Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्माण व्यवसायीहरुले सम्झौताभित्रै योजना सम्पन्न गर्नुको विकल्प छैनः प्रधानमन्त्री दाहाल

प्रभातफेरी अनलाइन ३५३ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २७, बुधबार (२ साल अघि)
निर्माण व्यवसायीहरुले सम्झौताभित्रै योजना सम्पन्न गर्नुको विकल्प छैनः प्रधानमन्त्री दाहाल

काभ्रे । जनतालाई सर्वसुलभ ढंगबाट सेवा पु¥याउनु राज्यको दायित्व हो । सोही उद्देश्यसहित काभ्रे जिल्लाको विकट भूगोलको रुपमा परिचित महाभारत गाउँपालिका भित्र रहेका जनताहरुलाई सरल र सहज रुपमा यातायातको पहुँच र विद्युतीकरणलाई अन्तिम रुप दिने योजना सहित सुरु गर्न थालिएका आयोजनाहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो एक समारोहका बिच शिलान्यास तथा विद्युतीकरणको उद्घाटन गर्ने क्रममा निर्माण व्यवसायीहरुले सम्झौताभित्रै योजना सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुहुँदै नागरिकका नैसर्गिक अधिकारहरु सुनिश्चित गर्नका लागि यो सरकार लागिपरेको प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा उद्घोष गर्नुभएको छ ।
विकास निर्माणमा व्यवसायीहरुले गरेका ढिलासुस्तीतर्फ इंकित गर्दै प्रधानमन्त्री दाहालले तीनखुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
महाभारत गाउँपालिकाको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडकका लागि बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेकोमा ६० करोड ९६ लाखको लागतमा निर्माण सम्झौता भएको आयोजना जनाएको छ ।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुने उक्त १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको पूर्वाधार विकास कार्यालय काभ्रेले जनाएको छ । यही २०८० वैशाख १९ गते सम्झौता भएको उक्त सडकको शिलान्यास प्रधानमन्त्री दाहालले हिजो शिलान्यास गर्नुभएको छ । २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी बागमती प्रदेश सरकारले सन्तोषी धर्म जेभीसँग सम्झौता गरेको बताइएको छ ।
उक्त अवसरमा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले उक्त सडक समयमै निर्माण कार्य सक्न निर्देशन दिँदै भईरहेका कार्यको अनुगमन गर्नुभएको छ । काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित विपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिने भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताउनुहँुदै उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने प्राविधिक रिपोर्ट आएको बताउनुभएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुने समेत बताउनुभएको छ । महाभारत गाउँपालिकाका तीन खण्ड निर्माणको क्रममा रहेको तथा रोशी गाउँपालिकाको अर्को खण्ड चालु वर्षबाटै प्रारम्भ हुने भएकाले खानिखोलाबाट मकवानपुरको भोर्लेनीमा जोड्ने पुल निर्माणको कार्य सकिनासाथ सडक सञ्जाल सञ्चालनमा आउने मन्त्री दुलालले बताउनुभएको छ ।
जानकारी गराएअनुसार सो सडकको लम्बाई ९३ किलोमिटर हुनेछ । माओवादीको जनयुद्ध सुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकरण गरी बजेट विनियोजन गर्न लागिएको मन्त्री दुलालले पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा खुलासा गर्नुभएको छ ।
त्यसैगरी भुमेचुली– बुढाखानी– तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ६० करोड ९६ लाखमा सम्झौता भएको बताइएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी गराउनुभएको छ । निर्माण ब्यवसायीहरुले विनियोजन बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतबासीहरुले खोजेको विकास प्राप्त गर्न नसकेका छैनन् बताउनुहुँदै ९९ करोडको बजेटमा ६० करोड ९६ लाखमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको अध्यक्ष जिम्बाले जानकारी दिनुभएको छ । तिनखुट्टे – देविटारसम्मको ८.७ किलोमिटर पक्की सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको समेत उक्त अवसरमा अध्यक्ष जिम्बाले जानकारी गराउनुभएको छ । उक्त सडक निर्माणको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
जानकारी गराउने क्रममा अध्यक्ष जिम्बाका अनुसार प्रधानमन्त्री चारकिल्ला प्रवेश गरेको अवसरमा यस पालिकाको वडा नं. ३, ४, ५ को विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको उद्घाटन हुने समेत बताउनुभएको छ । प्रधानमन्त्रीको आगमनपश्चात् समग्र पालिकाले मात्र नभई जिल्लाले नै एउटा छुट्टै अनुभूति गर्ने विश्वास काभ्रेवासीले गर्नुभएको छ । यसलाई अझ भन्नुपर्दा विकासको ढोका खुलेको छ भन्दा फरक पर्दैन भन्न अध्यक्ष जिम्बा पछि पर्नु भएन । कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ (लालध्वज), मन्त्री कुमारी मोक्तान लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0