Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुलुक समृद्ध बन्नको लागि नागरिक शिक्षित हुनुपर्छ ः पूर्व राष्ट्रपति

प्रभातफेरी अनलाइन ७७३ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
मुलुक समृद्ध बन्नको लागि नागरिक शिक्षित हुनुपर्छ ः पूर्व राष्ट्रपति

काभ्रे । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाल भोकेसनल सेन्टर अन्तर्गतको बहुउद्देशीय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समृद्ध मुलुक बन्नका लागि त्यस मुलुकका नागरिकहरु शिक्षित हुनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवको थप कथन थियो– शिक्षित नागरिक नभए राष्ट्र विकास नहुने बताउँदै देशमा शिक्षित र दक्ष जनशक्ति तयार गर्न भोकेशनल ऐकेडेमीले विगतदेखि अनुकरणीय योगदान दिइरहेको बताउनुभएको छ । जहाँ शिक्षित नागरिक हुँदैन, त्यो राष्ट्र विकास हुँदैन । यस ऐकेडेमीले युवाहरूलाई शिक्षित र दक्ष बनाउने छ भन्ने विश्वास आफूमा रहेको समेत डा. यादवले बताउनुभएको छ ।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको तर्क थियो– भोकेशनल ऐकेडेमीले पनौती क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुहुँदै दक्ष जनशक्ति उत्पादनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । पनौतीको पहिचानलाई विश्वसामु स्थापित गराउने जमर्काे सहित सुरु भएको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने महान् लक्ष्यका लागि आवश्यक पर्ने कला, संस्कृति पहिचानका लागि ऐकेडेमीको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै यस्ता उद्देश्य राखेका संघसंस्थाहरुका लागि नगरपालिकाको ढोका सदैव खुल्ला रहने र नगरबाट हुनसक्ने जुनसुकै किसिमको सहयोग समेत दिन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सो कार्यक्रममा ऐकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध नेपाल भोकेसनल एकेडेमी एक सेवामूलक संस्था भएको उल्लेख गर्नुहुँदै नेपाल भोकेसनल एकेडेमी, एक सेवामूलक नाफारहित संस्था हो जसको मुख्य उद्देश्य भन्नु नै अहिलेका युवा जमातलाई तालिम दिई रोजगारी प्रदान गर्नु हो । वर्तमान परिवेशलाई मध्यनजर राख्दै हामीले विशेषत परम्परागत घर निर्माण सम्बन्धि दक्ष जनशक्तिको उत्पादनमा विशेष जोड दिएका छौं । विगत केही वर्ष देखि आधुनिक सुविधा सम्पन्न परम्परागत घरको माग बढदै गईरहेको छ जसले गर्दा दक्ष कामदारहरुको माग पनि बढ्दै गईरहेको छ । झन् २०७२ सालको भुकम्प पश्चात त दक्ष कामदारहरुको माग एकदमै बढेको छ । सोही तथ्यलाई मध्यनजर गर्दै दक्ष जनशक्ति उत्पादन गरी देशमा चुलिदै गएको बेरोजगारी समस्यालाई केही हदसम्म भएपनि समाधान गर्ने उद्देश्यको साथ नेपाल भोकेशनल एकेडेमीको स्थापना भएको बताउनुभएको छ ।
सम्बोधनकै क्रममा अध्यक्ष पुरीको थप कथन थियो– प्रतिष्ठानले पनौतीमा सन् २००२ साल देखि तालीम संचालन गरिरहेको कुरा पनि अवगत गराउँदछु । ऐकेडेमीले हरेक बर्ष साठी देखि सत्तरी जना सम्म डकर्मी, सिकर्मी, लौहकर्मी लगायतका ६०–७० जना दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ र उक्त जनशक्तिलाई रोजगारीको पनि ग्यारेन्टी गरेको छ ।
