निर्माणमा असहजता भएको बताउनुहुँदै संसद तत्काल खोलेर सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएको थियो ।
त्यसैले पनि सरकारले विकल्प खोज्न बाध्य भयो । शक्ति पृथकीकरण अनुसार न्यायपालिका आफैंमा स्वतन्त्र निकाय हो । उसलाई स्वतन्त्र ढंगले अगाडि चल्न दिनुपर्छ । आफूमाझ आएको समस्या आफैंले अन्त्य गर्नेछ । त्यसैले बेन्च र बार बिचको यो विवाद वार्ताद्वारा उहाँहरु आफैं समाधान गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास सरकारले लिएको मन्त्री बडूको तर्क थियो ।
मन्त्री बडूको थप कथन थियो– वार र बेन्चबीचको विवाद तत्कालै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले न्यायलय स्वतन्त्र रहेको बताउनुहुँदै वार र बेन्च बीचको विवादले जनताले न्याय पाउने बाटो अवरुद्ध नगर्न अपिल गर्नुभएको थियो । उहाँले न्यायालयभित्रको विवाद आफै समाधान होस् भन्ने आफूहरुले चाहेको बताउनुहुँदै मुलुकमा संघीयता आएपनि न्यायालयमा सघियता नआएको बताउनु भएको थियो ।
सर्वोच्च, उच्च, जिल्ला अदालतमा वर्षाैँदेखि पाउन नसकेको न्यायलाई सहज बनाउन मन्त्रालयले आवश्यक कानुन निर्माणको तयारी गरेको उहाँले बताउनुभएको थियो । मन्त्री बडूले संविधान अनुसार कानुन निर्माण हुन नसकेको कारण सरकारले निजामती विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन लागेको बताउनुभएको थियो ।
प्रदेश र संघीय कानुन निर्माण नभएकोले स्थानीय कानुन निर्माण हुन नसकेको बताउँदै मन्त्री बडुले द्वन्द्वका घटनाको निरूपण गर्न गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई पीडित र पीडक बिचको द्वन्द्व अन्त्य गर्नु पर्ने बताउनुभएको थियो । यो सरकार विशेष परिस्थितिमा गठन भएकोले यसले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनुभएको थियो । उहाँले बेथानचोक गाउँपालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै सडक, विद्युतीकरण, खानेपानी लगायतमा सहयोग गर्ने जनाउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले सहमति र सहकार्यको विकल्प नभएको धारणा राख्नुहुँदै संसदमा विपक्षीहरुको गतिविधिले बहुदलीय व्यवस्था नै धरासायी हुने अवस्था आएको चर्चा गर्नुहुँदै त्यस्तो गतिविधिले जनतामा कस्तो सन्देश जाला ? भन्ने सानो विचार पनि नराखीकन जुन किसिमको गतिविधिमा संलग्न भएको छ, उसले यो सरकारको आलोचना गर्नुको कुनै तुक नरहेको ठोकुवा समेत गर्नुभएको थियो । जनतालाई अप्ठ्यारोमा पारेर अझ उहि गणतन्त्रको दुहाइ दिन पछि नपर्नुले उसको हैसियत प्रष्टिएको बताउनुहुँदै जनतालाई अप्ठ्यारो पर्दा सेवकको भूमिका अरु कोहि छ त भने त्यो नेपाली कांग्रेस छ । त्यो नै नेता हो । आज जनताको माझ काम गर्ने कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस हो । यहाँ झुटको खेती धेरै दिन नटिक्ने परिणामहरुले देखाएका छन् । हावादारी शिलान्यास गरेर यो सरकारले बजेट र योजना खाइदियो भन्दै भ्रमको खेती धेरै दिन टिक्टैन । कुनै योजना नै नभएका शिलान्यासहरुको कुनै तुक रहन्न । विकासको विरोधी गठबन्धन नभएर एमाले नामक राजनीतिक शक्ति भएको चर्चा गर्नुहुँदै भ्रमको पछि नलाग्न सभापति आचार्यले मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।
संविधान सभा सदस्य एवं पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको कथन थियो– विकास निर्माणमा महत्वपूर्ण पक्ष भनेकै पारदर्शिता हो । पारदर्शिताबिना कुनै पनि पक्ष सफल हुन सक्दैनन् । स्थानीयदेखि संघीय संरचनासम्मको अवस्थालाई हेर्ने हो भने स्वास्थ्य, शिक्षा र सडक लगायतका क्षेत्रमा जे जस्ता उपलब्धीहरु भएका छन् ति नै आधारभूत आवश्यकताका कडी हुन् । ति आवश्यकताहरु पूरा नभईकन सम्वृद्ध स्थानीय सत्ता हुन सक्दैन । आफूलाई यस क्षेत्रका जनताले तत्कालिन अवस्थामा दिएको मतको सही सदुपयोग गर्दै विकास निर्माणदेखि गेल्दुङ–गोल्माकोट सडकको डिपिआर देखि आवश्यक स्थानहरुमा पक्की पुलहरुको निर्माण गरेकै कारण आज यस क्षेत्रले अनुकरणीय फड्को पार गर्न सफल भएको छ ।
