Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer
Logo
२०८३ अषाढ १, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालीको पहिचान भनेकै धर्म, संस्कृति, परम्परा र नेपालभाषा हो ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन३९५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार(३ साल अघि)
नेपालीको पहिचान भनेकै धर्म, संस्कृति, परम्परा र नेपालभाषा हो ः प्रमुख भण्डारी

काभ्रे । नेपाल सम्वत् ११४३ को शुभ अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सुकुन्दा ¥यालीलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले अन्तराष्ट्रिय स्तरमा नेपालीको पहिचान दिने भनेकै धर्म, संस्कृति, परम्परा र नेपाल सम्वत् भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रिय संघमा नेपाली पहिचानको रुपमा रहेको नेवारी भाषा, संस्कृति, परम्परा र रितिरिवाजले परिचित छ । यसर्थ पनि नेपालभाषालाई हामीले मातृभाषाको रुपमा मात्र नभई राष्ट्रिय संस्कृतिका रुपमा बुझ्न आवश्यक छ । पनौती आफैंमा एउटा पहिचान हो । मन्दिरै मन्दिरको सहर भनेर प्रख्यात यो नगरीमा नेवारी भाषा, संस्कृतिको पर्यायवाचीका रुपमा हामीले लिन सक्छौं । निकट भविष्यमै यस नगरीको यो पावन भूमि विश्वसम्पदा सूचीमा सूचिकृत हुन गइरहेको छ । जसका कारण पनि पनौतीको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुनेछ भन्ने विश्वास हामी नगरवासीले लिएका छौं ।


जसको एउटा प्रतिबिम्बको रुपमा सुकुन्दा ¥याली गरेर उक्त झझल्को दिन खोजेको आफूले महसुस गरेको नगर प्रमुख भण्डारीले खुलासा गर्नुभएको छ । पर्व व्यवस्थापनका लागि नगरपालिकाले हृदय खोलेर बजेट व्यवस्थापन गरेको स्मरण गराउनुहुँदै पनौतीको पहिचानका खातिर संरक्षणका पर्खाईमा रहेका कुनै पनि पाटीपौवा, मठमन्दिर, शिवालयहरुको संरक्षणका गर्नका लागि नगरपालिका तयार रहेको बताउनुभएको छ । ¥याली आयोजकलाई संकेत गर्दै पनौतीको पहिचानलाई संस्थागत गर्न पनौती पर्यटन विकास केन्द्रले खेलेको भूमिका अनुकरणीय रहेको स्मरण समेत सम्बोधनका क्रममा प्रमुख भण्डारीले गराउनुभएको छ ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि भण्डारीले पनौतीको पहिचान दिने भनेकै पुरानो पनौती गाउँ पञ्चायतले ओगटेको भूभाग हो । यसको संरक्षण, संवद्र्धनका लागि सिंगो नगरपालिका लागिपर्नेछ । जसका लागि पारदर्शी ढंगबाट आउने योजनाहरुलाई निसंकोच सम्बोधन गर्नसक्ने वातावरण स्थानीयवासीले गराउनु हुनेछ भन्ने विश्वास नगरपालिकाले लिएको छ । अर्काे भनेको उत्तरप्रयागका रुपमा रहेको यो भूमि जसलाई काशीको शिर पनि भन्ने गरिन्छ । यि तथ्यहरुलाई क्रमशः उजागर गर्दै श्रद्धालुहरुबिच पहिचान गराउन सक्यौं भने पनौतीको महिमा अझै उच्च रहनेछ र धार्मिक पर्यटनको एउटा गहकिलो खुड्किलोको रुपमा आफूलाई उभ्याउनेछ भन्ने अपेक्षा नगरले लिएको छ ।
जसरी मकरमेलाको बखत अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिने यहाँका केही सिर्जनशील युवाहरुले भूमिका खेल्नुभयो, त्यसले पनि विश्व सम्पदा सूचीमा सूचिकृत हुनका लागि महत्वपूर्ण योगदान पु¥याएको आफूले आभाष गरेको बताउनुहुँदै यस्ता किसिमका अनुकरणीय कार्य गर्ने जो कोहि सिर्जनशील युवाहरुका लागि नगरले सम्मान व्यक्त गर्नेछ । यस किसिमका कार्यहरुले पनौतीको पहिचान मात्र होइन, पुरातत्वको क्षेत्रमा महत्वपूर्ण स्थान राख्नसक्ने विश्वास सो क्षेत्रका विज्ञहरुले बताइरहेका छन् । त्यसैले पनि पनौतीभित्र रहेका ऐतिहासिक मठमन्दिर, पाटीपौवाहरुलाई पुरातात्विक शैलीमा अगाडि बढाउनका लागि नगरले जुन किसिमको आर्थिक सहयोग गर्दै आएको त्यसलाई निरन्तर जारी राख्ने प्रतिबद्धता समेत कार्यक्रममा नगर प्रमुख भण्डारीले व्यक्त गर्नुभएको छ ।
पनौती पर्यटन विकास केन्द्रले जुन किसिमको चासो दिएको छ, त्यसको अनुशरण नगरभित्र रहेका अन्य संघसंस्थाहरुले पनि गरिदिएमा नगर आभारी रहने अपेक्षा समेत नगर प्रमुख भण्डारीले गर्नुभएको छ । कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती नगरभित्र रहेका धार्मिक तिर्थस्थल र पनौतीलाई काखमा राखेर बग्ने रोशी र पुण्यमतिको स्तरोन्नती गर्नसके पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने विश्वास रहेको खुलासा गर्नुभएको छ ।
भर्खरै सम्पन्न १२ वर्ष मकरमेलाले पनि त्यो महसुस गराएको छ । तसर्थ पनि धार्मिक हिसाबले ऐतिहासिक धरोहर पनौती नगरवासीका लागि यो अपरिहार्य कार्यका रुपमा नगरले लिनुपर्ने अपेक्षा तमाम पर्यटनसँग आबद्ध व्यवसायी, संघसंस्थाहरुको चाहना रहेको अध्यक्ष कर्माचार्यले चर्चा गर्नुभएको छ ।

पनौती सम्बन्धि थप
  • सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

    सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइबारे स्पष्ट हुन रास्वपालाई हर्क साम्पाङको चुनौती

  • पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

    पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

  • बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

  • लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

    लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    मानसरोवर–कैलास यात्राको चाप बढ्यो, ६ महिनामै रसुवागढी नाकाबाट १७ हजारभन्दा बढी यात्रु चीनतर्फ

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    काठमाडौँलाई ‘खुला संग्रहालय’ बनाउने महानगरको योजना, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    अमेरिका–इरान प्रारम्भिक सम्झौतामा सहमत, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    आज केही स्थानमा मध्यम वर्षाको सम्भावना

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    ppkavre@gmail.com

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Support by: Namuna Computer