जसको कारण तालिम लिने प्रशिक्षार्थीहरुको संख्या वृद्धि हुनुका साथै ऐकेडेमीमा अन्य संकायहरु विस्तार गर्न माग बढिरहेको बताउनुभएको छ । ऐकेडेमीले जनस्तरबाट आएको मागलाई सम्बोधन गर्ने क्रममा २०७७ साल देखि भक्तपुरमा कार्यक्रम संचालन गरिरहेको जानकारी समेत गराउनुभएको छ । जसअन्तर्गत मुख्यतयाः इलेक्ट्रीसियन, प्लमविङ, काष्ठकला लगायतका जनशक्तिहरु उत्पादन भइरहेको जानकारी दिनुहुँदै वार्षिक रूपमा करिब २ सय जना उत्पादन गर्ने क्षमता रहेको यस ऐकेडेमीमा जनस्तरको माग अनुसार सेवा दिन नसकिरहेको स्मरण गराउनुहुँदै सम्बन्धित पालिकाले यसका लागि के–कस्तो सहयोग पु¥याउन सकिन्छ त्यसतर्फ पनि स्थानीय सरकारले चासो लिनेछ भन्ने विश्वास अध्यक्ष पुरीले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
यसरी प्राविधिक तथा व्यावसायिक तालिम लिने प्रशिक्षार्थीको संख्या वृद्धि भएसंगै र अन्य प्राविधिक विषयगत संकायहरूको आवश्यकता महसुस गरे ऐकेडेमीले एन भि ए हिल, डिहिगाउँ, पनौती– ४, काभ्रेमा नेपाल भोकेसनल सेन्टरको निर्माण गर्न लागेको खुलासा गर्नुभएको छ । यस सेन्टरले भविष्यमा वर्षेनी एक हजार भन्दा बढि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । सुरुवातमा कृषि तथा पशुपालन विषयमा तालिम सुरु गरी बजारको माग अनुसार अन्य संकाय थप गर्दै जान लक्ष्य समेत रहेको अध्यक्ष पुरीले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
सोही अवसरमा नेपाल भोकेशनल सेन्टर स्थापनाका लागि श्री रविन्द्र पुरी फाउन्डेशनले अनुमानित १ अर्ब रुपैयाँ (आजको मुल्यमा मूल्य पर्ने करिब १०७ रोपनी जग्गा) लागत पर्ने जग्गा एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।
यस सेन्टरको पहिलो बहुआयामिक भवन (स्नाइडर भवन) एक जना जर्मन नागरीक म्च। ज्बलक व्यबअजष्m क्अजलभष्मभच (जिआइजेड) को सहयोगमा जर्मन संस्था सुलन फ्यूर नेपाल मार्फत करिब ७ करोड नेपाली रूपैयाको लागतमा निर्माण हुन गइरहेको छ । वरिपरि विभिन्न संरचना र बीचमा चोक हुने यस भवनमा वर्कसप, कक्षाकोठा कन्फेरेन्स हल मिटिङ कक्ष, अफिस कक्ष लगायतका कक्षहरु रहनेछन् भने आवश्यकता अनुसार अन्य कक्षहरू थप्दै लैजानलाई प्रशस्त ठाउँ रहेको छ । लगभग २ रोपनी क्षेत्रफलमा निर्माण हुने यस भवनको पूर्ण क्षेत्रफल करिब १७ हजार वर्गफिट हुनेछ । अतः यस सेन्टरमा विद्यार्थीलाई सीप तालिम प्रदान गर्न प्रशस्त ठाउँ तथा आवश्यक सेवा–सुविधा कायम रहने अध्यक्ष पुरीले बताउनुभएको छ ।
नेपाल भोकेसनल एकेडेमी पनौती, भक्तपुर र अब एन मि ए हिल स्थापनाको एक मात्र उद्देश्य नेपालमा विद्यमान युवा बेरोजगारी समस्या र चुनिँदै गएको विदेश पलायनको यथास्थितिलाई जतिसक्दो सम्बोधन गर्न मात्रै हो । यसका साथै नेपाली परम्परागत घर निर्माणमा पर्याप्त दक्ष जनशक्ति तयार गर्दै हाम्रो परम्परागत मौलिक सम्पदाप्रति अपनत्व बढाउन जतिसक्दो जनचेतना विस्तार गराउने दिशामा लागिपर्ने प्रणसमेत ऐकेडमीले लिएको छ । यस्तो मौलिक पहिचान र सम्पदाप्रतिको सचेतनाले स्थापित गर्दै लैजाने सामाजिक मुल्य मान्यतामै समग्र चिनारी जोडिएको यथार्थलाई पनि अध्यक्ष पुरीले दोहो¥याउनुभएको छ ।
उक्त शिलान्यास कार्यक्रममा उपप्रमुख गीता बञ्जारा, म्च। त्जयmबक एचष्लश, वडा अध्यक्षहरु दिपक प्रसाद दाहाल, भिम प्रसाद आचार्य, सविन ताम्राकार, वेदप्रसाद बञ्जारा लगायतले भोकेशनल ऐकेडेमीले पनौती नगरमा गरेको योगदानको मुक्तकण्ठले सम्मान व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
पनौती सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0