Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वार्थी साहित्य नलेखौं, पुरस्कार र सम्मानलाई लेनदेन नगरौं

प्रभातफेरी अनलाइन २९०२ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (४ साल अघि)
स्वार्थी साहित्य नलेखौं, पुरस्कार र सम्मानलाई लेनदेन नगरौं

साहित्यकार छविरमण सिलवाल

(चालिसको दशकको करिव उत्तराद्र्धवाट आधुनिक कविता सृजनाको क्षेत्रमा पाइला चालेका मिलनसार, सहयोगी स्वभावका धनी ब्यक्तित्व छविरमण सिलवाल साहित्यको उन्नयनमा निरन्तर लागेकै छन् । उनको लेखन जटिल र दुरुह छैन । सरल भावशैली र शिल्पमा सशक्त कलम चल्छ उनको । कविताको अलावा नियात्रा,लघुकथा तथा समालोचनामा पनि कलम उत्तिकै चलाउँने छविरमण विभिन्न साहित्यिक संंघसंस्थाहरुमा सक्रिय भूमिका सहित आवद्ध छन् । काभ्रेली माटोमा जन्मिएर राष्ट्रियस्तरमा चर्चित साहित्यकार सिलवालसँग उनको साहित्यिक जीवनका विभिन्न पाटा,नेपाली साहित्य,र काभ्रे जिल्लाको साहित्यको अवस्था लगायतका विषयमा प्रभातफेरी साप्ताहिकको निम्ति प्रदीप सापकोटाले गर्नुभएको कुराकानीलाई यहाँँ प्रस्तुत गरिएको छ ।)

१. सन्चै हुनुहुन्छ ?
– संसारै विसञ्चो भएको बखतमा पनि सञ्चै हुनु यो हाम्रो अहोभाग्य हो ।

२. आजकालको दिनचर्या कसरी वितिरहेछ ?
– हिजो जसरी चलेको थियो, आजकल पनि त्यसरी नै वित्दैछन् दिनहरु । कार्य व्यस्तता यो सधैको एउटा नियमित कार्य नै हो ।

३. आजकल केमा कलम चलाउदै हुनुहुन्छ ?
– नियात्रा तथा कविताका पुस्तक निकाल्ने सोचमा बनाउदैछु । त्यसैले कलम यिनै विधामा चलिरहेका छन् ।

४. तपाईको साहित्य तर्फको लेखनीको; प्रारम्भ कसरी भयो ? र साहित्य लेखनमा प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– दुःखबाट छुटेका मुलहरु हुन मेरा सिर्जना यात्रा । दुःख र पीडाका पहाडहरु नै मेरा साहित्य लेखनका प्रेरणाका स्रोतहरु हुन् ।

५. तपाईंलाई मनैदेखि मन पर्ने साहित्यकार ?
– साहित्यकार सबै मेरा प्रिय पात्रहरु हुन् । वस् केही सर्जकहरुका स्वार्थीपनबाट भने दिक्क भइन्छ ।

६. साहित्यको क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा जस्तै अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ? यस बारे तपाईंको विचार ?
– अबस्य छ, यो सब राजनीतिक धारका कारणबाट भएको हो । पार्टीको झोला बोकेर तथा पार्टीको कोटाबाट बनेका साहित्यकार तथा साहित्यले अरु के नै गर्न सक्छ र ? मेरो विचारमा साहित्यकार सँधै सत्ताको विपक्षमा उभिएर उनीहरुलाई सजग गराउँनुपर्छ जस्तो लाग्छ । तर, हाम्रोमा यसको उल्टो छ । अनि जनमानसले साहित्य तथा साहित्यकारलाई नपत्याउँने कारण यो पनि हो ।

७. काभ्रेली साहित्यको वर्तमान अबस्था र भावी दिनको आँकलन कसरी गर्न सकिन्छ ?
– काभ्रेली साहित्यको वर्तमान अवस्था अत्यन्त राम्रो छ । साप्ताहिक पत्रिकाहरुले पनि साहित्यलाई माया गरेका छन् । नयाँ साहित्यकारहरु उदाउने क्रम जारी छ । यो राम्रो पक्ष हो । अर्को कुरा एउटा साहित्यकारले अर्को साहित्यकारलाई माया र सम्मान गर्नसके झन सुनमा सुगन्ध हुने थियो । आजकल साहित्यमा स्वार्थीपनको बढी नै हावी भएको देखिन्छ । म यही भन्न चाहन्छु कि तपाई साहित्य लेख्नु हुन्छ भने स्वार्थबाट माथि उठेर लेख्नुस, समाज बदल्न लेख्नुस्, राजनीतिज्ञहरुलाई मार्गनिर्देशन गर्ने बाटो बनाउँनुस् । यति भयो भने हामीले लेखेको साहित्यले सबैको सम्मान पाउँन सक्छ ।

८. तपाईको नेतृत्वमा काभ्रेली साहित्य समाजका धेरै गतिविधि अघि बढेका थिए अहिले त्यो समाज कहाँ छ ? काभ्रे जिल्लामा च्याउ झै साहित्यिक संघ सस्था खुलेका छन नि ? तिनीहरुको भुमिकालाई कसरी लिनुभएको छ ?
– हामीले काभ्रेली साहित्य समाज खोलेका थियौ । अहिले यो संस्था सुसुप्त अवस्थामा छ, हामीले केही नयाँ र राम्रा कामहरुको थालनी गरेका थियौ । अबका दिनहरुमा हामी पुनः सक्रिय हुन्छौ । अर्को कुरा साहित्यिक संघसंस्था खुल्नु नराम्रो होइन । साहित्यको संवृद्धिका लागि नै खुलेका हुन् । अक्षरको सेवाका खातिर खुलेका हुन् । तर त्यहाँ फोहोरी खेल हुनु भएन । साहित्यलाई व्यापारमा परिणत गर्नु भएन । विशुद्ध साहित्यको सेवामा रहने संस्थाहरु जतिनै भए पनि केही हुन्न ।

९. यहाँको साहित्यमा प्रबेश कवितावाट आरम्भ भएको देखिन्छ । मुक्तक, नियात्रा, लघुकथामा पनि कलम चलेको पाइन्छ । समिक्षामा पनि कलम उत्तिकै चल्छ । अब यहाँको कुन बिधाको कृति आउदैछ ?
– मैले माथि नै उल्लेख गरिसकेको छु । मेरा दुई कृतिहरु कविता र नियात्रा तत्कालै प्रकाशनमा आउँदैछन् । म साहित्यकार होइन साहित्यसेवी हुँ । मैले पढेका कृतिहरुलाई लेखोटको रुपमा राखेकोमात्र हुँ । समय मिलेसम्म म साहित्यका हरेक विधामा लेख्ने गर्छु । तर मलाई लेखनीमा आनन्द चाहिँ कविता विधामै हुन्छ ।

१०. अन्त्यमा ,के भन्न बाँकी भए ?
– स्वार्थी साहित्य नलेखौ । पुरस्कार सम्मानलाई लेनदेन नगरौं । साहित्य लेख्नेले आफ्नो चरित्र पनि स्वच्छ राखौं । एकले अर्कालाई सम्मान दिन सिकौ । पुस्तकहरु धेरै पढौ र थोरै लेखौ तर गुणस्तरमा ध्यान दिएर लेखौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0