Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओमीक्रोनको नाउमा शैक्षिक संस्थालाई निमोठ्ने कार्य बन्द गर

प्रभातफेरी अनलाइन ६५९ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २७, मंगलबार (४ साल अघि)
Post Thumbnail

कोरोना भाईरसको नाउमा पटक पटक भएको लकडाउनले शैक्षिक क्षेत्र तहस नहस भएको छ । लगातार तीन बर्षसम्म शैक्षिक क्षेत्र बन्द हुंदा यो समयमा शिक्षा हासिल गरेका विद्यार्थीहरुले गुणस्तरिय शिक्षा हासिल गर्न सकेका छैनन् । सामान्यतया परिक्षाको आधारमा प्रमाणपत्र उलब्ध गराएर उत्रिर्णको उपाधि दिएपनि उनिहरुमा जे जति ज्ञान हुनुपर्ने थियो सो हुन सकेको छैन । तीन बर्षको अवधिमा शैक्षिकसंथाबाट जे जति जनशत्ति उत्पादन भयो सो उत्पादनले मुलुकमा साथै सेवा दिन सक्ने संभावना कमै रहेको छ । कोरोनाको महांमार िफैलन नदिने नाउमा पहिलो निसाना विद्यालयलाई गरिन्छ । बिद्यालय बन्द गराएर अनलाईन शिक्षाको नाउमा ठुलो धनरासि खर्च गर्दै विद्यार्थीहरुलाई मोवाईलतर्फ आकर्षण गराउने कार्य गरियो ।
अनलाईन शिक्षाको नाउमा जे जति खर्च गरियो सो बाट विद्यार्थीहरुमा खासै उपलब्धिहरु हुन सकेको छैन । जुन ढंगको शिक्षाबाट सुगम स्थानमा वसोवास गर्ने सुबिधा सम्पन्न परिवारका बालबालिकाले मात्रै केही मात्रामा शिक्षा हासिल गर्ने अवसर पाए । ग्रामिण बस्तिमा बसोवास गर्ने गरिविको रेखामुनि रहेका बालबालिका शिक्षाहासिल गर्ने अवसरबाट बञ्चित हुन पुगे । अवलाईन शिक्षाको नाउमा खर्च भएको करोडौं रकम दुरुपयोग भयो । जुन कार्यबाट कतिपयले दोहोरो ढंगबाट फाईदा असुल्दै मौकामा चौका हान्ने कार्य भयो । सम्बन्धित निकायले नेपालमा उत्पादन हुने शैक्षिक जनशक्ति सक्षम साथै गुणस्तरिय शिक्षा हासिल गरेको हुनुपर्छ भन्ने बिषयमा चासो दिनुको बदलामा विद्यालय बन्द गराउने कार्यलाई प्राथमिकता दिईयो ।
जव मुलुकमा कोरोना भाईरस संक्रमणले गति लिन्छ तब पहिलो निसाना विद्यालयलाई गरिन्छ । विद्यार्थीहरुलाई ठुलै हाउगुजि देखाएर बिद्यालयमा आउने वातावरण बन्द गरिन्छ । विद्यार्थीहरुलाई सहज साथै सुरक्षीत ढंगबाट शिक्षा हासिल गर्ने वातावरन बनाउनुको बदला दवाव दिएर विद्यालय बन्द गराउने कार्यले भविस्यका कर्णधार अन्धकार तर्फ धकेलिदै छन् । विद्यालय संञ्चालनको लागि कोही तयारी भएमा चौतर्फि ढंगबाट दवाव दिएर बन्द गर्न बाद्ध पार्ने गरेको छ । मु्लुकको कुनै एक कुनामा कोरोनको महामारी धेरै फैलिएको नाउमा देशैभरको शैक्षिक संस्था बन्द गर्नु सान्दर्भीक रहन्न । सिंहदरवारको अधिकार स्थानिय तहलाई भन्ने नारा छ तर व्यवहारमा छैन । कुनै स्थानिय तहमा कोरोना संक्रमण छंदै छैन भने सो स्थानिय तहमा रहेको विद्यालय केन्द्रिय सरकारको आदेसमा बन्द गर्नुपने कार्य भनेको केन्द्रिय सरकारको हस्तक्षेप हो ।
महामारी नफैलिएको स्थानिय तहमा विद्यालय संञ्चालन गर्ने अधिकार स्थानिय तहलाई हुन जरुरी रहन्छ । स्थानिय तहले अनुगमन साथै अध्ययन गरी विद्यालयहरु बन्द गर्ने वा संञ्चालन गर्ने अधिकारलाई हस्तक्षेप गर्नु राम्रो होईन । कुनै विद्यालय संञ्चालन भईरहेको छ भने उक्त विद्यालय संञ्चालनगर्नेलाई हौसला साथै सहयोग गर्नुको बदला स्थानिय तहमा रहेको शिक्षा शाखाले दवाव दिदै बन्द गराउने कार्यले नकारात्मक संकेत दिएको छ । तीन बर्षको अवधिमा शैक्षिक क्षेत्रलाई जुन ढंगबाट तहसनहस गराउने कार्य भयो त्यसले गर्दा भाविदिनमा नेपाललाई आवस्यक पर्ने शैक्षिक दक्ष जनशक्ति अन्तराष्ट्रबाट ल्याउनु पर्ने वातावरन हुनेमा दुईमत छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0