Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हामीले नेरेसोको विधानमा टेकेर निर्णय गरेका हौं ः संयोजक ढुंगाना

प्रभातफेरी अनलाइन ९५८१ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
हामीले नेरेसोको विधानमा टेकेर निर्णय गरेका हौं ः संयोजक ढुंगाना

नेरेसो काभ्रे शाखाले विधानलाई मिच्दै घोषणा गरिएको निर्वाचन मान्य हुन्न ः हुमागाईं

काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले सोमबार गरेको निर्णय आफूहरुलाई मान्य नभएको भन्दै पूर्व पदाधिकारीहरुले त्यसका विरुद्ध अदालत जाने बताएका छन् ।
नेरेसो जिल्ला शाखाका पूर्व उपसभापति रघुनाथ हुमागाईंका अनुसार विधानलाई मिचेर गरिएको निर्णय मान्न बाध्य छैनौं । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा तदर्थ समितिको मिति २०७८-०८-२७ को बैठकले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०७८-०८-२३ मा प्रेषित पत्र संख्या २०७८/७९ को च.नं. १२९१ को निर्देशन बमोजिम नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (सत्रौ संशोधन २०७४) को परिच्छेद ९ को ३० को (१) मा भएको “जिल्ला अधिवेशनको लागि जिल्ला कार्यसमितिले कार्यसूचि सहित २१ दिन अगावै सभासद्हरुलाई जानकारी दिनुपर्ने भन्ने व्यवस्थालाई ठाडै उलङ्घन गरी आगामी २०७८-०९-०६ गते निर्वाचन गर्ने निर्णय गरेको तथा सोही परिच्छेदको २९ (१) को “ख” मा भएको व्यवस्था अनुसार प्रतिनिधिको लागि प्रत्येक पटक उपशाखामा पत्राचार गरी प्रतिनिधि माग गर्नुपर्नेमा २ वर्ष अगाडिका प्रतिनिधिलाईनै मतदाता मान्ने भन्ने निर्णय भएको तथा उक्त अधिवेशनको लागि प्रतिनिधि कायम गर्दा विधानको परिच्छेद ९ को २९ को १ को (क) (ख) र (ग) मा भएको व्यवस्था अनुसार छनोट गरी उक्त दफाको (३) अनुसार व्यवस्था गर्नुपर्नेमा सो नगरी तथा परिच्छेद १७ को विविध अन्तर्गत ६३ मा भएको सभासद् कायम रहने भन्ने बुंदामा भएको कुनै कारणवश कुनै पनि स्तरको कार्य समितिको अवधि समाप्त भएको र अवधि थप नभएको स्थितिमा सम्बन्धित कार्य समितिको निर्वाचन नहुञ्जेल त्यस्ता कार्य समितिका सदस्यहरु सम्बन्धित स्तरको सभाका सदस्य कायम रहेको मानिने छ” भन्ने व्यवस्थालाई समेत ठाडै उलङ्घन गरी तथा भेदभावपूर्ण तवरले २९ (१) को (ख) अनुसारका प्रतिनिधि मात्र कायम गरी विधानमा भएको व्यवस्थालाई नै ठाडै उलङ्घन गर्दा रेडक्रस जस्तो पवित्र संस्थामा भेदभावपूर्ण व्यवहार देखिएको र जसका कारण पूर्व पदाधिकारीहरु नै मतदाता हुन र उम्मेदार हुन पाउने वैधानिक अधिकारबाट बञ्चित हुने अवस्था देखिएकोले उक्त कार्य नसच्चिए सम्म निर्वाचन हामीहरुलाई मान्य छैन भन्दै सामूहिक रुपमा अदालत जाने निर्णय समेत भएको हुमागाईंले बताएका छन् ।

यदि विधि विधानसम्वत् व्यवस्थालाई लत्याउँदै पूर्वाग्राही ढंगबाट जुन निर्णय सच्याइँदैन भने त्यसप्रति हाम्रो घोर आपत्ति छ भन्दै तत्कालिन जिल्ला पदाधिकारीहरु र प्रतिनिधिहरुलाई बाहिर राखेर गर्न खोजिएको निर्वाचन विधिसम्वत् नभएको उहाँको दाबी छ । नेपाल रेडक्रस जस्तो मानवीय संस्थामा यस किसिमको चलखेल उचित नभएकै कारण तदर्थ समितिमा झरेको इतिहास आफूलाई रेडक्रसकर्मीहरु भन्नेहरुले बिर्सिँदै पुनः त्यस्तै कमी कमजोरीहरु गर्दै जान खोज्नुले यो तदर्थ समितिमाथि पनि प्रश्नहरु उब्जिएको हुमागाईंको टिप्पणी थियो ।

निवर्तमान उपसभापति हुमागाईंका अनुसार प्रचलित विधानमा टेकेर निर्वाचन गर्ने हो भने प्रत्येक उपशाखाहरुलाई प्रतिनिधि छनौट गर्ने अवसर दिनुपथ्र्याे । तबमात्र विधिसम्वत्को निर्वाचन हुन लाग्यो है भन्ने सन्देश प्रवाह हुन्थ्यो तर यहाँ केही व्यक्तिहरुको स्वार्थ बाँझिने किसिमले निर्वाचनको नौटंकी रच्न लागेको हाम्रो ठम्याई छ भन्दै उक्त निर्णयका विरुद्ध आफूहरु आजै अदालतको ढोका घच्घच्याउने समेत हुमागाईंले बताएका छन् ।

सो विमतिका बारेमा नेरेसो काभ्रे शाखाका संयोजक नारायण ढुंगानासँग जानकारी लिँदा हामीलाई केन्द्रले दिएको परिपत्रअनुसार विधानमा टेकेर नै निर्वाचनको मिति तोकेका हौं । यदि नियमनकारी निकायले विधानसम्वत् नभएको हुँदा सोही अनुसार गर्नु÷गराउनु भनी आउँछ भने हामीलाई आपत्ति छैन, सोही व्यवस्थाअनुसार गर्नेछौं । हाम्रो यो विषयमा कुनै विमति छैन । हामी त कारिन्दा हौं, नियमनकारी निकायले जे भन्छ त्यहि कुरो विधिमा टेकेर कार्यान्वयन गर्छौं संयोजक ढंगानाले भन्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0