Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थायी सरकार गठन गर

प्रभातफेरी अनलाइन ३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
Post Thumbnail

नेपाली जनताको लामो त्याग, वलिदानी र तपस्या पश्चात मुलुकमा जनसंविधान जारी भई संघीयता लागू भएको छ । राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र प्राप्ति सहितको परिवर्तनको लागि मुलुकमा १० बर्षे जनयुद्ध साथै द्रोस्रो जनआन्दोलन समेत भयो । जुन अवधिमा हजारौं नेपाली आमाका सन्तानहरूले बलिदानी गर्नुप¥यो । यति धेरै त्यागका साथमा भएका उपलब्धीहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको पर्खाईमा रहेका नेपाली आमाका सपुत सन्तानले मुलुकको हितको लागि पर्खाइमा रहेका छन । मुलुक निर्माणका खातिर जिम्मेवारी प्रदान गरेको पक्षले जनचाहना अनुसारको कार्य गर्ने विषयमा चासो दिनुभन्दा सत्ता प्राप्ति साथै यस आराम र दलगत हितको लागि कार्य गर्दै गर्दा नेपाली जनताहरू चनाखोका साथमा नियाली रहेका छन ।
मुलुकको हितको खातिर कार्य गर्न सक्षम नेतृत्वको साथै स्थाई ढङ्गको सरकार आवश्यक पर्ने ठहर गर्दै मुलुकमा संघीयता लागू भएपछिको पहिलो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ मा नेपाली जनताहरूले कम्युनिष्ट पार्टीहरूको गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमतको नजिक पु¥याउने कार्यमा सफल भए । जुन समय कम्युनिष्ट पार्टीहरूले १७६ सिट हासिल गर्न सफल भएका थिए भने गैर कम्युनिष्ट पार्टीहरूले ९८ सिटमा सीमित हुँदै गर्दा स्वतन्त्रले १ सिटमा चित्त बुझाएका थिए । तर जनताको चाहना अनुसारको कार्य गर्नुको बदला दलगत स्वार्थमा अगाडि बढ्दा नेपाली जनताको प्रश्वास गुम्यो । परिणाम स्वरुप ०७९ को आम निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले १२१ सिटमा चित्त बुझाउनु र्पयो भने गैर कम्युनिष्ट पार्टीले १४९ सिट र स्वतन्त्रले ५ स्थानमा विजयी हुन सफल भएका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम अनुसार नेपाली जनताहरूले जुन दलहरूसंग जे आशा राखेका थिए निराशामा परिणत भएको छ । स्वतन्त्र ५ उम्मेदवारहरू निर्वाचित हुनु, केही समय अगाडि मात्रै दर्ता भएको स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीको हैसियतमा पुग्दै २० सिट सुरक्षित गनृ सक्नु र मुलुकमा आमूल परिवर्तनको पक्षमा रहेका दलहरूको अवस्था खस्कनुले पनि जनता परिवर्तनको पक्षमा रहेको पुष्टि हुन्छ । निरास हुँदै परिवर्तनको पक्षमा रहेका नेपाली जनताको मन जित्नको लागि अव बन्ने सरकार स्थाई ढङ्गको बन्न जरुरी रहन्छ । निर्वाचनमा गठबन्धन गरी अगाडि बढ्दै गरेका दलहरूले सरकार बनाउन सक्ने खालको संख्या पुगेको छ । राजनीतिक बेइमानी नगर्ने हो साथै सरकार गठन भएपछि नेपाली जनताको चाहना अनुसार कार्य गर्दै ५ वर्ष सम्म सरकार टिकाउन सक्ने हो भने राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सकारात्मक सन्देस जान्छ । तर सरकार बनाउने र ढाल्ने खेल निरन्तर हुँदै गएमा गठबन्धन पक्षको सरकार गठनको कुनै औचित्य रहन्न ।
धेरै दलहरू मिलेर सरकार बनाउदै गर्दा पदिय भागबन्डाको कारण विवाद नहोला भन्न सकिन्न । भागबन्डाकै कारण विवाद हुने हो भने गठबन्धन पक्षको सरकार निर्माणको खासै औचित्य रहन्न । जबसम्म मुलुकमा स्थाई सरकार गठन हुन सक्दैन तबसम्म जनताको आकांक्षा अनुसारको कार्य हुन सक्दैन । गठबन्धन पक्षधर र एमाले मिलेर वा एमाले र अन्य दलहरू मिलेर सरकार बनाएपनि स्थाई सरकार गठन गर्न जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    Post Thumbnail

    भारतिय प्र.म.नरेन्द्र मोदिद्वारा बालेन्द्र शाहलाई बधाई

    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0