Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जातीय पहिचानका मुद्धा माओवादीले छोडेको छैन ः पोलिटब्युरो सदस्य “लालध्वज”

प्रभातफेरी अनलाइन ६०६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)
जातीय पहिचानका मुद्धा माओवादीले छोडेको छैन ः पोलिटब्युरो सदस्य “लालध्वज”

काभ्रे । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल पनौती नगर भेलाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य काभ्रे जिल्ला इन्चार्ज एवं मोर्चाका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ ‘लालध्वज’ ले माओवादी केन्द्रले तामाङ राष्ट्रिय मुक्ति मोर्चा र नेवा मुक्ति मोर्चाका मुद्धाहरु नछोडेको प्रष्ट पार्नुभएको छ ।
शनिबार पनौतीमा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेस आन्दोलनबाट स्थापित भएका पहिचान सहितका मुद्धाहरुलाई क्रमशः सम्बोधन गर्ने उद्घोषका साथ माओवादी जनताका माझमा आएको छ । उपेक्षित पिडित र उत्पीडनका बीच उठेको जनयुद्धको मर्ममा आँच आउन दिने छैनौं । ढिलो चाँडो पहिचानका मुद्धाहरुलाई सम्बोधन गरेरै जाने समेत नेता दोङले भेलामा उद्घोष गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी काभ्रे जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङ ‘अनुशिल’ लगायतका नेताहरुले समसामयिक राजनीतिक घटनाका बारेमा चर्चा गर्नुहुँदै नेपाली जनतालाई प्राप्त सीमित अधिकारलाई लत्याउने छुट नरहेको बताउनुभएको छ । यदि यो मुलुकमा माओवादीहरु मर्न र मारिन तयार भएका थिएनन् भने उत्पीडित वर्गले न्याय पाउने थिएन । त्यसैले पनि यो आन्दोलनबाट प्राप्त सीमित अधिकारहरुको संरक्षण गर्नुपर्ने दायित्व तपार्इं उत्पीडित, जनजाति, आदिवासी वर्गको काँधमा अझ बढि रहेको चर्चा समेत नेता घिसिङले गर्नुभएको छ ।


उक्त भेलालाई बागमती प्रदेश सदस्य एवं पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, मर्दन सिं तामाङ (पेमा), नगर अध्यक्ष हस्तबहादुर तामाङ लगायतले समसामयिक विषयम चर्चा गर्नुहुँदै भेलाले चयन गरेको नेतृत्वलाई शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभएको थियो । भेलाको अध्यक्षता नगरका सहसचिव सन्तबहादुर तामाङले गर्नुभएको थियो । भेलाले तामाङ राष्ट्रिय मुक्ति मोर्चा पनौती नगर समितिको अध्यक्षमा सूर्यबहादुर दोङ, उपाध्यक्षद्वयमा काजीमान गोले, प्रतापसिं तामाङ, सचिवमा विनिता थोकर, सहसचिवमा फूलमाया तामाङ, कोषाध्यक्षमा पञ्चमाया तामाङ, सदस्यहरुमा मोति लाल थिङ्ग, ज्ञान बहादुर थिङ्ग, रोहन ग्लान, सन्त बहादुर तामाङ, कृष्ण तामाङ, शान्ता तामाङ, हिरोनी माया तामाङ, अमर तामाङ, सान ब तामाङ, तिर्थ मान वाइबा, फुल बे तामाङ, बिष्णु तामाङ, सम्मेर तामाङ, सुरेश घिसिङ, लाल ब पाख्रीन, मंगल सिं तामाङ र सन्च माया तामाङलाई भेलाले चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0