काभ्रे । आफू सरकारमा गएपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने दुई वटा काम मात्र भएको उर्जामन्त्री पम्फा भुसालले बताउनुभएको छ ।
कार्यकर्ता माझमा आफूले सम्हालेका मन्त्रालय अन्तर्गत कृषिको उत्पादनलाई परिणाममुखी बनाउने उद्देश्यसहित सिंचाईंमा खपत हुने विद्युत्को ५० प्रतिशत शुल्क सहुलियत दिएको बताउनुहुँदै निम्न आयस्तर भएका नागरिकहरुका लागि २० युनिटसम्म खपत गर्ने परिवारका लागि निःशुल्क सेवा प्रदान गरिएको बताउनुभएको छ । राजनीतिक, वैचारिक कार्यक्रममा आफ्ना भावनाहरु पस्किने क्रममा प्रमुख अतिथि मन्त्री भुसालले राजनीतिक परिवर्तन पछिको दोस्रो समावेशी यात्रामा आफ्नो उपस्थितिलाई दरो रुपमा प्रस्तुत गर्नुको साथै उपयोग गर्न पनि मन्त्री भुसालले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
जनयुद्ध एवं १९ दिने जनआन्दोलन पश्चात् मुलुकमा जुन व्यवस्था आयो, त्यसबाट नेपाली जनतामा के परिवर्तन भयो भन्ने सवालमा नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने प्रत्येक नागरिकले प्रश्न गर्नु स्वभाविक रहेको स्मरण गराउनुहुँदै समावेशी, संघीय राज्य संरचना अन्तर्गत हुन लागेको दोस्रो कार्यकालको निर्वाचनलाई युद्धको रुपमा लिँदै अगाडि जानुको विकल्प नभएको मन्त्री भुसालको तर्क थियो । समाजमा जहिलेसम्म वर्ग रहन्छ, त्यहिलेसम्म वर्ग युद्ध चलिरहन्छ । यसको दीर्घकालिन समाधान भनेकै समाजवाद उन्मुख राज्यसत्ता प्राप्ति नभएसम्म चलिरहन्छ । आज प्रत्येक सचेत प्राणीले बुझ्न आवश्यक छ, परिवर्तनका लागि अब दीर्घकालीन जनयुद्ध हुने छैन, त्यसैले इतिहासका गौरवशाली योद्धाहरु हौं, हामीमाझ लाग्ने गरेको असक्षमताको आरोप चिर्नु आजको आवश्यकता रहेको छ । जनतालाई लिपिबद्ध गर्ने काम हामी सबैको हो । यो सबै उपयोग गर्नका लागि स्थानयि सत्ता प्राप्तिको अर्काे माध्यम पनि नभएको हुँदा आसन्न ३० गतेको निर्वाचनलाई युद्धको अन्तिम परिणामको रुपमा लिँदै प्राप्त सीमित अधिकारहरुको संरक्षण गर्नु प्रत्येक माओवादी कार्यकर्ताको कर्तव्य हुन आउँछ । सिंहदरबारको अधिकार गाउँमै पाइन्छन् भन्ने प्रत्याभूति सर्वसाधारणले महसुस गराउनका लागि परिणाम आफ्ना पक्षमा हुन आवश्यक छ ।
हामीले संविधानको एक चरण पार गरेका छौं, जस अन्तर्गत स्थानीय तहअन्तर्गत वडा समितिमा न्यूनत्तम २ जना महिला, समावेशी ढंगबाट नेतृत्वमा पु¥याएका छौं । देख्दा सामान्य हो तर इतिहास केलाएर हेरौं, यसको महत्व कति छ । या पनि समावेशीको एउटा साधन हो । सामाजिक न्यायको विधिभित्र रहेर माओवादी एजेण्डालाई आत्मसाथ गर्ने हो भने आज लाखौं आमा दिदीबहिनीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेतृत्वमा