सिन्धु पौडेल
म आफैंसँग यति अनभिज्ञ छु
कि म जान्दिन आफ्नै अस्तित्व
थाहै छैन मलाई आफ्नै उचाई
कि मान्दिन म सस्तो स्वप्रचार
मैले गरेका आफन्ती गुनहरु
किन बैरी बन्छन् नत्र !
थान का थान बर्को ओडेर आएका
मेरा खुसि र चाहनाहरु
लस्कर लागेर
किन मेरै बर्बादी चाहन्छन् ?
पालैपालो उडाउँदैछन्
चुरोटको धुवाँ जस्तो मेरो निरिह अस्तित्व
बेदाग मेरो अस्मितामाथि
खोट देखाउँदै प्रश्न गर्छन्
जवाफ मसँग छँदैछैन ।
र, तिम्रा हरेक सवालको जवाफ
मैले दिनैपर्छ भन्ने पनि छैन
न त तिम्रो औकात नै छ त्यति
जसले मेरो स्वाभिमान डगमगाउन सकोस्
न तिम्रो निर्धो वैचारिक धरातल
मसँग सह–अस्तित्वको यात्रा गर्न काविल छ
दिन्न जवाफ
तिम्रो सवालको
भन्दिन केही
जो आफ्नै मनले
अनुमानि दिँदैन ।
अब मात्र
मेरो मौनताको अर्थ बुझ
अनुत्तरित यी ओठका मौन भाका सुन
आगोको ज्वाला झैं दन्किने
यो छातीमा
बल्ने त केवल बिद्रोहको
आगो नै रहेछ
जलाउनुछ मैले
मेरै बर्बादीका कारक तत्वहरुलाई
जो आफ्नाको नाटक रचेर
कुटिल चाल खेल्न तल्लिन छन्
बरु,
मैले सचेत चाहिँ हुनैपर्छ
यो बर्बर नियतिसँग ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |