Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सोचमा भर पर्छ, के गर्ने, के नगर्ने ?

प्रभातफेरी अनलाइन २९६५ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)
सोचमा भर पर्छ, के गर्ने, के नगर्ने ?

काभ्रे । गत हप्ता यही स्थानमा जुन समाचारलाई हामीले स्थान दिएका थियौं, त्यही समाचारको सकारात्मक प्रभाव मान्नुपर्छ जसले सकारात्मक चाहना भएका मानवका लागि झस्काउने काम ग¥यो । देख्दा सानो सामान्य लाग्ने तर त्यो नै जीवनको महत्वपूर्ण पाटो बनिदिँदै आएको छ । जसले हप्तैपिच्छे सुन्नुपर्ने मृत्युका समाचारहरुलाई पूर्णविराम लगाइदिएको छ भन्दा अनौठो लाग्ला ।
डिभाइडरमा प्रयोग हुने स्टिकर, डोरी देख्दा र सुन्दा सामान्य होइनन् र ? तिनको सही प्रयोग बिना कतिको अकाल मृत्युवरण भएका खबरले हामीलाई आघात पु¥याएको छैन त ? हो, देख्दा, सुन्दा सामान्य लाग्ने तिनै वस्तु सञ्जीवनी बन्न पुग्छन् । हप्तामा दर्जनौं दुर्घटनाका समाचार हाम्रै आँखा अगाडि नबनेका हैनन् । जब समाचार फैलिन्छ समाचारको गहिराइमा जान खोजिन्छ । तब कसैमा मानवीय भावनाको विकास पनि हुन्छ । जसको प्रतिबिम्ब बनेर नेतृत्व गर्ने क्षमता कमैले राख्छन् । दुर्घटना न्यूनिकरणका लागि चासो बढ्छ । “जहाँ समस्या त्यहाँ समाधान” भनेझैं हाम्रा सामु जिज्ञासा लिएर युवा व्यवसायी सवरकुमार प्रजापति आइपुग्छन्, हामीलाई अनौठो लाग्छ । बनेपामा यस्ता मानवीय भावना भएका मान्छे नि छन् ! हामीमा एक प्रकारको खुल्दुली र उत्सुकता पैदा हुन्छ । हामी एकपटक सोच्न बाध्य भयौं, यो त व्यापारिक नगरी यहाँ कसलाई सामाजिक सेवाको समय मिल्छ र भन्ने अन्यौलतामा थियौं हामी तर ति सबै निराधार हुन पुगेका छन् आज ।
सामान्य भलाकुसारीपछि केही प्रयासको आश्वासन दिएर फर्किनुभयो । हामीमा विश्वास त्यति धेरै जागेको त होइन । किनकी यस्ता आश्वासनहरु हाम्रासामु खात लागिसकेका थिए तरपनि स्वीकार्नुको विकल्प पनि त थिएन । संजोग ! हाम्रा ति आशंकाहरु केही घण्टामै निरिह सावित भए । त्यसपछि बनेपा नगरले आफ्नो उपस्थिति दह्रो रुपमा देखायो । जसका कारण आज सडक पेटीहरु बटुवाका लागि सहज बनेका छन् । बनेपाको मुटु दीप बिना जल्दैछ । डिभाइडरमा टाँसिएका स्टिकरदेखि रंगरोगनले सजिँदै छ पुलबजारदेखि तरकारी बजारसम्मको मूल सडक । जसको लेखाजोखा गर्ने हो भने हिजो सयौंलाई मृत्युमा डोहो¥याउने एउटा साधकी बनेको थियो । कतिलाई अंगभंग बनायो ।
अब यि सबै घटनाहरु दन्तेकथाका रुपमा भावी पिढिंले पढ्नेछन् भन्ने अपेक्षा हामीले राखेका छौं । त्यसको अलावा ट्राफिक व्यवस्थापनमा आएको आमूल सुधार जिल्ला ट्राफिक कार्यालय काभ्रेको एक्लो प्रयासले मात्र भएको पक्कै होइन । प्रजापतिजस्तै मानवीय भावना बोकेका तपाईं हामी समाजका अग्रज दस्ताहरुको ठूलो लगानी छ । हाम्रो समाजमा नपत्यारिला सामाजिक पात्रहरुको ठूलो भूमिका रहेको छ । जसको प्रेरणाले चारदोबाटोदेखि गोदामचोकसम्मको नो पार्किङ्ग (सवारी साधन रोक्न निषेध) को सफलतापछि मंगलबारबाटै बनेपाको अति व्यस्त व्यवसायिक क्षेत्रका रुपमा परिचित चारदोबाटोदेखि गणेशस्थानसम्म पनि नो पार्किङ्ग लागू गरिएको छ । यसलाई पनि सम्पूर्ण व्यवसायिक र सामाजिक अभियान्ताहरुको सहयोगले सरल र सहज बनाउनुहुनेछ । जसबाट एम्बुलेन्स यात्रा सहज बन्ने विश्वास पनि जिल्ला ट्राफिक कार्यालयले राखेको छ ।


यि अभियानलाई चौतर्फी रुपमा सकारात्मक ढंगबाट प्रवाह गर्न तत् तत् निकाय र सरोकारवालाहरु लागिपर्नु भएको छ । त्यसका लागि हाम्रो अभियान ठिक रहेछ भन्ने महसुस गरेका छौं । हुन त काभ्रे जिल्ला आफैंमा एउटा पहिचान बोकेको जिल्ला पनि हो । यहाँ तलदेखि माथिसम्म राजनीतिक दखल दिनसक्ने हस्तीहरु नभएका होइनन् तर उहाँहरुलाई यि साना कुराहरुले कस्तो प्रभाव पार्छ भन्ने बारेमा सुसूचित गराउन नसक्नु हाम्रो पनि कमजोरी हो । जुन एउटा सामान्य नागरिकले चाहँदा त यति परिवर्तन हुन सक्दो रहेछ भने आफूलाई उपल्लो दर्जा दिनेहरुले जिम्मेवारीलाई विधि संगत ढंगबाट उतार्ने हो भने कुनै पनि क्षेत्रमा परिवर्तन टाढा छैन भन्ने सन्देश दिन सकिन्छ भन्ने उदाहरण यस उपलब्धीबाट लिन सकिन्छ भन्नुहुन्छ जिल्ला ट्राफिक कार्यालय काभ्रे प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठ । यि सामान्य लाग्ने विषयवस्तुलाई नागरिकस्तरबाट सम्बोधन भइरहँदा अति व्यस्त सडकमा सडक बत्ती नहुँदाको पिडा पोखेर पनि त अर्थ नराख्ला, फेरि पनि सम्बन्धित वडा कार्यालयले आ–आफ्नो क्षेत्रमा यसतर्फ चासो राखिदिने हो भने सडक दुर्घटनादेखि रातको समय हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुनेछ भन्ने विश्वास नागरिकले राखेका छन् ।
यसैबिच नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने प्रेसर हर्नतर्फ कडाइ नभएको हो कि भन्ने गुनासाहरु बढ्दै छन् । त्यसतर्फ जिल्ला ट्राफिक कार्यालय सजक रहेको पनि कार्यालय प्रमुख प्रहरी निरिक्षक श्रेष्ठको ध्यानाकर्षण भएको बताउनुभएको छ । राज्यले अख्तियार गरेको नीतिभित्र रहेर कुनै पनि अवाञ्छित गतिविधिहरुलाई नियन्त्रण गर्नु आफ्नो दायित्व रहेको समेत खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0