Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बजार अनुगमनलाई निरन्तरता देऊ, रासायनिक मलमा काला बजारिया बन्द गर

प्रभातफेरी अनलाइन ४०४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
Post Thumbnail

राज्यले अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मल (युरिया, डिएपि) बजारमा अभाव भएको मौका छोप्दै काला वजारीयाहरु मौलाएका छन् । खुलेआम ढंगबाट ४५ केजि भएको युरिया मल १ बोराको लागि २ हजार ८ सय सम्ममा बिक्री हुदै गर्दा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा कृषकहरू ठगिएका छन् । कृषिको लागि प्रचुर सम्भावना रहेको काभे्र जिल्लामा रासायनिक मलको अभावले गर्दा कृषकहरू काला वजारीयासंग मल किन्न बाध्य भएका छन् । बजारमा ४५ किलोको बोरामा मल पर्याप्त छ । छिमेकी मुलुक भारतमा बिक्रीको लागि राखिएको उक्त मल वीरगन्ज नाकामा १ हजार ५० मा उपलब्ध हुन्छ तर सोही मल वजारमा २ हजार ८ सय सम्ममा बिक्री हुँदा सम्बन्धित निकाय मौन रहेको छ । बजार अनुगमनलाई निरन्तरता दिदै ठगिएका कृषकहरुको चह¥याई रहेको घाउमा महलम पट्टि लगाउन जरुरी रहन्छ ।
वि.पि राजमार्ग र थानकोट हुँदै भित्रने उक्त मल काभ्रे जिल्लामा ठुलो परिणाममा भित्रिएको छ । राजमार्गको बिभिन्न स्थानहरूमा सवारी साधनहरु चेक जाँच गरिन्छ तर उक्त मल ढुवानी गर्ने सवारी साधन निर्विवाद ढंगबाट भित्रन्छ । बजारमा खुलेआम ढंगबाट बिक्रि हुन्छ समस्यामा परेका कृषकले बाध्य भएर खरिद गर्नुको विकल्प छैन । यसरी खुलेआम रुपमा कालोबजारी मच्चि रहँदा पनि जनताको दुखमा साथ दिने साथै कानुन विपरित कार्य गर्नेलाई दण्डित गर्ने भन्दै जिम्मेवारी सम्हाल्दै गरेकाहरू मौन रहनुलाई कृषकहरूले मसिनो ढंगबाट नियाल्दै छन् । काला बजारियालाई साथ सहयोग साथै हौसला मिल्ने ढंगबाट कार्य गर्दै गर्दा निर्धक्कका साथमा वजारमा युरिया मल २८ सयमा बिक्री भएको कृषकहरूको गुनासो रहेको छ ।
काभ्रे जिल्लामा रहेका कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालय र साल्ट ट्रेडिङ लिमिटेडको कार्यालयबाट उपलब्ध गराउनु पर्ने मल समयमा उपलब्ध नगराउनु साथै प्रहरी प्रसाशनले कुनै चासो नदिनुले काला बजारीयाको लागि हौसला मिलेको छ । काला बजारियाका व्यवसाय मौलाएको १ बर्ष भइसक्दा पनि कसैको चासो नपुग्दा उनिहरुको लागि राम्रो कमाईको अवसर जुटेको छ । गत बर्षमा पनि आलुको सिजनमा आवश्यक पर्ने डिएपि मल अभाव भयो । सो समयमा नाका क्षेत्रमा रहेका बिभिन्न ब्रान्डका मलहरु खरिद गरी मलको बोरा परिवर्तन गरेर बेच्ने कार्य समेत नभएको होइन ।
काभ्रे रहेका उर्वरभूमिमा मलको अभावले गर्दा मकै वाली सखाप भयो । धान खेती समेत सखाप हुँदैछ, पनौती र नाला लगायतका स्थानहरूमा अगौटे आलु खेती गर्ने समय भएको छ । कृषकको घरघरमा आलुको विउ तयार भएको छ तर मलको अभाव वाट मकै वाली धान वाली सखाप भएर चिन्तामा छटपटाई रहेका कृषकहरू आलुखेतीबाट केही राहत हुनेमा आशावादी थिए तर मलको अभाव निरन्तर हुदै गर्दा आशा निरासामा परिणत भएका छन् । मल अभावको मौका छोप्दै गुणस्तर हीन मल कालो बजारी गरी कृषकहरूलाई मर्काउने कार्यलाई रोक्नको लागि बजार अनुगमन गरी काला बजारियाहरूलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0