पुग्नुभएको छ । त्यो कसको एजेण्डाबाट पुगेका हुन् जानकारी गराउन आवश्यक छ । उदाहरणका लागि हिजोदेखि संसदीय धरातलमा रमेका दलहरुले आज नचाहँदा नचाहँदै महिला, जनजाति, आदिवासी, दलितहरुलाई नेतृत्व सुम्पिन बाध्य भएका छन् । यो नै सशक्त उदाहरण होइन र ? जसको एजेण्डामा मुलुक अगाडि बढेको छ, उ नै नेतृत्वबाट बाहिर छ । एउटाको नेतृत्व अर्काेको नीति, बिडम्बना ! समावेशी संघीयता, धर्म निरपेक्ष लगायतका मुद्दाहरु त्यतिकै ओझेलमा पर्न पुगेका होइनन् । त्यसैले अब नेतृत्व खोसेर भएपनि लिन आवश्यक छ । तब मात्र जसको नीति उसैको निर्देशन कायम रहन्छ ।
दोस्रो चरणको संविधानको उपयोग र कार्यान्वन गर्ने जमर्काे सहित सामाजिक न्यायमा विरण प्रणालीलाई संस्थागत गर्नुछ, परिवर्तनलाई संस्थागत गर्नुछ, जनतालाई अपनत्व हुने किसिमले जानु छ, आन्दोलनमा आफ्ना छोराछोरी दिनुभएको छ वहाँलाई के दिने ? भन्ने बारेमा नेतृत्व गम्भीर हुन आवश्यक छ । त्यसैको एउटा खुड्किलो स्वरुप २० युनिट विद्युत् खपत गर्ने झण्डै २६ लाख घरले निःशुल्क विद्युतको उपयोग गरेका छन् । त्यसैगरी कृषिमा आत्मनिर्भर हुनका लागि प्रयोग हुने विद्युत्मा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन मंसिरबाटै भइसकेको छ ।
स्मरण रहोस्, निर्वाचन राजनैतिक पाटो हो । आर्थिक सामाजिक विकास, जनता सबैको खेतबारीमा सिंचाइ पु¥याउने छौं, प्रविधिको प्रयोग गर्दै आमूल परिवर्तनमा सामुहिक खेतीतर्फ आकर्षक गरौं, निर्वाचन जितेका भोलिपल्ट योजना कार्यान्वयन गर्न लागौं, आर्थिक विकास र न्यायोचित वितरण प्रणाली नमुना बनोस्, भू–क्षयको समस्या समाधान हुनेगरी योजना ल्याउनुस् र काभ्रेको कोखाजोर खोलामा निर्माण हुन लागेको हाइड्रोपावरको शेयर काभ्रेली जनताले पाउनेछन् । त्यति मात्र होइन, सुनकोशी–३ मा पनि काभ्रेलीको शेयरमा हक रहनेछ भन्नुहुँदै काभ्रेका विकट बस्तीहरुमा रहेका नागरिकहरुका लागि विद्युतीकरण अन्तर्गत लाइन तानिसकेका घरहरुमा तत्कालै हजारौं मिटरहरु निर्वाचन अगावै जडान हुने उद्घोष मन्त्र भुसालले कार्यक्रममा जनाउनुभएको छ ।
कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री सुर्यमान ढोङ्ग “लालध्वज” ले आन्दोलनबाट प्राप्त सीमित अधिकारको रक्षाका लागि निर्वाचन जित्नुको विकल्प नरहेको उद्घोष गर्दाै आसन्न निर्वाचनमा माओवादीको हैसियत प्रतिगमनको नाइके ७० करोडले चाल पाउने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरलसहयात्री पौडेलको तर्क थियो– रोलकार सिस्टमबाट प्रशिक्षण दिने क्रममा अहिलेको अवस्थामा हार्ने छुट महाभारत गाउँपालिकालाई नरहेको उद्घोष गर्दै माओवादी लालकिल्लाको रुपमा स्थापित गर्नुछ । संसदीय अभ्यासको दोस्रो चरणमा छौं । त्यसैले मेहेनत आवश्यक छ, युद्धको नीतिलाई अनुशरण गरेर जान आवश्यक छ । संवेदनशील विषयमा सबै विमतीहरु पैतालमुनि राखेर यस प्रदेशमा रहेका १ सय १९ वटा पालिका मध्ये ५० जित्ने लक्ष्यमा छौं । स्मरण रहोस्, भिडले लडाइ लड्दैन, काबिल सिपाइले मात्र युद्ध जित्छ । आज हाम्रा सामु निर्वाचन जित्नु छ । काविल सिपाहीको हैसियतमा जुट्नुस्, भाषणले निर्वाचन जितिन्नँ, घरमा गर्ने कुरा र मञ्चमा गर्ने कुरा फरक हुनुपर्छ, ठोस स्थितिमा ठोस निर्णयमा जानुपर्छ । अन्तर्विरोधलाई स्थगित गर्दै निर्वाचन केन्द्रिकृत कमाण्डमा सरिक होऔं र यो युद्ध जित्नुको विकल्प माओवादीसँग अर्काे छैन ।
पार्टी कमिटी बिनाको विकासको अर्थ छैन, संस्थागत मोडल बनाएर जानुको विकल्प छैन, संस्थागत बनौं । प्रत्येक कार्यकर्ता माओवादीको मूल्य र मान्यतामा बसौं । यहि २६ गतेभित्र वडाहरुको निर्णय हुन जरुरी छ । निर्देशिका भन्दा बाहिर नजाऔं, जसरी पनि चुनाव जित्नु छ, जनयुद्धमा जनताका माझ बाँडिएका सपनाहरु पूरा गर्नुछ । त्यसैले यो या त्यो नभनी निर्वाचनमा होमिन नेता पौडेलले कार्यकर्तालाई निर्देशनात्मक रुपमा अपिल गर्नुभएको छ ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश समितिका सचिव इन्द्र बहादुर थिङ छिन्ताङको जोड थियो– जसरी नि जित्नु छ चुनाव । महाभारत मात्र होइन, काभ्रेका अधिकांश पालिकामा माओवादीले यसपटक धावा बोल्ने नै छ । काभ्रेली जनताले माओवादी नेतृत्वको अपेक्षा गरेका छन् । त्यसमध्येमा पनि महाभारत गौरवको विषय बन्न पुग्नु स्वभाविक हो । महाभारतमा रहेका अधुरा योजना पूरा गर्नका लागि पनि जित्नुको विकल्प छैन भन्नुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको आग्रह थियो– जसको नीति उसैको नेतृत्व हुन आवश्यक छ । तबमात्र १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त सीमित अधिकारहरुको रक्षा हुन सक्छ । त्यसैले पनि यस पटक निर्वाचनलाई युद्धको संज्ञा दिँदै होमिनुको विकल्प नभएको बताउनुभएको छ ।
विजय मोक्तानको आग्रह थियो– पहिचान सहितको संघियता आजको आवश्यकता हो, संघियता नचाहनेहरु कुर्लने दिनको अन्त्य गर्नकै लागि माओवादीले जित्नुछ । कार्यक्रममा सुजन लामा, प्रदीप योन्जन, कान्छामान जिम्बा, रविन मोक्तान, कान्छालाल जिम्बा (संसार), रिजन मगर र संगम मोक्तान लगायतका नेताहरुबाट आजको आवश्यकता र माओवादीको औचित्यता कार्यक्रममा प्रष्ट्याएका छन् ।
कार्यक्रम महाभारत गाउँपालिका उपत्यका सम्पर्क समितिद्वारा बनेपामा आयोजित गरिएको वैचारिक तथा राजनीतिक प्रशिक्षणका क्रममा व्यक्त अभिव्यक्तिहरुलाई सम्बोधन गरिएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |