Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अठोट

प्रभातफेरी अनलाइन ७४७ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २९, सोमबार (२ साल अघि)
अठोट

डम्बर थामी ‘अनुपम’

थाहा छ नि! है !!
सेताम्य हिउँको
लिबास लगाएको पहाड मुनि
झुप्रे घरको चिसो चूल्होमा
आगो नबलेपछि
जिन्दगीको डुङ्गा नचलेपछि
हाम्रो गर्विलो इतिहासलाई
छातीको क्यानभासमा टाँसेर
स्वदेशको अमिट छापहरु गाँसेर
गाउँ,वेंशी, खोलानाला
वन, जङ्गल, खहरे, दून र टारहरु
अनि शहरहरु पार गर्दै
हृदयमा धमिलो/अमिलो
भावनाहरु छचल्काउँदै
आँसुको भेल बगाउँदै
आफ्नै माटोको टीका लगाउँदै
हावाको पछ्यौरीसँगै उडेर
आईपुगेका हौं पराईदेश

यता !
होलान् कोही पिआरधारीहरु
होलान् कोही डिभीधारीहरु
होलान् कोही देशलाई बिर्सीएर
सुख, सयल, रंगीचंगीमा रमाउनेहरु
होलान् कोही देशलाई
धारेहात लगाएर सराप्नेहरु
हामी त केवल बालुवा निचोरेर
तेल निकाल्न आएका न ज्यामी हौं

हामीलाई कत्ति पनि प्यारो छैन
परचक्रीको आँगन
हामी कत्ति पनि हराएका छैनौं
फराकिला, चिल्ला सडक
चोक र गल्ली-गल्लीहरुमा
हामीले कत्ति पनि गर्व गरेका छैनौं
सिमेन्टको जङ्गलमाथि उठेको
हाम्रा तारेभीर जस्ता अग्ला-अग्ला
गगनचुम्बी महलहरुमा
बरु,
हामीहरु त बाध्यताको रोटी
जिन्दगीरुपी तावामा
फर्काई-फर्काई सेकाईरहेका छौं

प्रत्येक महिना मरेपछि
तलब हात परेपछि
आफ्नो गर्जो टार्न
पसिनाका गन्धसँगै लट्पटिएका नोटहरु
ठेला उठेका हातहरुले सुमसुम्याउँदै
जतनसाथ पठाउँदैछौं
त्यसमध्ये  थोरै भए पनि
देशको लागि पनि छुट्याउँछौं
हृदयमा त्रास उत्पन्न हुन्छ
छाती दुखेर आउँछ
कतै देश श्रीलंका त हुँदैन ?

हो ! हामीले
सम्झनाको तरेलीमा राखेका छौं
हाम्रा विविध मौलिक संस्कृतिहरुलाई
लालीगुराँस चिमाल गुराँस
र बेगुनबेली चमेलीहरुलाई
सयपत्री मखमली र गोदावरीहरुलाई
हामीले सदैव शिरमा राखेका छौं
शिरको ताज सगरमाथालाई
अदपमा राखेका छौं
प्राकृतिक छटा घनघटाहरुलाई
मुटुमा राखेका छौं
शान्तिका अग्रदूत गौतम बुद्धलाई
अदपमा राखेका छौं
हिमाल पहाड तराईलाई

तिमीले चाहिँ
देशको लागि
कति योगदान दिएका छौ
हामी पनि हेर्दै जाउँला
धेरै चिन्ता नगरौं होला
यो समृद्धिको महान यात्रामा
ज्ञान, सीप, जोश, जाँगरका
कन्तुरहरु बोकेर
हजारौं हजार बाहुबल लिएर
अठोट बोकेर फर्कंदैछौं
आफ्नै माटोको सुगन्ध फैलाउन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
साताको कविता सम्बन्धि थप
  • मुक्तक

    मुक्तक

  • मलाई गाउनु छैन स्वर्णयुगको गीत

    मलाई गाउनु छैन स्वर्णयुगको गीत

  • मुक्तक

    मुक्तक

  • जीवनवृत्त छन्दःझ्याउरे (असारे)

    जीवनवृत्त छन्दःझ्याउरे (असारे)

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0