Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

१० वर्षे जनयुद्धको जति नै सकारात्मक चर्चा गरेपनि अपुग रहन्छ ः अध्यक्ष श्रेष्ठ

प्रभातफेरी अनलाइन ३३५१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार (४ साल अघि)
१० वर्षे जनयुद्धको जति नै सकारात्मक चर्चा गरेपनि अपुग रहन्छ ः अध्यक्ष श्रेष्ठ

काभ्रे । “नो एमसिसि” “एमसिसी चाहिँदैन देश बेच्न पाईदैन” नाराका साथ २७औं जनयुद्ध दिवसका बारेमा प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्र बनेपा नगर पार्टी कमिटी अध्यक्ष सुरेन्द्र श्रेष्ठले मुलुकमा परिवर्तनको लागि १० वर्षे जनयुद्धको योगदानका बारेमा जति नै सकारात्मक चर्चा गरेपनि अपुग रहने बताउनुभएको छ । १० वर्षे जनयुद्धले विशेष गरी मुलुकलाई स्वतन्त्र र स्वाधिन राष्ट्रको रुपमा स्थापित गरेको आफूले पाएको बताउनुहुँदै शोषित, पिडित, मुक्तिकामी जनताले राहत महसुस गर्ने दिनका रुपमा लिन सक्छौं । १० वर्षे जनयुद्धले विशेष गरी नेपाली महिलाहरुका हक अधिकारलाई सुरक्षित मात्र गरेन, स्थापित हुनका लागि एउटा साधनको रुपमा आएको महसुस गरेको बताउनुभएको छ ।
हिजो मान्छे देख्दा भाग्ने हाम्रै चेलीबेटी हुन् तर आज एसएलआर जस्ता अत्याधुनिक हतियारसँग हातेमालो गर्न तयार छन् । यसलाई जनयुद्धको प्रभावका रुपमा लिनुपर्छ । आज कुममा कुम जोडेर समानताको लडाईंमा सँगै जाने हैसियत राख्छन् । त्यो के ले ग¥यो ? १० वर्षे जनयुद्धले ! प्रत्येक निकायमा समावेशी र समानताले स्थान पायो, जसका कारण आज लाखौं महिलाहरु चुलोचम्कोबाट माथि उठ्ने हैसियतमा पुग्नुभएको छ । त्यसैले द्वन्द्वमा के भए होइन, त्यसले के दियो, त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । त्यो १० वर्षे जनयुद्धबाट प्राप्त सीमित अधिकारहरुलाई संस्थागत गर्दै त्यसको सुरक्षा र प्रवद्र्धनमा लाग्नुपर्ने आजको आवश्यकता भएको छ । यदि हामीले यो परिवर्तनलाई कमजोर सम्झियौं भने त्यो महान् भुल हुनेछ । आज प्रत्येक निकायमा महिलाको समान हैसियत, जनजाति आदिवासीको समान हैसियत, दलितको समान हैसियत कहाँबाट प्राप्त भयो ? एक पटक गम्भीर भएर आफूलाई अग्र दस्ताको रुपमा उभ्याउन चाहने नेपाली कांग्रेस र नेकपा एमाले लगायतका शक्तिहरुले मनन् गर्न आवश्यक छ ।
यदि हामीले यसतर्फ गम्भीर रुपमा समीक्षा गरेनौं भने मानव इतिहासकै भुलका रुपमा पछुताउनुपर्ने हुन्छ । त्यसैले जनयुद्ध दिवसलाई कर्मकाण्डीको रुपमा नभई एउटा उर्जाशील र परिवर्तनको उर्वरा दिनको रुपमा हामीले स्थापित गर्न आवश्यक छ । जुन दौरानमा झण्डै १७ हजारले आफ्नो जीवन आहुती गरे, ति योद्धाहरुप्रति सम्मान गर्ने हो भने हाम्रो यो कर्मकाण्डीलाई परिवर्तनमुखीका रुपमा अगाडि लैजान आवश्यक छ । आज मुलुक संगीन अवस्थामा पुगेको छ । यो अवस्थामा मुलुकलाई पु¥याउने अरु कोहि नभएर पुर्नरुत्थानवादी कम्युनिष्टका खोल आढेकाहरु, परिवर्तनका खोल ओढेकाहरु नै हुन् । जसले मुलुकलाई साम्राज्यवादीहरुको पोल्टामा सुम्पिन खोजिरहेका छन् । त्यसैले तमाम परिवर्तनकारी शक्तिहरु एक ठाउँमा जुटौं र एमसिसिका विरुद्ध खुलेर प्रतिवाद गरौं । नेपाली आमाको काखमा साम्राज्यवादीहरुको परेट खेल्ने अखडा बन्न दिनुहुन्न भन्ने सन्देश पनि यो २७औं जनयुद्ध दिवसले दिनुछ ।
जुन घटनाक्रमहरु सिर्जना भएका छन्, ति घटनाक्रमको दोषी अरु कोहि नभएर हामीभित्रकै अवसरवादीहरु नै हुन् । उनीहरुले आफ्नो अनूकुलतामा मुलुकलाई बन्धक बनाउन खोजिरहेका छन् । तसर्थ, तमाम न्यायप्रेमी जनसमुदायसँग नेकपा माओवादी केन्द्र आग्रह गर्न चाहन्छ, हिजो के–के भए त्यसको समीक्षा बसेर गरौंला तर यो मुलुकलाई यो संकटबाट टार्नको लागि एक भएर आन्दोलनका आँधीबेरी सिर्जना गरौं र अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध जेद्धा छेडौं । उसले कहिल्यै पनि नेपालप्रति गिद्दे दृष्टि लाउन नसक्ने गरी नेपाल आमाका छोराछोरीहरु आवश्यक परे फेरि एकपटक बलिदान दिन तयार रहौं । यहि नै मेरो २७औं जनयुद्ध दिवसको शुभकामना रहनेछ भन्नुभयो ।
नेकपा माओवादी केन्द्रसँग आस्था जोडिएका विभिन्न जनवर्गिय संगठन र नेकपा माओवादी केन्द्रले आजभन्दा २७ वर्ष अगाडिको फागुन १ गतेको स्मरण गर्दै दीप प्रज्जवलितका साथ जनयुद्ध दिवस मनाएका छन् ।
सर्वहारा वर्गको नेतृत्व गर्दै विद्रोह गरेको दिन र गणतन्त्र प्राप्तिको निम्ति आफ्नो शरीरलाई बलिदान दिनुहुने ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महान् जनयुद्धको २७औं वार्षिक उत्सव भूगोलअनुसारका कार्यक्रम गरेर सम्पन्न भएका छन् ।
माओवादी केन्द्र बनेपा नगर कमिटीको आयोजनामा आइतबार चारदोबाटोमा दीप प्रज्जवलित गरेर २७औं जनयुद्ध दिवस सम्पन्न गरेको छ । कार्यक्रमलाई नगर अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । यसैगरी २७आंै जनयुद्ध दिवस काभ्रे जिल्लाका १३ वटै स्थानीय पालिका कमिटीले सम्पन्न गरेको समेत जानकारी सो अवसरमा गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0