तत्कालिन अवस्थामा विपक्षीहरुको कडा प्रतिवादका कारण पुल शिलान्यासदेखि उद्घाटनसम्म गर्दा देखाएका तल्लो स्तरका गतिविधिका बारेमा तिखो आलोचना गर्दै विपक्षीहरुलाई चुनौती दिँदै जनताका माझ भ्रमको खेती नगर्न आग्रह समेत गर्नुभएको थियो । बजेट र योजना काटिएको प्रति विपक्षीहरुले उठाएका सवालहरुलाई कटाक्ष रुपमा प्रतिवाद गर्दै पूर्व मन्त्री श्रेष्ठले पैसाबिनाका योजनाहरु काटिएकै हुन् । कागजी योजनाको कुनै तुक र अर्थ रहन्न । नेपाली कांग्रेस जे बोल्छ, त्यही गर्छ । त्यसैको निरन्तरता आज यस क्षेत्रमा खानेपानी, पुलपुलेसा, सडक आदिका पूर्वाधारहरु पूरा हुँदै गएका छन् । यसबाट अत्तालिएर एमाले बहुलाउन पुगेको हो । जसको कारण उसले विधि, नीतिलाई लत्याउँदै जनतामा भ्रमको खेती गरिरहेको छ । यस किसिमका अवाञ्छित गतिविधिको प्रतिकार गर्न गठबन्धनसँग आबद्ध रहेका कार्यकर्ता नेताहरुलाई आग्रह समेत पूर्वमन्त्री श्रेष्ठले कार्यक्रममा गर्न पछि पर्नु भएन ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको आक्रोश थियो– विकासको विरोधी एमाले भएको फेरिश्ता पेश गर्नुहुँदै कांग्रेसले निर्वाचन ताका घोषणा गरेको घोषणापत्र अनुसार ८० प्रतिशत काम यस गाउँपालिकामा सम्पन्न गरिसकेको उद्घोष गर्नुहुँदै विकास विरोधी एमालेसँग आफू प्रतिकार गर्न तयार रहेको र बेथानचोकवासीले यसमा साथ दिने पनि उद्घोष गर्नुभएको थियो । जनताका माझ उद्घोष गरेका विकास निर्माणको पक्षमा आफू दैनिक १८ घण्टा खटेको स्मरण गराउनुहुँदै विपक्षीको झुटको खेती धेरै दिन नटिक्ने धारणा राख्नुभएको थियो ।
विकासलाई अवरोध गर्नेहरुले कसरी झुटको खेती गरे, त्यो बेथानचोकवासीले सहजै मनन् गरेका छन् । आफैं धामी, आफैं बोक्सी भएर वडा अध्यक्षलाई बन्दी बनाएर खेलिएको घृणित खेलको हिसाबकिताब बेथानचोकवासीले राख्ने पनि अध्यक्ष तिमल्सिनाले सम्बोधनको क्रममा उजागर गर्न पछि पर्नु भएन ।
सो उद्घाटन कार्यक्रममा राजनीतिक व्यक्तित्व कांग्रेस नेता इन्द्रमणि अधिकारी, गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, नेपाली कांग्रेसका नेतागण भगवान अधिकारी, नारायण तिमल्सिना, नेकपा एमालेका नेता वेदप्रसाद तिमल्सिना, माओवादीका नेता बोधनाथ तिमल्सिना लगायतका व्यक्तिले गाउँपालिकाको विकास र समृद्धिका लागि सबैको पहल गर्नुपर्ने बताएका थिए । उक्त कार्यक्रममा जग्गा दाता, व्यवस्थापन र सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भ पूर्व भवन निर्माणका बारेमा वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले सञ्चारकर्मी माझ भवन निर्माणका विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँका अनुसार दुई रोपनी जग्गामा वडा भवन, स्वास्थ्य चौकी निर्माण भएको छ । उक्त भवन निर्माणका लागि नौ आना जग्गा दान दिइएको थियो भने बाँकी जग्गा किनेको वडा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको थियो । श्रेष्ठका अनुसार साढे दुई तले वडा भवन ७८ लाख लागतमा निर्माण सम्पन्न भएको छ भने स्वास्थ्य चौकी भवन एक तले फिनिसिङ भएको छ भने एक तला ढलान गरिएको छ । उक्त भवन निर्माणमा ३९ लाख रुपियाँ खर्च भएको अध्यक्ष श्रेष्ठले सो भेटघाटमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन बेथानचोक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम पूर्वमा प्रमुख अतिथिलाई मोटरसाइकल ¥यालीद्वारा स्वागत गर्दै कार्यक्रम स्थल पु¥याइएको थियो । बाटोको दायाँबायाँ स्थानीयद्वारा फूलमायाबाट अतिथिहरुलाई स्वागत गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |