Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १०, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य बीमाका सेवाग्राहीप्रति अस्पतालको चासो कम

प्रभातफेरी अनलाइन ७८७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ४, बुधबार (३ साल अघि)
स्वास्थ्य बीमाका सेवाग्राहीप्रति अस्पतालको चासो कम

काभ्रे । धुलिखेल अस्पतालले लापर्वाही गर्दा सर्वसाधारण सेवाग्राहीहरु मर्कामा परेका छन् । स्वास्थ्य विमाको सेवाग्राहीहरु संकलन गर्ने तर जनशक्ति नथपेर सहज ढंगबाट सेवा प्रदान नगर्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
विमाको समय सकिएर नबिकरण गर्नेहरुको सुचि दर्ता समेत समयमा नगराउँदा उपचारको लागि अस्पताल पुगेका सेवाग्राहीहरुले उपचार गराउने कार्यमा जुट्नु भन्दा पनि दिनभर लगाएर नविकरणको सुचि दर्ता गराउने कार्यमा जुट्नु पर्दा समयमा उपचार गराउने कार्यमा समेत बञ्चित भएका छन् ।
विगत केही बर्षदेखी बिभिन्न खाले विवादमा मुछिदै आएको अस्पतालले एक पछि अर्को कमजोरीहरु गर्दै आएको जिल्लावासीहरुको गुनासो रहेको छ । उपचारका लागि अस्पताल पुगेका सर्वसाधारण विरामीहरुलाई वास्तै नगर्ने साथै स्वास्थ्यकर्मीहरुको दुव्र्यवहारले सेवाग्राहीहरु आजित भएका छन् ।
सम्पन्न परिवार साथै सोर्स फोर्सको आधारमा अस्पतालले राम्रो सेवा दिएपनि सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेका छन् । स्वास्थ्य विमाको जिम्मा लिएको धुलिखेल अस्पतालले विमाबाट उपचार गराउन जाने विरामीहरुले सामान्य उपचार गराउन हप्तौ कुर्नुपर्ने बाध्यता छ । झन्झटिलो प्रकृया साथै सिकारु स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न हुंदा थप समस्या हुने गरेको सेवाग्रहीहरुको भनाई रहेको छ ।
आईतबार पनि त्यस्तै खाले घटनाले निकै चर्चा पाएको छ, काभ्रे पाँचखालका आदित्य कुमारको एक्कासि पेट दुखेर निकै पिडा भएपछि हतार हतार धुलिखेल अस्पताल पु¥याईयो । आदित्यलाई निकै समस्या भएपछि समाजसेवी दिलवहादुर श्रेष्ठले तत्काल अस्पतालमा पु¥याएर उपचारको लागि पहल गर्नुभयो । उपचारको क्रममा एक्स–रे नगरी रोगको पहिचान हुन नसक्ने भन्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीले सल्लाह दिएपछि एक्स–रेको लागि भुक्तानि गर्नजाँदा ३० दिनपछि मात्रै पालो आउने जानकारी पाएपछि समस्या खडा भयो ।
छटपटिई रहेका विरामीको ३० दिनपछि मात्रै रोगको पहिचान हुने भएपछि दिलबहादुर निकै आत्तिदै अन्य अस्पतालमा लाने तरखरमा लाग्नुभयो । विरामीलाई खतरा हुन सक्ने आशंङ्कामा श्रेष्ठलाई थप पिडा भयो—श्रेष्ठले भन्नुभयो । विरामीको रोगको पहिचान तत्काल गर्न नसके खतरा हुने भन्दै बनेपा नाला दोवाटो स्थित बनेपा अस्पतालमा तत्काल पु¥याएर रोगको पहिचान गरी उपचार गरियो ।
बनेपा अस्पतालमा तत्काल उपचारको थालनी गरी रोगको पहिचान भएकोले विरामी खतरा मुक्त भए । अस्पताल स्वास्थ्यसँग सम्बन्धित अत्यन्त संवेदनशील स्थान हो । त्यस्तो स्थानमा रहने स्वास्थ्यकर्मीहरुको दुव्र्यवहारका कारण समयमा उपचार नहुने हो भने बिरामीको अकालमा ज्यान जानपनि सक्ने अस्पताल परिवारले बताएको श्रेष्ठले दाबी गर्नुभयो ।
विरामीको उपचारमा संलग्न श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुको दुव्र्यवहारले गर्दा विरामीको उपचार हुनुभन्दा पनि थप विरामी हुनेछन् । उहाँले थप्नुभयो— म विरामीको छिटो भन्दा छिटो उपचार गराउने कार्यमा दौडधुप गर्दै थिए, मलाई एक्कासी अस्पतालको बाहिरी भागमा भेटिएकी स्वाथ्यकर्मीले अपशब्द बोल्दै हिँड्नुभयो म नाजवाफ भएँ ।
सो सम्बन्धमा अस्पतालका सूचना अधिकृत एवं डा. रमेश माकजूको प्रतिक्रिया थियो– स्वास्थ्य क्षेत्रमा यस किसिमको लापरवाही आफैंमा क्षम्मे छैन । यदि समाचारमा आएजस्तो हो भने अस्पताल गम्भीर छ र सो सम्बन्धमा अनुसन्धान अगाडि बढ्नेछ, पिडित पक्षले अस्पतालमा आएर सम्पर्क गरेर घटनाका बारेमा जानकारी गराइदिन आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0